Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

संघाईविरुद्ध ‘संगठित अपराध’ अभियोग लागेन

\"drug-750\"काठमाडौं, ७ कात्तिक । जिल्ला न्यायाधिवक्ताको कार्यालय ललितपुरले औषधि बनाउने भनेर भित्र्याइएको १ अर्ब ९१ करोड रुपैयाँको सहायक रसायन स्युडोइफिड्रिन लागूऔषधका लागि तस्करी गरेको आरोप लागेको आर्य फर्मा समूहविरुद्ध संगठित अपराधको अभियोग लगाउन अस्वीकार गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ– तीन महिना लामो अनुसन्धानपछि प्रहरीले कोल्ड ट्याब्लेट बनाउन नेपाल भित्र्याइएको २ हजार २ सय किलो सहायक रसायन लागूऔषधका लागि भारत र चीन तस्करी गरेको भन्दै आर्यका पवन संघाई, रतन संघाई लगायतमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ सँगै संगठित अपराध निवारण ऐन २०७० को अभियोग लगाउन राय दिएको थियो । संगठित अपराधमा समेत मुद्दा अगाडि बढेको भए लागूऔषध ऐनअनुसार हुने सजायमा ५० प्रतिशत थप हुन्थ्यो । अनुसन्धानमा स्युडोइफिड्रिन मगाउने पहिलो तह, औषधि नबनाई भारत र चीन पठाउने दोस्रो तह र भरिया तेस्रो तह नै खुलेको भन्दै लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषधसँगै संगठित अपराधको समेत अभियोग लगाउन सुझाएको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने अनुसन्धान गर्ने प्रहरीको रायविपरीत लागूऔषध ऐनअन्तर्गतको मात्रै अभियोग लगाएर जिल्ला अदालत ललितपुरमा शुक्रबार अभियोग पत्र दायर गरेको छ । औषधि बनाउँछु भनेर अनुमति लिएर झिकाइएको सहायक रसायन औषधि बनाउन प्रयोग नगरी डाइभर्सन गरी लागूऔषध बनाउन दुरुपयोग गरेको भेटिएपछि प्रहरीले आर्य फर्माका सञ्चालन पवन र रतन संघाई, मोहित हलान, शंकरलाल हलान, रोहित हलान, कमलकुमार अग्रवाल, दिलीप पण्डित, श्याम मोक्तान र बद्रीप्रसाद वनलाई प्रतिवादी बनाएको थियो । प्रतिवादीमध्ये पवन, शंकरलाल, कमलकुमार र रोहित फरार छन् । पवनका दाई रतनलाललगायत अन्य पक्राउ परेका छन् । प्रहरीले ललितपुरमा रहेको संघाई प्लास्टिक इन्डस्ट्रिजको गोदाममा लुकाएको ४ सय ७१ किलो स्युडोइफिड्रिनको ट्याब्लेट फेला पारेको थियो । रसायन आइस्ड ड्रग्स बनाउनका लागि तस्करीमा संलग्न पहिलो तहका शंकरलाल, रसायन लुकाउन संलग्न दोस्रो तहका दिलीप पण्डित र मोहित हालन र सो सहायक रसायन भारत पुर्‍याउन भरियाको काम गर्ने बद्री र श्याम पक्राउ परेका थिए । जिल्ला न्यायाधिवक्ता कार्यालय ललितपुरका प्रमुख ईश्वरी बन्जाडेले भने मुद्दाको प्रकृति संगठित प्रकृतिको नदेखिएकाले लागूऔषध ऐनअन्तर्गतमात्रै अभियोग पत्र दर्ता गरिएको बताए । आर्य फर्माले गृह र औषधि व्यवस्था विभागको अनुमतिमा स्युडोइफिड्रिन नेपाल भित्र्याएर डाइभर्सन गराएको र सो विषयमा विभागले समेत कारबाही गरिसकेकाले संगठित अपराधको अभियोग लगाउन उपयुक्त नदेखिएको उनको तर्क थियो । संगठित अपराध ऐनले तीन वा तीनभन्दा बढी व्यक्ति मिलेर संगठित रूपमा गर्ने अपराधलाई संगठित अपराधका रूपमा परिभाषित गरेको छ । आर्य फर्माको अनुसन्धानमा ९ जना प्रतिवादी बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies