Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्वास्थ्य क्षेत्रमा कायापलट ल्याउने यस्ता छन् गगन थापाका तीन महिने महत्वाकांक्षी योजना

\"gaganकाठमाडौँ, २१ असोज । स्वास्थ्य मन्त्री गगन थापाले अगामी तीन महिनाभित्र सम्पन्न गर्ने तीन महिने महत्वकांक्षी योजना सार्वजानिक गरेका छन् । तीन महिनाभित्र स्वास्थ्य मन्त्रालयले रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ । मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । समग्र स्वास्थ्य सुधारसम्बन्धी आफ्नो अति महत्वाकाङ्क्षी योजना विहिबार सार्वजनिक गर्ने क्रममा उनले राससलाई सो जानकारी दिँदै रिक्त स्थानमा विशेषज्ञ चिकित्सक पूर्ति गर्न लोकसेवा आयोगलाई पत्रचार गरिसकेको र सो प्रक्रिया पूरा नहुन्जेल करारमा चिकित्सक छनौट गरिने बताए । “रिक्त रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक पठाउने मात्र होइन, उहाँहरुलाई सो स्थानमा टिकाइराख्न विशेष प्रोत्साहन ९इन्सेन्टिभको० समेत व्यवस्था गरिनेछ”, मन्त्री थापाले भने । मन्त्रालयले यसै आर्थिक वर्षभित्र एक सय १० सामुदायिक स्वास्थ्य इकाई, ४० सहरी स्वास्थ्य केन्द्र सञ्चालन, दुईसय स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि गृहकार्य तथा पाँच सय स्वास्थ्य चौकीमा नसर्ने रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक तयारी गरिरहेको छ । सबै स्वास्थ्य चौकीमा कम्तीमा दुई चिकित्सक, तीन नर्सलगायत अन्य प्राविधिक जनशक्ति पूरा गरी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइनेछ, उनले भने । हरेक नेपालीको स्वास्थ्य बीमा हाल पाँच जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्ने नीति मन्त्रालयले बनाएको छ । यसका लागि ४५ दिनभित्र स्वास्थ्य बीमासम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गरिने र यसमा विशेषगरी अपाङ्ग, एकल महिला, वृद्धवृद्धा तथा अनाथ बालबालिकाको बीमा सरकारले नै निःशुल्क रुपमा गरिदिने प्रावधान राखिने भएको छ । डायलाइसिस सेवा उपत्यकाबाहिर निःशुल्क मन्त्री थापाले अगामी ६ महिनाभित्र उपत्यकाबाहिर रहेका आफ्ना १८ अस्पतालमा मिर्गौला रोगको डायलाइसिस सेवा निःशुल्क सुरु गर्ने जानकारी दिए । यसका लागि आवश्यक उपकरणको खरिदको प्रक्रिया अगाडि बढेको जानकारी समेत उनले दिए । हाल सो सेवा उपत्यकाभित्रका मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, वीर, टिचिङ अस्पतालमा मात्र सीमित रहेको छ । नेपालमा नै कलेजो प्रत्यारोपण हुँदै साथै, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा नै मस्तिष्क, कलेजो प्रत्यारोपणका लागि मानव अङ्ग प्रत्यारोपण नियमावली संशोधनको तयारी पूरासमेत भएको छ । केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सो संशोधन हुने बित्तिकै कलेजो प्रत्यारोपणको बाटो खुला हुनेछ । नीतिगत सुधार मन्त्री थापाले नीतिगत सुधारअन्तर्गत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ संशोधन गर्ने प्रक्रिया सुरुवात भएको, विशिष्ट व्यक्तिको उपचार खर्चसम्बन्धी व्यवस्था परिमार्जन भइरहेको, विपन्न नागरिक उपचार सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरी कार्य सुरु गरिएको जानकारीसमेत दिए । यस क्रममा स्वास्थ्य सेवा ऐन संशोधन, जनस्वास्थ्य ऐनको मस्यौदा तयार, बीमा ऐनको मस्यौदा, प्रजनन स्वास्थ्य ऐन निर्माणको तयारी, स्वास्थ्य तथा आयुर्वेद नीतिको परिमार्जन, चिकित्सक परिचालन निर्देशिका संशोधन, एम्बुलेन्स नीति परिमार्जन, स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियुक्तिको मापदण्ड तयार गरी मन्त्रिपरिषद्मा पेस भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies