Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

त्यतिबेला नेपालगञ्जमा पूर्वराजाको शालिक तोड्ने को थिए ?

(बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा अवस्थित पूर्वराजा बीरेन्द्र शाहको पूर्णकदको शालिक ०६३/६३ सालको जनआन्दोलनले ढाल्यो । जनआन्दोलनको बलले शालिक मात्र ढलेन, २४० वर्षसम्मको राजतन्त्र नै ढाल्यो । जनआन्दोलनले ढालेको नेपालगञ्जको शालिक एक दशकपछि राजावादीहरुले पुनःस्र्थापित गर्न खोजेपछि केही तीनदिनदेखि नेपालगञ्ज मुठभेडको अवस्थामा तरंगित भएको छ । दोस्रो जनआन्दोलनमा पूर्वराजा बीरेन्द्रको शालिक ढाल्न अग्रणी मोर्चामा थिए, तत्कालिन नेकपा (माओवादी)का कार्यकर्ता भगतसिंह ठेकरे बोहरा । बोहरा अहिले नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका सचिव छन् । ०६२/६३ को जनआन्दोलनमा आफैले तोडेको पूर्वराजा बीरेन्द्रको शालिक विहीबार राजावादीहरुले पुनःस्र्थापनाको कोशिस गरेपछि भगतसिंहले खबर डबलीका लागि  लोकराज जैसीसँग विगतलाई सम्झिए अनि बर्तमानलाई केलाउन खोजे ।) .... \"bhagatदशवर्षे महान जनयुद्धको मुख्य एजेन्डा नेपालमा रहेको सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको स्थापना गर्ने थियो । जनयुद्धको बलमा ०६२/०६३ मा १९ दिने जनआन्दोलन भयो । त्यसले पनि मुलुकमा निरंकुश राजतन्त्र हटाएर गणतन्त्रको स्थापना गर्नुपर्दछ भन्ने खालको जनमत जाहेर गरिराखेको थियो । त्यतिबेला जनताको तागतको अगाडि सामन्ती राजतन्त्रले घुँडा टेकेको थियो । वास्तवमा जनताहरुले लडेर, रगत पसिना बगाएर अनि ज्यानको बाजी लगाएर गणतन्त्र ल्याएका हुन् । मुलुकमा विधिवत रुपमा गणतन्त्र आएपनि राजतन्त्रका केही अवशेषहरु बाँकी रहेका थिए, हामी त्यसको समुल नष्ट गरिनुपर्दछ भन्ने ढंगले सोचिराखेका थियौं । देशभरीका राजसंस्थाको प्रतिकका रुपमा रहेका शालिकहरु भत्काउने हाम्रो संगठनको केन्द्रीय योजनाअनुसार २०६३ जेष्ठ १ गते विद्यार्थी दिवसको अवसर पारेर नेपालगञ्जको धम्बोजी चोकमा रहेको बीरेन्द्रको शालिक ढाल्यौं । त्यतिबेला शालिक भत्काउने योजनाअनुसार मेरो नेतृत्वमा अगाडि बढेको परिवर्तनगामी क्रान्तिकारी पक्षधर विद्यार्थी साथीहरुको जमातले त्यो चोकबाट विरेन्द्रको शालिक भत्काएका थिए । शालिक भत्काउन गणतन्त्र जिन्दावाद, राजतन्त्र मुर्दावादको नारासहित ठूलो संख्यामा परिवर्तनका पक्षधर युवा जमातको सहभागिता रहेको थियो । हामीले देशको धेरै ठाउँका शालिकहरु भत्काएर त्यहाँ गणतन्त्रको लागि ज्यान अर्पण गर्ने महान योद्धाहरुको नाम राख्न खोजेका थियौं । नेपालबाट राजतन्त्रको अन्त्य भइसकेको संकेत स्वरुप हामीले राजतन्त्रको प्रतिकका रुपमा रहेका शालिकहरु भत्काएका थियौं । लाखौं जनताले सडकबाट दिएको जनादेशको सम्मान गर्नकै लागि ती शालिकहरु ढालिएका थिए । यतिबेला नेपालगञ्जमा केही राजतन्त्रवादी समूहले त्यही चोकमा बीरेन्द्रको शालिक राख्ने कोशिस गरेको देखियो । उनीहरुले जनताको भावनाको सम्मान नगरी अगाडि बढेमा राजतन्त्रको बाँकी रहेको नाम निशाना समेत मेटाउने आन्दोलन युवा जनशक्तिले गर्नेछन्, त्यसको सामना गर्न कठिन हुन सक्छ । हामी राजनीतिक रुपमा जुनसुकै विचार बोकेका हुन सक्छौं, तथापि सबैले देश र जनताले दिएको म्यान्डेट मान्नै पर्दछ । लोकतन्त्रमा जनता सर्वोपरी हुन्छन्, मानिसको रगतसँग जोडिएको आँधीबेहेरीमय जनयुद्ध हुँदै विकसित भएको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्ने भावनालाई साकार बनाउन युवाहरुले गरेको उक्त कामलाइ जनताले आजसम्म बैधता प्रदान गरेका छन् । त्यतिबेला गणतन्त्रात्मक नयाँ व्यवस्था अनुसार चल्नुपर्छ भनेर ती शालिक भत्काउने काम भएका थिए । कसैको रहर वा व्यक्तिगत चाहनाले होइन जनताको बलले नै त्यो सम्भव भएको थियो । यसलाई बुझ्नु जरुरी हुन्छ ।

\"npj प्रतिगामी शक्तिकाविरुद्ध फेरि पनि लड्छौ

देशको मुल संविधानमा राजतन्त्रको अन्त्य, धर्म निरपेक्ष र संघीय गणतन्त्रात्मक राष्ट्र भनि उल्लेख भइसकेको अवस्थामा केही समूहले जनताको भावना र मुलुकको संविधानको खिलापमा काम गर्ने कोशिस गर्छन भने तिनीहरुलाई राज्यले कानूनी कठघरामा ल्याउनु पर्दछ । यदि राज्यले देशको कानूनलाई च्यालेन्ज गर्ने मुठ्ठीभरका मानिस नियन्त्रण गर्न सक्दैन भने, फेरि पनि हाम्रो संगठन परिवर्तनगामी युवाको साथमा मुलुकका सबैखाले फोहरमैलाको अन्त्य गर्न संघर्षको मैदानमा आउन बाध्य हुनेछ । जनताको मतको सम्मान गरियोस् भन्ने हामीले चाहेका छौं ।

राजतन्त्रलाई पुनरावृत्ति गराउने जो सपना देखिएको छ, त्यो कहिले पूरा हुन सक्दैन । मुलुक पुनसंरचनासहित अगाडि बढिरहेको स्थितिमा परिवर्तन नचाहने प्रतिगामी शक्तिहरु फेरि टाउको उठाउँदैछन् । नेपालगञ्जमा राजावादीहरुले गरेको दुष्प्रयासप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । राजसंस्थाको बलमा यो वा त्यो ढंगले जनमतको अपमान गर्न पहिले पनि खोजिएको थियो तर जनताको आक्रोशका कारण शीर ठाडो पार्न नसकी उम्केकाहरुले यतिबेला नेपालगञ्जमा हंगामा मच्चाउन खोजेका हुन् ।

के पूर्वराजाको शालिक राख्दैमा राजतन्त्र फर्कन्छ ?

मुलुक धर्म निरपेक्षतामा गएको छ, मुलुक संघीयतामा प्रवेश गरेको छ, यो बेलामा जनमतको अपमान गर्ने अधिकार राजवादीहरुलाई कसले दियो ? कहाँबाट आयो, मरिसकेको शरीरमा प्राणको संचार ? भन्ने विषयलाई गम्भीररुपमा विश्लेषण गरिनु आवश्यक छ । सत्य कुरा के हो भने देशी विदेशी केही प्रतिक्रियावादी शक्तिहरु मिलेर हिन्दु राज्यको पुनःवहाली गराउने र राजसंस्थाको स्थापना गराउने योजनाअनुसार यतिबेला जुर्मुराएका छन् । उनीहरु यतिबेला धर्मको नाममा राजनीति गर्न तम्सिएका छन्, यो आम नेपालीले बुझेको विषय हो ।

उनीहरुले चाहे जस्तो व्यवस्थाको पक्षमा कति जनता छन् ? यो उहाँहरुले आत्मसमीक्षा गर्नुपर्ने विषय हो । आमजनताले १९ दिने जनआन्दोलनबाट दिएको निर्देशनको अपमान गर्दाको परिणाम के होला ? यो बुझ्नु पर्ने कुरा हो । जनता गणतन्त्रको दिशामा अभ्यस्त भइरहेकोबेला केही सीमित वर्गको चाहना पुरा गर्नका लागि मुलुकमा जे मन लाग्यो त्यो गर्न मिल्दैन । देशमा गडबडी मच्चाउने र अस्थिरतातिर धकेल्ने काम कसैले पनि गर्नु हँुदैन ।

गणतन्त्र पक्षधर सबै परिवर्तनगामी शक्तिहरु एकजुट भएर संविधानको कार्यान्वयनमा लाग्न जरुरी छ । गणतन्त्रवादी शक्ति विभाजनको अवस्थालाई मध्यनजर गर्दै प्रतिक्रियावादीहरु जुरमुराउने कोशिस गरीराखेका छन्, तथापि उनीहरुले देखेको सपना पुरा हुन सक्दैन । जसरी बगेको खोला फर्कदैन, त्यसैगरी परिवर्तनको गति निरन्तर प्रगतिपथमा बढ्छ, पछाडि फर्कदैन ।

\"npjगणतन्त्र अस्वीकार गर्नेले पनि संविधान मान्नै पर्छ जसरी राजाको शालिक राख्ने कामको नेपालगञ्जबाट प्रतिगामीहरुले शुरुवात गरेका छन्, यो अवैध क्रियाकलाप हो । किनभने यो देश संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको छ । गणतन्त्रिक व्यवस्थालाई स्वीकार गर्ने पक्षधरहरुकोबीचमा मत मतान्तर हुन सक्छ, त्यो स्वभाविक पनि हुन्छ । दलहरुले आफ्ना धारणाहरु राख्न पनि सक्छन तर समग्र राज्य व्यवस्थाको परिवर्तन नै अस्वीकार गर्ने, संविधान र कानूनको सम्मान नगर्नेहरु संविधान विरोधी हुन् । देशद्रोहीको रुपमा उनीहरुलाई बुझ्न सकिन्छ । संविधानकै अपमान गरेपछि त्यसलाई लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यहि गर्ने छुट कसैलाई हुदैन । संविधानको खिलाप, देशको राष्ट्रिय अखण्डता, सार्वभौम सत्तामाथिको हमला कुनैपनि अर्थमा जायज हुन सक्दैन । राजनीतिक रुपमा हरेक नागरिकसँग फरक मत राख्ने, विचार र आस्था राख्ने अधिकार लोकतन्त्रमा सुरक्षित रहन्छ, तथापि संविधानको अपमान गर्न कसैलाई पनि छुट हँुदैन । राजावादीहरुले गणतन्त्रलाई स्वीकार गर्नैपर्छ भन्ने होइन तर जनताले बनाएको संविधान र मुलुकको परिवर्तनको मुद्धालाई अस्वीकार गर्न कुनै पनि हालतमा मिल्दैन । हिजो माओवादीले राज्य व्यवस्था परिवर्तनका लागि विद्रोह ग¥यो, कानून मानेन उसलाई आतंककारी भनियो । जनताको साथ र समर्थन मिलेपछि माओवादीका परिवर्तनका मुद्दा स्थापित भएका हुन् । आज जनताले बलिदानी गरेर ल्याएको संविधानको अपमान गर्ने मानिस किन आतंककारी नहुने ? उनीहरु देशद्रोही हुन्, राज्यले तिनीहरुको पहिचान गरेर कानुनी सजाय दिनु पर्दछ । तिनीहरुले म्यूजियममा थन्किएको राजसंस्थालाई जबर्जस्त जनतासँग कुस्ती खेल्न उचालेको संकेत आएको छ, यसलाई रोक्नु राज्यको दायित्व हो ।

नेपालगञ्जको शालिक भत्काउने म नै हुँ

म २०५८ सालदेखि विद्यार्थी संगठनमा जोडिएर माओवादी राजनीतिमा लागेको थिए । २०६० सालमा पूर्ण भूमिगत भएर विद्यार्थी अर्बान गुरिल्ला अर्थात पार्टीले त्यतिबेला शहरी क्षेत्रमा प्रतिगामीहरुविरुद्ध जुध्न बनाएको गुरिल्लाको कमिटीमा रहेर काम गरेँ । बाँकेको सापेक्षतामा पार्टीको निर्देशनमा धेरै काम गरियो । शान्ति प्रक्रियापछि राजतन्त्रका अवशेषहरु हटाउने योजना अनुसार उक्त शालिक ढाल्ने टिम मेरो नेतृत्वमा गएको थियो । त्यो अभियानमा हाम्रो संगठनका तत्कालिन भेरी कर्णाली संयोजक तथा वर्तमान अध्यक्ष नरेन्द्र न्यौपाने, संगठनका नेता साथीहरु अशोक पोखरेल, शान्तबहादुर सिंह, रामबहादुर बिक लगायत सयौं जना सहभागी हुनुहुन्थ्यो ।

शालिक ढाल्ने बेलामा चारैतिरबाट प्रहरीले घेराउ गरेको थियो । साथीहरु प्रहरीसँग प्रतिकारमा उत्रिनु भयो । हामीले शालिक ढालेरै छाड्यौं । नेतृत्वकर्ताका हिसाबले त्यतिबेला प्रहरीले मलाई गिरफ्तार गरेको थियो । चारैतिर घेरा हालेर प्रहरीले मलाई त्यहि चोकमै मरणासन्न हुने गरी कुटे । म वेहोसमै थिएँ, जब होस आयो मलाई जिप्रका लगिएको थाहा पाएँ । त्यहाँ पनि अत्यन्त निर्मम तरिकाले पिट्ने काम गरियो, अन्त्यमा मानवअधिकारकर्मी र संचारकर्मीहरुको चासोका कारण दीपेन्द्र प्रहरी अस्पतालमा २÷३ दिनसम्म कसैलाई भेट्नै नदिएर उपचारमा राखे । त्यसपछि भेरी अञ्चल अस्पतालमा राखेर केही दिन उपचार गराए र त्यहाँबाट केहि दिन जिप्रकाको हिरासतमा राखियो । पछि राजनीतिक अवस्था परिवर्तन हुँदै गएकाले पुलिसले मलाई छाडेको थियो ।

यसरी जनताको म्यान्डेट पूरा गराउनका लागि पुलिसको त्यो यातना भोगेको सम्झिँदा राजतन्त्रका पक्षपातीहरुले गरेको हर्कतबिरुद्ध आक्रोश पैदा भएको छ । त्यसरी रगत र ज्यानै समर्पण गरेर ल्याएको गणतन्त्रको कसैले अपमान गरेको टुलुटुलु हेरेर बस्न सकिन्न, मेरो जस्तो परिस्थिति भएका हजारौं लाखौं जनताले आँधी तुफान फेरि ल्याउन सक्छन् । राजतन्त्रवादीको कभर नै उडाउन सक्छ, समयमै बुद्धि पु¥याए राम्रो होला ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies