Khabar Dabali Logo
  November 15, Fri

उपभोक्तावादको जादुगरी

consumerism-1-750आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरु निसर्गबाट खसेर पृथ्वीमा आइपुगे । निःसन्देह यो राम्रो, भयो किनभने उनीहरु धरतीमा नै केही भत्काउन सिर्जित गर्न सक्तथे । स्वर्गमा यस्तो गर्न केही नै थिएन । यसपछि मानिस उपभोक्तामालहरुको संसारमा आयो, यो दोस्रो पाप थियो–आदम र इभको दोस्रो महाभिनिष्क्रमण ।

धेरैलाई संसारमा उपभोक्तावादको थाली भारतीय सुती कपडा र मलमलको सत्रौं शताब्दीको अन्तिम दशकमा कुनै बेला इङ्ल्याण्ड पुगेको खेपबाट भएको थियो भन्ने जानेर आश्चार्य हुनेछ । यस फेशनले अंग्रेजहरुको रुचिमा परिवर्तन ल्याइदिएको थियो । भारतीय कपडाहरु उनीहरुका निम्ति प्रतिष्ठा–चिह्न बन्न पुगेका थिए । त्यतिखेर विश्वमा उपभोक्तावाद मात्र मुठ्ठीभर अभिजनहरुकाबीच सीमित थियो । बिस्तारै उपभोक्ताहरुको संख्या बढ्यो । किसिम–किसिमका वस्तुहरु निर्माण हुन थाले । सामाजिक प्रतिष्ठाको प्रतिद्वन्द्वीता बढ्यो, आजको केही दशकअघिसम्म उपभोक्ता मालहरुले आफ्नो स्वायत्त संसार नबनाई आफ्नो वस्तुगत उपयोगिताको बलमा मानिसहरुका रुचि, विचार र जीवनशैलीहरुको आधुनिकीकरणमा निर्णायक भूमिका निर्वाह गर्दै थिए । मानिसहरु चमकदमक हेरेर होइन, आफ्नो निश्चित आवश्यकताहरुलाई ख्याल राखेर सामानहरु किन्दथे । बजारका सामानले प्रलुत्ध त गर्दथे तर कैदी बनाउँदैनथे । तिनले मानवीय सोँचको बन्ध्याकरण गर्दैनथे र वस्तुहरुभन्दा पारीको संसार पनि सफासँग देखिदैनथ्यो ।
उपभोगको इच्छापछि सुखवाद कारण छ । मनष्यका इच्छाहरु केवल जीवनलाई सम्भव बनाउने चीजहरुसम्म सीमित रहन सक्तैनन् । जीवनको आनन्द पनि एक आवश्यक तत्व हो । लोकायतिकहरुको प्रसिद्ध श्लोक छ, ‘जबसम्म जीवन रहन्छ सुखलाई उपभोग गर ।’ मनुष्यलाई अलौकिक वस्तुहरुबाट टाढा राख्ने भारतीय दर्शनको एउटा धारा अवश्य पनि छ, तर अर्को धारा पनि छ जसले भौतिकवादको महत्व प्रतिपादित गर्दै इन्द्रीय सुखभोगलाई मनुष्यको एक प्रमुख लक्ष्य घोषित गर्दछ । काँडा छ भन्ने कारणले मात्रै कसैले पनि माछा खान छोड्न सक्तैन । धानको बोक्रा छ, त्यसो भनेर को चामलको भात खाँदैन ? चार्वाक र उनका समर्थक जीवनमा दुःख छ यसकारण सुखको आकाङ्क्षा नराख भन्ने किसिमले सोंच्नेहरु थिएनन् ।

प्राचीन सुखवादीहरु सुखको अवधारणालाई महत्व दिन्थे भने अर्कातिर धार्मिक रुढिहरुको विरोध गर्नका लागि तर्कलाई पनि आवश्यक मान्दथे । यो भनाई लोकायतिकहरुकै थियो, ‘कागले खाने पितृले किन पाउने ?’ हाम्रो समाजमा लोकायतिकहरुको निरन्तर विरोध यो, कतिसम्म भने उनीहरुको दार्शनिक सफाया नै गरियो । तर उनीहरुको भौतिकवादको विरोध गरेर पनि राजा–महाराजा, सामन्त र समाजका पुरोहितवर्गले उनीहरुको सुखवादलाई छाड्न भने सकेनन्, यो भने बिडम्बनापूर्ण छ । ‘गीता’मा कृष्णले युद्धबाट उदासीन अर्जुनसँग भने– यदि यस युद्धमा मारियौ भने स्वर्ग जानेछौ र विजयी भयौ भने पृथ्वीमा सुख–भोग गर्नेछौं ।’ अर्थात् पृथ्वीमा सुख भोग वा स्वर्ग जाऊ चाहिँ भोग गरे । भारतवासीहरुको व्यवहारिक जीवनमा सुखवादले अध्यात्मवादको निरन्तर अनुशरण गर्दै आएको छ, जसको चरण आधुनिक विस्फोट उपभोक्तावादसँग गाँसिन पुगेको छ । ‘ऋणम् क्रित्वा घृतम् पिवेत्’ यो उक्ति आज चरितार्थ भइरहेको छ । रमाइलो कुरो के छ भने लोकायतिककहरुको सुखवादलाई सधैं नै अपनाइयो, तर उनीहरुको तर्कवादलाई परित्याग गरियो हिजो पनि र आज पनि ।

परम्परागत सुखवाद खाली भोजन, मदीरा र यौन–सुखसम्म सीमित थियो । सयौं वर्षदेखि धनवान् मानिसहरु परस्पर एकअर्कालाई लोभको दृष्टिले हेर्दै र अधिकारिक सुखभोगमा डुुब्दै बढिभन्दा बढि सम्पदा जोर्दै आएका छन् । गौतम बुद्धले ‘सुक्त’ मा उपर्युक्त सन्दर्भमा एउटा यस्तो महत्वपूर्ण कुरा भनेका छन्, लाग्दछ यो आजको उपभोक्तावादमाथिको टिप्पणी हो–‘यदि यति धनवान् मानिसहरु पनि सन्तुष्ट रहन्छन् र आफ्नो लिप्साबाट क्षणिकताको नदीमा बहदै जान्छन् भने अनि यस धर्तीमा कुनचाहिँ व्यक्ति शान्तिपूर्वक विचरण गर्न सक्तछ त ? ’ क्षणको सरितामा बहने मानिसले उपभोक्ता इतिहासकै अन्त चाहनेछ यसमा कत्ति पनि शंका छैन । किनभने इतिहासमा नजाने यस्ता कति भोगवादका विलापहरुले नाङ्गो रुप प्रदर्शन गरेका छन् । गौतम बुद्धले आफ्नो गुगमा व्यापक विलासोन्माद र सिंहा देखेका थिए । उनका एकजना मित्र बिम्बसारलाई उसैको छोरा अजातशत्रुले काबासमा बन्द गरेर भोकै मारेको थियो । अर्काका क्षेत्रहरुमाथि राज्यहरुमाथि हिंश्रक आक्रमण गरी आफ्नो नियन्त्रणमा ल्याउन घटनाहरु सामान्य थिए । अनन्त लिप्सा ऐश्वर्य तथा सत्ताको कामना वर्तमान युगको मात्र होइन, बुद्धको युगको पनि विशेषता थियो । अनको ‘धम्म’आज अप्रासाङ्गिक लागोस् त त्यो जीवनलाई परिसीमित गर्दै सुखवादसँगको एउटा विद्रोह नै थियो । केवल सुस्वादु भोजन, शसाब, यौन–सुखसम्म सङ्कुचित परम्परागत सुखवादले वेदान्त, बौद्ध धर्म र भक्तिआन्दोलनका अतिरिक्त हजारौं वर्षसम्म मानवीय अभिलाषाहरुलाई कुण्ठित पारेर राखेको थियो । यी अभिलाषाहरु त्यतिखेरसम्म ठिंगुराएर राखिएका थिए, जहिलेसम्म व्यापक बुद्धिवादीकरण र पण्यीकरण(कमोडिफिकेशन) का ऐतिहासिक अवसरहरु आएनन् । यसभन्दा अघि लामो समयसम्म चारैतिर एकनासेपन जडता थियो ।

उपभोक्तावादको विरोधको अर्थ उपभोगको मात्र विरोध हुन सक्दैन । उपभोग वा कुनै किसिमको भोगले मानिसलाई जीवनमा प्रवृत्त गराउँछ, उसलाई निवृत्तिमुखी र वीररागी हुनबाट बचाउँछ । जुलाहा कबीर कपडा बुन्दथे, बजारमा मजासँग बेच्दथे र आफै पनि जतनसँग ओढ्दथे । सुखका सामानहरु बजारको माल बन्दैछन् भने यो सुखको विकेन्द्रीकरण चिह्न हो । पण्यीकरण सामाजिक–आर्थिक गतिशिलताको चिह्न हो । कबीर पूण्य वा उपभोगका विरोधी थिएनन्, उनी के मात्र चाहन्थे भने उपभोगले जीवनमा गति देओस्, त्यसलाई मैलो नपारोस् –‘दास कबीर जतन त ओढी, जस की तस धर दीनी चदरीया’ । वस्तुहरुको उपभोग गर, तिनको पन्जाबाट बाहिर रहनुमा नै उपभोक्ताको आत्म परिचय हो । पुरानो जमानामा सन्त, भक्त र कवि नै मास मिडिया थिए । उनीहरु झूटो रचना गर्दैनथे, आफ्नो तरीकाले असत्यलाई विखण्डन गर्दथे । उनीहरुको आधारभूत चिन्ता के हुन्थ्यो भने अति–इन्द्रिय परायणताले कतै मानव–परिचयलाई सुखको छ्द्म आवरणले नढाकिदेओस् ।

बुद्धिवादीकरण र विस्तृत पण्यीकरणको अवसर हाम्रो समाजमा धेरैपछि उत्पन्न भएका हुन् । त्यसले आधुनिकीकरण ढीलो आयो । ढिलैगरी रिनेसाँ रोमान्टिसिज्म आए । आधुनिक सुखवाद परम्परागत सुखवादबाट अलग्गियो । यो ‘खाने–पिउने र यौन–सुख’लाई अतिक्रमण ‘गे’ उच्चतर सुखति अघि बढ्यो । आधुनिक उपभोक्ताहरुले मानिसहरुलाई स्थुल इन्द्रीय सुखवादको परिधिबाट विस्तृत गरेर आधुनिक जीवन, राष्ट्रिय चेतना र नयाँ सपनाहरुसँग जोडे । नवजागरणदेखि रोमान्टिक युगसम्म इन्द्रीय–सुख कहिल्यै प्रधान लक्ष्य थिएन । यद्यपि बजार पर्याप्त विस्तृत थियो र विदेशी वस्तुहरु पनि सुलभ थिए । नयाँ वस्तुहरुको उपभोगले नयाँ जीवनशैली मात्र होइन नयाँ चेतना पनि उत्पन्न गर्दै थियो । रेलगाडीले खाली यात्रा गराइरहेको थिएन । यसले पृथकतामा तड्पिरहेका जातीय हिस्साहरुलाई एकअर्कासँग जोड्दै पनि थियो । नयाँ शिक्षा आउँदै थियो । …..को सट्टा साबुन मन पराइदै थियो । मानिसहरु समुन्द्रपा जाँदै थिए । पहिले मानिस विदेश गए फर्कदा अन्य जे चीज ल्याए पनि आफ्नो बाकसमा पुस्तक भने नल्याई छाड्दैनथ्यो र अपेक्षतः बढि देशभक्त बनेर फर्कन्थ्यो ।

बैशाख ११ गते, २०७३ - १२:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top