Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

ओस्कार विजेता अभिनेता लियोनार्डोको नेपालसँगको यस्तो सम्बन्ध

\"Liyonardo\" काठमाडाै‌ । अभिनेता लियोनार्डो डिक्याप्रियोले सर्वोत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका छन् । सन् १९९३ देखि अहिलेसम्म ६ पटक ओस्कारका लागि मनोनयनमा परेका डिक्याप्रियोले २३ वर्षको पर्खापछि बल्ल अर्वाड हात पारे ।

उनले गएको डिसेम्बरमा प्रदर्शनमा आएको चलचित्र द रेवेनान्टमा ह्युग ग्लासको रुपमा निभाएको भूमिकाका लागि यो पटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

उनले सोमबार बिहान अमेरिकाको लस एन्जल्सको हलिउडमा रहेको डल्बी थिएटरमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाल्ने सुवर्ण अवसर पाए ।

यससंगै उनको चर्चा नेपालका मिडियाहरुमा पनि गर्न थालियो । अंग्रेजी चलचित्रमा खाँसै चासो नेदिने नेपालमा पनि उनको प्रभाव देखियो । कारण डिक्याप्रियोले वातावरण तथा वन्यजन्तु संरक्षणमा नेपालमा आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन् । जसका कारण पनि उनी नेपाली मिडियामा छाए ।

उनले नेपालमा बाघ संरक्षण तथा अवैध चोरी शिकारी नियन्त्रणका लागि सहयोग गर्दै आएका छन् । बाघ संरक्षण तथा समुदायस्तरको विकासका लागि सहयोग गरेकाले उनी अंग्रेजी चलचित्र हेर्ने नेपाली भन्दा वन र वन्यजन्तुसँग आश्रित सर्वसाधारणमा पनि प्रिय छन् ।

डिक्याप्रियो ६ वर्षअघि नेपाल आएका बेला बाघ संरक्षणका लागि आर्थिक सहयोग गर्दै आएका डिक्याप्रियो सन् २०१० को मे महिनामा बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरको मध्यवर्ती क्षेत्रमा पनि गएका थिए ।

सन् २०११ देखि डिक्याप्रियोले बाघ संरक्षणका लागि भनेर नेपाललाई अहिलेसम्म १६ लाख अमेरिकी डलर अर्थात १७ करोड ६० लाख नेपाली रुपैयाँ सहयोग गरेको डब्लुडब्लुएफ नेपालले जनाएको छ ।

उनी स्वीट्जरल्याण्डमा मुख्यालय रहेको डब्लुडब्लुएफका बोर्ड मेम्बर पनि हुन् । डिक्याप्रियोले दिएको रकम बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि खटिएका सेना लागि गार्ड पोस्ट बनाउन तथा निकुञ्ज भित्र बाह्रै महिना गाडी चलाउन मिल्ने बाटो बनाउन खर्च भइरहेको छ । यसले बाघ संरक्षणमा सहयोग पुगेको डब्लुडब्लुएफ नेपालले जनाएको छ ।

सन् २०१० को मेमा नेपाल आउँदा उनले बर्दियाको बधुवन गाउँलाई बायो ग्यास भिलेज घोषणा गरेका थिए । उनले जगदम्बा विद्यालयमा रोपेको विरुवा अहिले ठूलो रुख बनेको छ ।

डिक्याप्रियोले सन् २०१० देखि सुरु भएको सेभ टाइगर नाउ अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । सन् २०१२ को गणना अनुसार नेपालमा मात्र एक सय ९८ वटा वयस्क बाघ छन् । त्यसको संरक्षण तथा अवैध चोरी शिकारी नियन्त्रणका लागि डिक्याप्रियोले पहल गर्ने गरेका छन् ।

  • एजेन्सीकाे सहयाेगमा
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies