Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पोखराबाट सुगम सङ्गीत यात्रा सुरु

\"Pokhara पोखरा । पोखराका तीनवटा साङ्गीतिक संस्थाहरुको संयुक्त आयोजनामा सुगम सङ्गीत यात्रा सुरु भएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त अयोजनामा पोखराको ताल बाराही मन्दिरबाट यात्राको सुरुवात भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सङ्गीतकर्मी श्यामलाल श्रेष्ठले यात्राले नेपाली सुगम सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । तीनवटा संस्थाहरुले संयुक्त रुपमा कार्यव्रmमको आयोजना गरेर नेपालका राजनीतिक दलहरुलाई समेत मेलमिलापको सन्देश दिएको बताउँदै श्रेष्ठले कार्यव्रmमको निरन्तरताको कामना गरे । विशेष अतिथि ताल बाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिक्मत कुँवरले ताल बाराही मन्दिरबाट पवित्र कार्यव्रmमको सुरुवात गरिएकोमा खुसी व्यक्त गरे । यस्तै, सञ्चारकर्मी तथा साहित्यकार रुपिन्द्र प्रभावीले पोखरामा थुप्रै साहित्यिक यात्राहरु जारी रहेको स्मरण गर्दे सङ्गीत यात्राले पनि पोखराको वाङ्मयीक पहिचानलाई अझ उचाइ दिने बताए । कुनै पनि यात्राको सुरुवात मात्र ठूलो कुरा नभएको बताउँदै उनले सङ्गीतलाई नै पेसा बनाएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाको कार्यक्रम भएकाले गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे । त्रिवेणी सङ्गीतालयका प्रवन्ध निर्देशक नवराज बरालको अध्यक्षता, जे. ई. म्युजिकका प्रबन्ध निर्देशक रामभक्त जोजिजुको स्वागत र अनुपम म्युजिकका प्रवन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा रेन्बो चिल्डे«न होमकी प्रबन्ध निर्देशक गोमा ढकालले पनि शुभकामना दिएकी थिइन् । कार्यव्रmममा पशुपति गुप्ता, नवराज बराल, रामाभक्त जोजिजू, डा. मितु पाल, इतु जोजिजू, तमन्ना गुरुङ, बलराम गिरी, रचना मुले, प्रियङ्का जोजिजू, सृष्टि गौतम, बिना पुन, श्रीधर कँडेल, किशोर सुवेद,बिबी सुनार, कन्चन राई, युक्ता गुरुङ, सुरज गुरुङ, प्राप्ति तुलाचन, पद्मिनी गुरुङ, अङ्कित बाँस्कोटा, नारायणी लामिछानेलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राखेका थिए । यस्तै, रेन्बो चिल्ड्रेन होमकी अन्जली नेपाली, कल्पना बोगटी, निरुता वि.क., आशा वि. क. र अनिता रानभाटलगायतले पनि गीत प्रस्तुत गरेका थिए । नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने र पुराना स्रष्टालाई सम्मान गर्दै नेपाली गीत सङ्गीतको संरक्षण, सम्बर्धन र विकास गर्नेलगायतका उद्देश्यसहित हरेक महिनाको पहिलो शनिबार देशका विभिन्न भागमा कार्यव्रmम सञ्चालन गरिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies