/  Tue, January 17, 2017

इलाममा ‘होम स्टे’ बनाइँदै

ilam_districtइलाम, ४ असार । पूर्वको पर्यटकीय क्षेत्र इलाममा कृषि पर्यटनलाई समेत प्रवद्र्धन गर्न ‘होम स्टे’ बनाउन थालिएको छ ।

इलाम नगरपालिका–९ स्थित बालन गाउँको लिम्बू तथा नेवार बस्तीमा होम स्टे बनाउन थालिएको हो । सहरको होहल्लाभन्दा शान्त वातावरण मन पर्ने पर्यटकलाई लक्षित गरी सस्तो र रमणीय वातावरणमा पर्यटकलाई राख्ने उद्देश्यले होम स्टेको निर्माण गरिएको हो । नेपाल सरकार कृषि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, कृषि उद्यम केन्द्रको सहकार्यमा होम स्टेका लागि रु ३५ लाख रकम विनियोजन भएको हो ।

आर्थिक अवस्था कमजोर भएका १० घर लिम्बू र नेवार बस्तीमा होम स्टेको माध्यमबाट आयआर्जनलाई वृद्धि गराउने मुख्य लक्ष्य राखिएको इलाम उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटाले जानकारी दिइन् । होम स्टे निर्माणको एक वर्षे कार्यक्रम भएकाले विभिन्न काम धमाधम भइरहेको सापकोटाले बताइन् ।  यहाँ कृषिसम्बन्धी अवलोकन गर्ने पर्यटक, विद्यार्थीलगायत अन्य भ्रमणका लागि आउनेले थुप्रै अवलोकन गर्न सक्ने बनाइएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घको सहकार्यमा होम स्टे निर्माण भइरहेको छ । होम स्टेसँगै १० घर लिम्बू बस्ती र नेवार बस्तीमा लोकल कुखुरापालनका लागि आर्थिक सहयोगसमेत गरिएको छ । यस्तै यहाँ गाई गोठ सुधारका कार्यक्रम, तरकारी उत्पादनलगायतमा उनीहरुलाई सहयोग गरिएको श्रेष्ठले जानकारी दिए । होम स्टेमा आउने पर्यटकले स्थानीय उत्पादन प्राङ्गारिक तरकारीसमेत खान पाउने छन् ।

होम स्टेका लागि बाटो सुधार गर्न रु पाँच लाख, होम स्टे कार्यक्रम सञ्चालन सहयोग गर्न रु २२ लाख ५० हजार, प्रसार प्रचारमा रु एक लाख, कृषि पर्यटन केन्द्र स्थापना गर्न रु पाँच लाख, कार्यालय सञ्चालन गर्न रु एक लाख ५० हजार, सामुदायिक भवनका लागि रु पाँच लाख गरी रु ३५ लाख विनियोजन गरिएको इलाम वाणिज्य सङ्घका सचिव मदन श्रेष्ठले जानकारी दिए ।

इलाम नगरपालिकादेखि करिब २० मिनेटको बाटामा चियाबारीको रमणीय दृश्य अवलोकन गर्दै होम स्टे पुगिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाब्यता अध्ययन थालिदै गर्दा तराईमा...   
माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

काठमाडौं ४ माघ । नेकपा माओवादी केन्द्रमै रहेर पनि माओवादी कार्यकर्ताले भोट नदिने पाउने भएका छन् ।...   
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार स्वदेश फर्कदैं छन् । यूएईको अवुधवीमा...   
आहा रारा गोल्डकप आजदेखि शुरु

आहा रारा गोल्डकप आजदेखि शुरु

पोखरा, ४ माघ । आहा रारा गोल्डकप फुटवलको १५ औं संस्करण मंगलबारदेखि पोखरामा शुरु हुने भएको छ । पोखरा रंगशालामा...   
सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

काठमाडौं । बक्स अफिस क्लवका अध्यक्ष आरके (रामबहादुर) सुवेदीले सगरमाथाको आधार शिविरमा अवार्ड वितरण...   
पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बर्खास्त गरिएका सीईओ सुशील ज्ञवालीले आफूलाई...   
ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

काठमाडौं, ३ माघ । स्पेनिश क्लव ला लिगाका खेलाडी उत्पादन गर्ने क्लवका रुपमा परिचित स्पेनको मार्बेला...   
शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन यता राष्ट्रको रक्षाको लागि आफ्नो आवश्यकता भएको...   
ब्याण्डबाजा बजाउँदै शितल निवासमा जन्ती (हेर्नुहोस् १० तस्विर)

ब्याण्डबाजा बजाउँदै शितल निवासमा जन्ती (हेर्नुहोस् १० तस्विर)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको बिवाह कार्यक्रमका लागि...   
पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलोपटक शितल निवासमा

पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलोपटक शितल निवासमा

काठमाडौं, ३ माघ । नारायणहिटी दरबार छाडेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलो पटक सोमवार राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top