Khabar Dabali Logo
  November 15, Fri

मधुमेह कसरी हुन्छ ? थाहा पाउनुस् यसको सुरुवाती लक्षण

मधुमेहको सुरुवाती लक्षणलाई यदि पहिचान गर्न सकियो भने यसको उपचार निकै चाँडै र सजिलो तरिकाले गर्न सकिन्छ । आजकाल मधुमेह एक सामान्य समस्या बनेको छ । धेरैजसो मानिसहरुमा यो रोग सामान्य भएपनि निकै धेरै समयपछि रोग लागेको थाहा पाउँदा यो रोग निकै डरलाग्दो हुने गर्दछ । वास्तवमा मधुमेह जीवनशैली सम्बन्धि र वंशानुगत रोग हो । जब शरिरमा प्यान्क्रियाज नामक ग्रन्थीले इन्सुलिन बनाउन बन्द गर्छ तब मधुमेहको समस्या हुने गर्दछ । इन्सुलिनले रगतमा ग्लूकोजलाई नियन्त्रण गर्ने गर्दछ । आउनुहोस्, सुरुवाती अवस्थामा मधुमेहको लक्षण बारे जानकारी लिऔँः

थकान महसुस हुनुः
मधुमेह लागेको सुरुवाती लक्षण भनेको दिनभरी केही नगर्दा पनि थकाई लागेको महसुस हुनु हो । रातभरी सुतेर उठ्दा बिहान निकै थाकेको महसुस हुन्छ भने यो मधुमेहको सूचक हो । यसबाट रगतमा चिनीको मात्रा बढिरहेको भन्ने थाहा हुन्छ ।

लगातार पिसाब लाग्नुः
मधुमेह लागेपछि छिटो छिटो पिसाब लाग्छ । जब शरिरमा धेरै मात्रामा चिनी जम्मा हुन्छ तब यो पिसाबको बाटो  हुँदै बाहिर निस्कने गर्दछ जसका कारण मधुमेह रोगीलाई पटक–पटक पिसाब लाग्ने गर्दछ ।

अत्यधिक तिर्खा लाग्नुः
मधुमेह रोगीलाई पटक–पटक तिर्खा लागिरहन्छ । पिसाबमार्फत शरिरको पानी र चिनी बाहिर निस्कने भएका कारण यस्ता रोगीलाई सधैं तिर्खा लाग्ने गर्दछ । धेरैजसो मानिसहरु यस्तो अवस्थालाई सामान्य रुपमा हेर्ने गर्दछन् तर यो मधुमेह रोगको लक्षण हो भन्ने पछि मात्र थाहा हुन्छ ।

आँखा कमजोर हुनुः
मधुमेह रोगको सुरुवातमा आँखामा निकै प्रभाव पर्ने गर्दछ । यस्ता रोगको सुरुवातमा आँखा कम र धमिलो देखिने गर्दछ । कुनै पनि वस्तुमा हेर्नको लागि यस्ता रोगीले आँखामा निकै दबाब दिनुपर्छ ।

अचानक तौल कम हुनुः
यो रोगको सुरुवाती अवस्थामा अचानक तौल कम हुने गर्दछ । सामान्य दिनको तुलनामा मधुमेह लागेपछि रोगीको तौल एकाएक कम हुने गर्दछ ।

निकै भोक लाग्नुः
मधुमेह रोगीको तौलमा त कमी आउँछ तर उनीहरुलाई भोक भने धेरै नै लाग्ने गर्दछ । अन्य दिनको तुलनामा भोकमा एकाएक वृद्धि भइ, धेरै दिनसम्म यस्तै भइरहेको छ भने आफ्नो मधुमेह जाँच गराउनुस् ।

घाउ ठिक हुन समय लाग्नुः
सानो तिनो घाउ पनि निको हुन धेरै समय लागिरहेको छ र यो संक्रमण भएर ठूलो भइरहेको छ भने पनि होस् पुर्याउनुहोस् ।

बिरामी हुनुः
मधुमेहले बिरामीको शरिरमा कुनै पनि प्रकारको संक्रमण चाँडै ठिक हुन दिँदैन । मधुमेह रोगीलाई भाइरल, रुघा खोकी अथवा कुनै पनि ब्याक्टेरियल इन्फेक्सन भयो भने तपाईंलाई चाँडै ठिक हुँदैन । सानातिना संक्रमण जुन आफैं सजिलै ठिक हुनुपर्ने हो, त्यस्तो घाउ निको हुनुको साटो बढ्ने गर्दछ ।

छालाको रोगः
मधुमेहको सुरुवाती अवस्थामा छालासम्बन्धि थुप्रै रोग सुरु हुने गर्दछ । छालाको सामान्य संक्रमण ठूलो घाउ बन्ने गर्दछ ।

आनुवंशिक कारणः
तपाईंको परिवारका अन्य कुनै सदस्यलाई पनि मधुमेहको समस्या छ भने तपाईं सावधान हुनुपर्छ किनभने यो आनुवंशिक रोग हो ।

थाहा पाउनुहाेस्ः  मधुमेहलाई पूर्ण रुपमा निकै गर्न सकिँदैन तर यसलाई नियन्त्रणमा राख्नु अत्यावश्यक छ । यसका लागि डाक्टरको सल्लाह र समय–समयमा आफ्नो सुगर लेभलको जाँच गराउनुहोस् ।

जेठ २२ गते, २०७२ - २०:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top