Khabar Dabali Logo
  November 22, Fri

अदुवाले क्यान्सरबाट बचाउँछ, थाहा पाउनुस् यसका अविश्वसनीय फाइदा


अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पोषक तत्व पाइने गरिन्छ । अदुवालाई ताजा र सुख्खा दानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवा एक निकै बलियो एन्टिभाइरल पनि हो । आउनुहोस्, अदुवाको फाइदाको बारेमा जानौँः

छालाका लागि:
अदुवा खाँदा छाला आकर्षक र चम्किलो हुने गर्दछ । बिहान खाली पेटमा एक ग्लास मनतातो पानीसँगै अदुवाको टुक्रा खानुहोस् । यसले तपाईंको छालामा निखार आउनुका साथै तपाईं जवान देखिनुहुन्छ ।

खोकीका लागिः
खोकीका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रालाई बराबर मात्रामा महसँग तातो बनाएर दिनमा दुईपटक खानुहोस् । यसले घाँटीलाई पनि आराम दिने गर्दछ ।

भोक बढाउनका लागिः
यदि तपाईंलाई भोक लाग्नमा समस्या छ भने अदुवाको नियमित सेवन गर्नुहोस् । अदुवालाई स–सानो टुक्रा बनाएर त्यसमा थोरै नुन हालेर दिनमा एकपटक लगातार आठ दिनसम्म खानुहोस् । यसले तपाईंको पेट सफा बनाउँछ भने तपाईंलाई अलि धेरै भोक लाग्न थाल्दछ ।

पाचनका लागिः
पेट र कब्जियतका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । अदुवालाई अजवाइन र कागतीनको रससँगै थोरै नुन हालेर खानुहोस् । यसले पेट दुख्न ठिक हुन्छ र झुसिलो डकार आउन बन्द हुन्छ ।

बान्ता हुन्छ भनेः
यदि पटक–पटक बान्ता भइरहेको छ भने अदुवालाई प्याजको रससँगै दुई चम्चा पिउनुहोस् । यसले बान्ता रोक्दछ ।

रुघा, ज्वरोः
रुघा र ज्वरोका लागि अदुवा निकै फाइदाजनक छ । रुघा लाग्दा अदुवा हालेको चिया पिउँदा निकै फाइदा पुर्याउँछ । यसका साथै अदुवाको रसलाई महमा मिसाएर तातो पारेर पिउँदा फाइदा मिल्छ ।

क्यान्सरका लागिः
अदुवामा कोलेस्ट्रोलको स्तर कम गर्ने, रगतलाई जम्नबाट रोक्ने, एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइने गरिन्छ ।

अन्य रोगः
अदुवालाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवन गर्दा गाँठो, अर्थराइटिस, साइटिका, गर्दन र मेरुदण्डको हड्डीको रोग (सर्भाइकल स्पांसडिलाइटिस) को उपचारमा गर्न सकिन्छ । महिलाको मासिक धर्मको अनियमिततालाई टाढा राख्नमा पनि अदुवाले मद्दत पुर्याउँछ ।

अदुवाका अन्य फाइदाः
अदुवा खाँदा मुखबाट हानिकारक ब्याक्टेरिया नष्ट हुने गर्दछ ।
अदुवाले कोलेस्ट्रोललाई पनि कन्ट्रोलमा राख्छ जसका कारण रक्तसंचार ठिक हुने गर्दछ ।
अदुवाको प्रयोग गर्दा शरिरमा रगतको ढिक्का जम्दैन ।
अदुवाको रस र पानी बराबर मात्रामा पिउँदा मुटुसँग सम्बन्धित रोग लाग्नबाट बचछ ।
अदुवाले गर्मी गराउँछ । गर्मी मौसममा यसको सेवन गर्नुहुँदैन र यदि आवश्यक परेमा थोरै मात्रामा प्रयोग गर्नुपर्छ ।

जेठ १८ गते, २०७२ - २०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top