/  Mon, November 20, 2017

राहत तथा पुनर्निर्माण अभियानमा अखिल (क्रान्तिकारी)

काठमाडौं, महाभूकम्प लगत्तैदेखि १५औं दिनसम्म पनि अखिल (क्रान्तिकारी) ले आफूलाई राहत तथा उद्धारकार्यमा समर्पित गरिरहेको छ ।

विभिन्न टोली बनाई स्वयंमसेवी कार्यकर्ताहरुमार्फत महाभूकम्पबाट अतिप्रभावित जिल्लाका बासिन्दाहरुलाई सहयोग पुर्‍याउने तथा भत्किएका घरटहरा पन्छाउने तथा नयाँ टहरा बनाउने काममा क्रान्तिकारीले सिंगै पंक्तिलाई परिचालित गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रमेश मल्लले खबरडबलीलाई दिएको जानकारीअनुसार क्रान्तिकारीले चिकित्सकसहितको टोली परिचालन गरेर भूकम्पबाट अतिप्रभावित जिल्लाहरुमा स्वास्थशिविर चलाई स्थानीयहरुलाई स्वास्थ्योपचारमा सहयोग गरिरहेको छ । र, क्रान्तिकारीका स्वयंमसेवीहरुले उद्धारको काम गरिरहेका छन् ।

अध्यक्ष मल्लले भने– ‘डाक्टरसहितको पाँच सय विद्यार्थीहरुका हाम्रा विभिन्न टोलीले अहिलेसम्म भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा तथा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका अतिप्रभावित जिल्लाहरुमा स्वास्थ्यशिविर चलाउने, राहत वितरण गर्ने तथा पछिल्लो समयमा घर भत्किएर पुरिएकाहरुको सामान निकाल्ने तथा अस्थायी घरटहराहरु बनाइदिने काम गरिरहेका छन् ।’

विद्यार्थी स्वयमसेवकहरुले अहिलेसम्म मुख्यगरी उद्धार, राहत वितरण, स्वास्थ्यशिविर चलाउने तथा सरसफाईदेखि भूकम्पपीडितलाई आइपर्ने विभिन्न समस्याहरु समाधान गर्ने काम गरिरहेको मल्लले बताए ।

Student 1-400यसबीचमा रगतको अभाव हुन नदिन आफूहरुले रक्तदान शिविर पनि चलाएको बताउँदै मल्लले भने– ‘शुक्रबार गरिएको रक्तदान कार्यक्रममा १ सय १५ जना साथीहरुले रक्तदान गरे ।’

भूकम्पपीडितलाई सहयोग गर्न विभिन्न जिल्लाहरुबाट आफ्नो संगठनका सदस्यहरु केन्द्रको सम्पर्कमा आएको उल्लेख गर्दै मल्लले विद्यार्थीहरुका विभिन्न टोली बनाई प्रत्येक टोलीलाई १५ दिनसम्म प्रभावित क्षेत्रमा खटाइएको जानकारी दिए ।

उनले भने– ‘हाम्रा साथीहरु पर्सादेखि झापासम्म र मकवानपुर हुँदै भेरी–कर्णाली तथा मध्यपश्चिमाञ्चलबाट पनि आएका छन् । उनीहरु सबैलाई विभिन्न टोली बनाएर अतिप्रभावित क्षेत्रहरुमा खटाइएको छ ।’

मुलुकप्रति विद्यार्थी तथा युवाहरुको अहम दायित्व हुने भएकाले भूकम्पबाट प्रभावित नभएकाहरुलाई स्वयंमसेवीका रुपमा खटाइएको बताउँदै अध्यक्ष मल्लले उल्लेख गरे– ‘हाम्रा स्वयंमसेवीहरु विद्यालय निर्माण तथा पढाइ सुचारु गराउन पूर्वाधार निर्माणमा समेत सक्रियतापूर्वक लागिपरेका छन् ।’

बैशाख २६ गते, २०७२ - १८:४१ मा प्रकाशित
Tags:
news

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top