Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

किन रिसाए पारिजातलाई श्रद्धाञ्जली दिन आएका रामेश ?

काठमाडौं, पैसामा नबिक्ने । स्वाभिमानी । आदर्श व्यक्तित्व । जस्तोसुकै संकट आइपर्दा पनि आफ्नो विचार तथा आस्थालाई जोगाउन सक्ने महान् साहित्वकार पारिजातको जस्तो व्यक्तित्व मैले आजसम्म देखेकै छैन । साहित्यकार पारिजातको २२ औं माल्यार्पण कार्यक्रमा वरिष्ठ साैन्दर्यचिन्तक एवं नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले यसै भने । किरणले अरु पनि भने, “पारिजातको लेखन नै लोभलाग्दो । मिठो भाषाशैली । निरन्तर क्रियाशील स्वभावको ।” ‘किरण’ले भनेजस्तो पारिजातका सिर्जनाहरु चखिला छन् । त्यतिकै गहकिला पनि छन् । त्यसकारण साहित्यकारहरु फूलको गुच्छा बोकेर प्रत्येक बर्ष बैशाख ५ गते म्हैंपी काठमाडौंमा आइपुग्छन् । पारिजात माल्यार्पण कार्यक्रममा सहभागी हुन्छन् । \"sukanya-400\"वैशाख ५ गते पनि पारिजात स्कृति केन्द्रले आप्mनै कार्यालय स्थित पारिजातको प्रतिमाअघि कार्यक्रमको आयोजना गर्यो । केन्द्रले हरेक वर्ष दिँदै आएको पारिजात सम्मान–२०७१ पाउने व्यक्तित्वहरुको नाम पनि सार्वजतिक गर्यो । यस वर्ष पारिजात बाल साहित्य सम्मान, पारिजात कला सम्मान, पारिजात सिर्जन सम्मान र पारिजात संघर्षशील नारी सम्मानबाट सम्मानित हुनेहरुमा क्रमशः शारदा रमण नेपाल, जीवन शर्मा, पुरुषोत्तम सुवेदी र मिठाइदेवी विश्वकर्मा छन् । केन्द्रले बालसाहित्य, गीतसङ्गीत, समालोचना र महिलाको क्षेत्रमा काग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।  यही बैशाख २६ गते शनिबार हुने पारिजात स्मृति सभामा यो सम्मान प्रदान गरिनेछ । कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा हुनेछ । रामेशको गुनासो एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, वामपन्थी विश्लेषक श्याम श्रेष्ठ, नेकपा–माओवादीका नेतृ पम्फा भुषाल, सशी श्रेष्ठ राजनीतिक पार्टीका मान्छेहरु मात्रै मञ्चमा देखेको रामेशलाई मन परेन । कार्यक्रम समापन हुनसाथ पारिजातकी बहिनी सुकन्या वाइवालाई उनले गुनासो गरे, “दिदी आजको कार्यक्रम खल्लो लाग्यो ।” सुकन्या, “किन भाइ ?” रामेश, “पारिजात दिदी साहित्यकार कि नेता ? मञ्चमा साहित्यकारहरु कोही देखिनँ ।” \"Parizat2-400\"पारिजात स्मृति केन्द्रले डिजाइन गरेको यो कार्यक्रम ठीक छ भन्दै सुकन्याले उत्तर यसरी दिइन्, “श्रद्धाञ्जलीमा नेता र साहित्यकार छुट्याउनुहुन्न । यो कार्यक्रम सबैको हो । २६ गतेको स्मृति सभा चाहिँ साहित्यकारहरुकै हो ।” “पारिजातले दुईटा जीवन बाँचिन् । उनी राजनीति र साहित्यकार दुवै हुन् । राजनीतिमा पनि उनी उच्च कोटीको विचारले बाँचिन् । साहित्यमा पनि उच्च कोटीको सिर्जना गरेर बाँचिन् ।” श्रद्धाञ्जली मन्तव्यमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने, “उनलाई सबैले सम्मान गर्छन् । त्यही भएर पनि सुकन्याले रामेशलाई पारिजात सबैको हो भनेकि होलिन् ।” स्मृति केन्द्रले थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । पारिजात जन्मेको दिन र देहान्त भएको दिन वर्षमा दुईपटक चाहिँ पारिजाकै लागि कार्यक्रम हुन्छ । बैशाख ५ गते श्रद्धाञ्जली र बैशाख २६ गते पारिजात स्मृति सभा । पारिजात वि.सं. १९९४ बैशाख जन्मेर वि.सं. २०५० सालसम्म ५४ वर्ष बाँचे । शारीरिक रुपमा असक्त भए पनि उनी मानसिक रुपमा निकै बलिया थिइन् । त्यसकारण आर्थिक अभावले पनि उनलाई साहित्य सिर्जना गर्न रोकेन । शारीरिक असक्तताले पनि सिर्जना गर्न उनलाई रोकेन । उनले कथा, कविता, आत्मसंस्मरण जस्ता थुप्रै रचनाहरु सिर्जना गरेका छन् । शिरीषको फूल र अनिँदो पहाडसँगै यी दुई उपन्यास उनका निकै चर्चित छन् । सुकन्या वाइवाको मन्तव्य माननीय व्यक्तित्वज्यूहरु, साहित्यकार, पार्टीका नेताहरु तथा पत्रकार बन्धुहरु, स्व. पारिजातलाई माया गरेर पाल्नुभएका प्यारा दाज्यू भाइ तथा दिदी बहिनीहरुमा स्वागत तथा नमस्कार टक्र्याउँदछु । आज बैशाख ५ गते साहित्यकार पारिजातको २१सौ माल्यार्पण कार्यक्रममा विशेष त यहांहरुलाई माल्यार्पण मात्र गर्ने नभई पारिजात स्मृति भवनलाई सूक्ष्म तरिकाले अवलोकन गरिदिनहुन आग्रह गर्दछु । २१ वर्ष, छोटो अवधि निश्चय नै होइन, जन्मेको बच्चा बालिग हुने अवधि हो । हालसम्म त भवन जवान भइसक्नु पर्ने हो तर पोषणको अभावमा शैशवकालमा नै बुढो देखिनथालेको छ । त्यसो त विगतमा केही उत्साहवर्धक कदमहरु नचालिएका होइनन् । स्व पारिजातलाई प्रतिभा ठानी विशेष माया र श्रद्धा गर्ने व्यक्तित्वहरु ओहोदामा रंहंदा उनको संझनालाई अमर बनाउने हेतूले केही नभएको होइन । २०५० सालमा साहित्यकार पारिजातको अवसान पश्चात् लगतै तात्कालिन ओडा अध्यक्ष, हाल माननीय सांसद श्री रामबीर मान्न्धरज्यूको नेतृत्वमा १६ वडाद्घारा प्रस्तर प्रतिमाको निर्माण हुनु उनीप्रतिको सच्चा सम्मान हो साथै आफ्नो ओडाको गर्व । यो गरिमापूर्ण शुरुआतको श्रेय निशन्देह वहांलाई जान्छ । पारिजात स्मृति केन्द्रको निम्ति चर्चेको जग्गाको सुरक्षार्थ खोलापट्टि ग्याविङ्ख वल र जग्गापट्टि पर्खाल लगाउन माननीय सांसद तात्कालिन भौतिक योजना तथा निर्माण मंत्री श्री सी पी मैनालीज्यूको कार्यकालमा २०,००,००० निकासा भएको हामी सबैलाई अवगत नै छ । यसरी साहित्यकार पारिजातको साहित्यिक योगदानको कदर गर्नुभएको बेजोड उदाहरण हाम्रो समक्ष ताजै छ । सरकारी जग्गा नक्शाकंन र निकाशाको दौडमा सिहदरवारिया जटिल गुत्थीहरु सुल्झाउन तात्कालिन सामान्य प्रशासन मंत्री सुश्री पम्फा भुसालको योगदान बहुमूल्य मानेका छौं, भवन निर्माणले यथाशिघ्र सम्र्पूणता पाउनुपर्छ भन्ने वहांको आवाज यथावत बुलन्द छ । साथै ढोका ढोकामा आइपर्ने व्यवधानहरु फुकाउन सिंह दरवार पार्टी कार्यालयबाटै पार्टी अध्यक्ष श्री सी पी मैनालीज्यूको योगदान सराहनीय छ । रह्यो सवाल स्मृति भवनको । कोटि कोटि कृतज्ञ छौं तात्कालीन भौतिक योजना तथा निर्माण मंत्री श्री हिसिला यमीज्यूसंग । वहांको कार्यकालमा आज भन्दा सात÷आठ वर्ष अघि द्रुतगतिमा स्मृति भवन निर्माण कार्य प्रारम्भ भयो र यस उदेश्यको निम्ति बजेटमा रु २५,००,००० छुट्याइएको थियो । भवन निर्माणले सम्पूर्णता पाउने दरो आश्वासन समेत पाएका थियौं । पा. स्मृ. के.को इतिहासमा यो कदम मिशाल नै थियो । खुशीले पाराकाष्ठा छोएको थियो । तर दुुर्दिन भनौ अथवा के वहांहरुको सरकार भंग हुने साथै भवनको सम्पूर्णताको योजना धराशायी भयो । हामीलाई लाग्छ, पारिजात सबैको हो अर्थात् सारा नेपालीको हो । यही धारणाले विगत केही वर्ष अधि बन्दै भंग हुंदै गरेका सरकारहरुको हृदयमा किन घर गरेन ? यो सत्य हो हरेक वर्ष हामी उत्साह र विश्वासका साथ अधुरो भवनलाई पूर्णता दिने हेतूले आवश्यक बजेट प्रस्तुत गछौं तर हामीलाई ठोस खुराकको सट्टा केवल ललिपप दिएर भुलाइन्छ , जुन रकम एउटा भित्तो टाल्न पनि पर्याप्त हुंदैन । पारिजान यसरी उपेक्षिछ हुन्छिन् , विश्वास गर्नु गाह्रो छ । उपस्थित यहांहरु सबैको समक्ष छर्लङ्ग छ अधूरो भवन, खुराकको अभावमा पोषणको अभावमा जीर्ण बन्दै गइरहेछ । संभवन ढल्लान् पनि, के बेर ? नेपालका नेपालीहरुको हृदयमा बास गर्ने पारिजात कसरी विद्यमान सरकारी नेपालीहरुको हृदयमा बास गरेनछन् , अनौठो लाग्छ । बरु भारतीय नेपालीहरुको मनभित्रै पस्न सफल भइछन्, त्यसैले निर्माण प्रकाशन, सिक्किमबाट प्रकाशित भयो पारिजात संकलित रचनाहरु र प्रतिष्ठापित भयो सिलीगढीमा आदम कद प्रतिमा । भवन यस्तै अवस्थामा रहिरहनु अभियन्ताहरुकै मर्यादाको सवाल भयो, परिवार कै मर्यादाको सवाल भयो, टोलबासी कै मर्यादाको सवाल भयो र आगामी दिनहरुमा पनि भवन यस्तै रहिरहेको खण्डमा सरकाररुपी अभिभावकहरु कै मर्यादाको सवाल हुन आउंछ । यसैले देश विदेशमा पनि देशको नाम प्रज्वलित गर्ने यस साहित्यकार उपेक्षित नहोस् । आजको माल्यार्पण समारोह विशेष तरिकाले व्यवस्थापन गरिएको र विशेष व्यक्तित्वहरुको उपस्थितिको चाहना गरिएको पनि वहांहरुलाई झकझकाउंदै पारिजात पनि छिन है भनेर संझाउनु नै हो । अन्तमा बिहानको समयमा कति महत्वपूर्ण कार्यहरुलाई पन्छाएर यस माल्यार्पण समारोहमा साहित्यकार पारिजातको संझना फेरि एक पल्ट ताजा गर्न पाल्नु भएका समस्त महानुभवहरुमा म हार्दिक कृतज्ञता टक्राउंछु र आफ्नो मन्तब्य प्रकट गरी हामी सबैको मनमा माया, उत्साह र जोशको प्रत्याभूत गरिदिनु भएकोमा वक्ता महानुभवहरुमा पारिजात स्मति केन्द्र आभार प्रकट गर्दछ । अंगे्रजीमा भन्छन लास्ट बट नट द लिस्ट, अमृत आवासीय माध्यमिक विद्यालय परिवारले संधै खेलिआएको भूमिका र आज पनि निभाएको भूमिका जस्तै विद्यालय कै प्रांगणमा विद्यालय कै आवश्यक सरसामान तथा विद्यालय कै स्वयमं सेविकाहरु उपलब्ध गराएर ऋण लगाएका छन् , लगाउंदैछन् र आज २१ सौ समारोहसम्म पनि यो क्रम जारी छ । भवनको योजना अनुसारको हल कहिले निर्माण हुने हो र अमृत परिवारले खुशी खुशी यस दायित्व पा. स्मृ. केन्द्रलाई नै हस्तान्तरण गर्न पाउने हो, प्रतीक्षामा छन् अमृत परिवार ।  अमृत परिवारलाई पारिजात स्मृति केन्द्र हर्दिक कृतज्ञता टक्र्याउँदछ  । धन्यवाद । (श्रद्धाञ्जली कार्यक्रमा पारिजातकी बहिनी सुकन्या वाइबाले दिएको मन्तव्य)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies