Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'कठघरा' मा एक घन्टा खगेन्द्र संग्रौला

काठमाडौं, सधै जसो अखबारी लेखन मार्फत राजनीतिक नेतालाई कठघरामा उभ्याई रहने लेखक खगेन्द्र संग्रौला सोमबार शिल्पी थियटरको कठघरामा उभ्याइए । वि.स. २०२० सालबाट लेखन थालेका ७१ बर्षे संग्रौलाले आफ्नो अनुभव साझा गर्दै भने– ‘लेखक हुने जोखिमपूर्ण कुरा हो ।’ दार्जिलिङ र तेस्रो आयाम आन्दोलनबाट प्रभावित भएको बताउँने संग्रौलाले दर्शकहरुका अगाडि आफ्नो लेखन प्रवृतिका विषयमा खुलेर गफिए । सोमबार गोठाले नाटक घर शिल्पी थिएटर बत्तिसपुतलीमा दर्शक माझ उभिएका संग्रौलाले भने– ‘मेरो साहित्य तथा लेखन, समाजको पिँधमा परेका तथा सिमान्तकृतहरुको आवज हो र यो आवजको अजै प्रतिक्रिया आउनु पर्छ भन्ने छैन् । यसको मुल्यांकन समयले गर्नेछ ।’ आफ्नो लेखन, प्रगतिशिल लेखन भए पनि आफु अर्ध अराजक माक्र्सवादी भएको स्पष्ट पारे । उनले आफु कुनै पनि माक्र्सवादी फर्मामा बस्न नसक्ने जनाए । उनले आफु पार्टीको राजनीतिक फर्मामा मात्र अटाएका भए आफु प्रदिप नेपाल हुने थिए । ‘लेखनदासले पैसाका लागि लेख्छ, लेखक आलोचनाशिल हुन्छ र त्यसले राज्य र पार्टी दुवैको जोखिम उठाउनु पर्छ ।’– उनले भने । उलने विज्ञान र कलाले आदेशको अवज्ञा गर्ने बताउँदै लेखक मौरी जस्तो शिल्प भएको बताए । मौरीको उदाहरण दिँदै उनले मौरी फुलमा र ढलमा दुबैमा बसे पनि कुटको निर्माण गर्ने भएकाले लेखकको जिम्मेवारी पनि मौरीको भन्दा कम नरहेको बताए । उनले आफुले अहिलेसम्म सिमान्तकृतहरुको राजनीतिक सामाजिक मुद्धा उठाएको बताउँदै जनताका सामाजिक मुद्धाहरु जुन राजनीतिक पार्टीले उठाए पनि र छोडे पनि आफुले भने निरन्तर सामाजिक मुद्धा उठाई रहने जनाए । कार्यक्रममा संग्रौलामाथि टिप्पणी गर्नका लागि लेखक तथा आख्यानकार राजन मुकारुङ, युग पाठक तथा कवि संगित श्रोता थिए भने कार्यक्रमको सहजिकरण पाण्डुलिपीका सम्पादक दिपक सापकोटाले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies