Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रजातन्त्रका लागि लड्ने योद्धामाथि प्रजातन्त्र मास्ने शाषकको शालिक

\"shahid-gate\"काठमाडौं, देशमा प्रजातन्त्र बाहाली भएको दिन फागुन ७ लाई सरकारले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’को रुपमा मनाउने निर्णय गरेको छ । बिडम्बना ! प्रजातन्त्र ल्याउन शहिद भएका शहिदहरुको अपमान हुने गरि एक दलिय निरकुंशताका प्रतिक मानिएका राजा त्रीभुवन शाहको शालिक भने शहिदहरुको चिहानमाथि शहिदगेटमै स्थापित गरिएको छ । राज्यको कार्यपालिकाले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउने घोषणा गर्छ भने न्यायपालिका प्रजातन्त्रको घाँटी निमोठ्नेको शालिक शहिदहरुको चिहान माथिबाट हटाउन नपाइने आदेश गर्छ । भूपी शेरचनले यो देशलाई ‘हल्लैहल्ला’को देश भनेका थिए, त्यही हल्लाले अहिले प्रजातन्त्र ल्याउन नेपाली कांग्रेसको भूमिका अहम थियो भनेर पुनः स्थापीत गर्न आफ्नै सरकार भएको पालामा लागि परेको देखिन्छ । यो विषयमा कसैलाई दुई मत नै छैन कि जाहाँनिया राणा शासनको अन्त्य गर्न तथा देशमा प्रजातन्त्रको बहाली गर्न नेपाली कांग्रेसले उठाएको हतियार र नीति त्यस समयमा विद्रोहको हुँकार नै थियो ।
यो विषयमा कसैलाई दुई मत नै छैन कि जाहाँनिया राणा शासनको अन्त्य गर्न तथा देशमा प्रजातन्त्रको बहाली गर्न नेपाली कांग्रेसले उठाएको हतियार र नीति त्यस समयमा विद्रोहको हुँकार नै थियो ।
चाहे त्यो वर्तमान प्रधानमन्त्रीले गरेको विमान अपहरण होस चाहे केआई सिंहले गरेको सशस्त्र बिद्रोह । तर बागमतीमा धेरै पानि बगी सकेको छ । कांग्रेसले प्रजातन्त्रको बहालीका लागि खेलेको भुमिका विपीले निरुकुंशतासँग घाटी जोड्नेमा लगेर टुङग्याए । बहस राजतन्त्रको समुल अन्त्य अथवा निरकुंश राजतन्त्रको अन्त्य भन्ने तर्फ मोडियो । जनता फेरी निरकुंशताको चपेटामा पुर्‍यो/पारियो । राजा महेन्द्रले जनतामा दिएको अधिकार खोसे र एकतन्त्रीय शासनको सुरुवात गरे । राजा महेन्द्रबाट खोसिएको जनताको अधिकार ०४६ को जनक्रान्ति हुदै देशमा गणतन्त्र ल्याउन जनयुद्ध मार्फत दोस्रो जनक्रान्ति ०६२/०६३ सम्म पुग्यो । आफ्नो अधिकार प्रति जनता जागेको बेला मधेस आन्दोलन पनि हुन पुग्यो । अहिले मनाउन लागिएको ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ र न्यायपालिकाको निर्णय नेपाली कांग्रेसको गुमेको साख र ००७ सालको छविलाई जोगाउने उद्देश्यबाट प्रेरित देखिन्छ । किनभने मुलुकमा संविधानसभा मार्फत आएको गणतन्त्र, धर्मनिरपेक्ष, संघियता मात्र कांग्रेसले ल्याउन सक्ने बुताको र चाहानाको बिषय थिएन । त्यसको मुख्यकर्ता माओवादी थियो जसले देशलाई यहाँ सम्म ल्याई दियो र कांग्रेसको भुमिकालाई खुम्च्याई दियो । त्यसो त माओवादीको उदय र त्यसले ल्याएको तरंग एउटा निरन्तरतामा चली आएको कुलिन प्रजातन्त्रको विरुद्ध गरिएको आन्दोलन र विद्रोह थियो । माओवादी राज्यको चरित्रमा आमुल परिवर्तन गर्न चाहन्थ्यो तत्कालिन सत्ता क्रमिक विकास हुने ठान्थ्यो । त्यही क्रमिक विकासको झल्को ‘राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा बिहिबार प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा देख्न सकिन्छ । उनले राज्यको चरित्रलाई बडो सावधानी पूर्वक यसरी दर्शाएका छन्- ‘युगिन परिवर्तनको व्यवस्थापनको कुनै दु्रत मार्ग हुदैन, यसको आफ्नै स्वभाविक प्रकृति पनि हुन्छ भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ ।’ त्यसैले कुलिनहरुको प्रजातन्त्रमा रमाउन चाहने अहिलेको व्यवस्थाले मानाउने दिवस र न्यायपालिकाले गर्ने निर्णय के हो ? बुझ्न अप्ठेरो छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies