/  Thu, August 17, 2017

पूर्व राजा भन्छन्, ‘मसँग भएको सहमति कार्यान्वयन गर’

पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालीन सात दलले आफूसित गरेको समझदारी कार्यान्वयनको माग गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ–प्रजातन्त्र दिवसका अवसरमा लिखित शुभकामना सन्देश दिंदै समझदारी कार्यान्वयनको माग गरेका हुन् । तर, दलबीच भएको समझदारी के भन्ने बारे पूर्वराजा मौन छन् ।

‘तत्कालीन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझादारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपमा मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवशको सार्थकता रहन्छ ।’ उनले लिखित शुभकामना सन्देशमा भनेका छन् ।

२०६३ ११ बैशाखम तत्कालीन सात दल र आफूबीच सहमति कार्यान्वयनका लागि उनले आग्रह गरेका हुन् । त्यही बेला राजा र दलबीच सहमति पछि प्रतिनिधिसभा पुनवस्थापना भएको थियो । जनआन्दोलनकै क्रममा शाही घोषणाको आधारमा पुनस्थापित संसदले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाई प्रधानमन्त्री बनाएको थियो । कोइरालाले नारायणहिटी दरबारमा ज्ञानेन्द्रबाट नै सपथ लिएका थिए ।

त्यसयता ज्ञानेन्द्रले राजनीतिक घटनाक्रममा मुख खोलेका थिएनन् । ९ वर्षपछि उनले आफूसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन् । १५ जेठ २०६५ मा देश गणतन्त्रमा गएपछि ‘जनताको निर्णय’ भन्दै उनी नारायणहिटी छाडेर नागार्जुनको निजी निवासमा सरेका थिए । दलहरुको आग्रह अनुसार नारायणहिटी छाड्दा उनले भनेका थिए, ‘आफ्नो भूमिका जनताको चाहनामा भर पर्छ ।’

पूर्व राजा ज्ञानेन्द्रले अन्तर्वार्ताको क्रममा आफू र सात दलबीच राजसंस्थाको निरन्तरताको विषयमा सम्झौता भए पनि एमाओवादी शान्ति प्रक्रियामा आएपछि सहमति कार्यान्वयन नभएको बताउँदै आएका छन् ।
२००७ सालमा प्रजातन्त्रका लागि जग बसाउने कार्यमा पूर्वराजा त्रिभुवन, तत्कालीन सहिदहरु र आफ्नोसमेत भूमिका रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

तत्कालीन गृहमन्त्री सटौला भन्छन्, के को सहमति

तत्कालीन गृहमन्त्री एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला त्यस्तो सहमति केही नभएको दाबी गर्छन् । राजसंस्था गएकोमा असहजता भए पनि जनताको भावनालाई उनले स्वीकारेर दरबार छाडेको बताए । ‘पत्रकार सम्मेलन गरेर नै उहाँले गणतन्त्रलाई ‘जनताको घोषणा’ भन्नुभयो र सहज रुपमा नारायणहिटीबाट बाहिरिनुभयो ।’ सिटौला भन्छन् ।

आफूसँग ४५ मिनेट भेट हुँदा पूर्व राजाले गणतन्त्र स्वीकार गर्दै मुमा रत्नको भावनात्मक सम्बन्ध रहेको महेन्द्र मञ्जिल छोड्न नसक्ने मात्र बताएको जानकारी दिए । परिवर्तनलाई आत्मसात गसिकेकापछि अब राजाले सक्रिय हुन खोज्न नहुने र उक्साउनेहरु पनि चुपचाप बस्नुपर्ने सुझाव सिटौलाले दिएका छन् ।

फागुन ७ गते, २०७१ - ०१:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन...   
गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

कैलाली ।  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध...   
तिजको नयाँ गित ‘युकेको शहरमा’

तिजको नयाँ गित ‘युकेको शहरमा’

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा...   
नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको प्रस्ताव बहुमत केन्द्रीय नेताहरुले अस्वीकार...   
माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

काठमाडौं । साउन २ गतेबाट जारी नेकपा माओवादी केन्द्रको सचिवालयको बैठकले ४ हजार भन्दामाथि रहेको केन्द्रीय...   
गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले...   
बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् । बनेपा–८ स्थित...   
माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल...   
चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top