/  Fri, March 24, 2017

बुढानिलकण्ठमा अर्को क्रिकेट रंगशाला

नेपाली क्रिकेटप्रेमीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन माग गरिरहेका बेला एउटा निजी संस्थाले त्यस्तो पहल अघि बढाएको छ । नेपाल समाचारपत्रमा खबर छ–सुवर्णशमशेर अध्ययन प्रतिष्ठानले काठमाडौंको चुनिखेलमा रंगशाला बनाउने भएको हो ।

प्रतिष्ठानले ९५ रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रक्रिया अघि बढाएको हो । आगामी दुई साताभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भएको छ । प्रतिष्ठान नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणाको स्मृतिमा स्थापना भएको हो ।

सो रंगशाला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १७ गाम्चामा बन्ने भएको हो । स्थानीय भद्रकाली सामुदायिक वन उपभोक्ता समूहको स्वामित्वयमा रहेको जग्गामा रंगशाला बनाउन सरकारले स्वीकृति दिएको हो ।

गत माघ १२ गतेको मन्त्रिपरिषद् बैठकले रंगशाला बनाउने जग्गाको भोगअधिकार दिएको प्रतिष्ठानका अध्यक्ष धु्रव खड्काले जानकारी दिए । ‘सरकारले स्वीकृति दिइसक्यो अब छिट्टै रंगशाला निर्माणको प्रक्रिया अघि बढ्छ ।’ खड्काले भने, ‘यसका लागि वन समूहले पनि ठूलो सहयोग गरेको छ ।’
सरकारले पनि त्यस क्षेत्रमा रंगशाला निर्माणको लागि यसै आर्थिक वर्षको बजेटमा ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले पनि ‘शान्तिका लागि विकास’ शीर्षकमा प्रतिष्ठानलाई तीन करोड २० लाख रुपैयाँ छुट्टाउने तयारी गरेको मन्त्रालय स्रोतले जनायो । खेलकुद मन्त्रालयले पनि सोही ठाउँमा रंगशाला बनाउने आवश्यकता ठहर गर्दै सिफारिस गरेको खड्काले बताए । अपुग रकम सरकार र शुभेच्छुकबाट सहयोग हुने विश्वास उनले गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमुख चार दल–मोर्चा सहमतिः प्रदेश र संघको चुनाव अघि सीमांकन

प्रमुख चार दल–मोर्चा सहमतिः प्रदेश र संघको चुनाव अघि सीमांकन

काठमाडौं, १० चैत । प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीच विहीबार बेलुका भएको वार्ता सहमतितर्फ अघि...   
जुजुभाइले अब जिब्रो नछेड्ने, जिब्रो छेड्ने अरु को निस्केला ?

जुजुभाइले अब जिब्रो नछेड्ने, जिब्रो छेड्ने अरु को निस्केला ?

काठमाडौं, १० चैत । मध्यपुरथिमिको बोडेमा हरेक वर्ष बैशाख २ गते जिब्रो छेड्ने जात्रालाई विगत आठ वर्षदेखि...   
चीनविरोधी गतिविधि हुन नदिने प्रचण्डको प्रतिवद्धता

चीनविरोधी गतिविधि हुन नदिने प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता...   
यस्तो बन्यो एमालेको निर्वाचन ‘प्लान’

यस्तो बन्यो एमालेको निर्वाचन ‘प्लान’

काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३१ वैशाख हुने भनिएको स्थानीय तहको निर्वाचनका...   
दिल्लीबाट फर्किएर उपेन्द्र सिधै प्रचण्ड भेट्न गए

दिल्लीबाट फर्किएर उपेन्द्र सिधै प्रचण्ड भेट्न गए

काठमाडौं, १० चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र...   
वैद्यका भेरी–कर्णाली इन्चार्ज माओवादी केन्द्रमा

वैद्यका भेरी–कर्णाली इन्चार्ज माओवादी केन्द्रमा

काठमाडौं, १० चैत । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता तथा भेरी–कर्णाली इन्चार्ज धनजीत शाही...   
प्रचण्डले भने– माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा छु

प्रचण्डले भने– माओवादी आन्दोलनलाई पुर्नसंगठित गर्ने अभियानमा छु

काठमाडौं, १० चैत । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी...   
एमालेको निर्णयः सिङ्गो पार्टी स्थानीय निर्वाचनमा होम्ने

एमालेको निर्णयः सिङ्गो पार्टी स्थानीय निर्वाचनमा होम्ने

काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी होमिने भएको...   
प्रचण्ड चीन गएकै दिन चिनियाँ रक्षामन्त्री नेपाल आउने

प्रचण्ड चीन गएकै दिन चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएकै दिन छिमेकी मुलुक चीनका रक्षामन्त्री...   
भङ्गहा गाउँपालिकाको बोर्ड जलाउँदै तालाबन्दी

भङ्गहा गाउँपालिकाको बोर्ड जलाउँदै तालाबन्दी

महोत्तरी, ९ चैत । मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो महोत्तरीको भङ्गहा गाउँपालिकाको बोर्ड झिकेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top