Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भारतीय राष्ट्रपतिको नागरिक अभिनन्दन

\"pranav-mukharjee-750\"जनकपुरधाम, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आज नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रपति मुखर्जीलाई जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो । राष्ट्रपति मुखर्जीले अभिनन्दन ग्रहण गर्दै प्राचीन नगरी जनकपुरमा पाएको स्वागत सत्कारले आफू अभिभूत भएको बताए । उनले देवी सीता र राजा जनकको जन्मभूमि जनकपुर भारतका लागि आदरणीय तथा संस्कृति, ज्ञान, अन्वेषणका लागि प्रोत्साहन गरिरहेको प्रशङ्ग उल्लेख गरेका थिए । जनकपुर संसारका विद्वानको ज्ञान भूमि भएको चर्चा गर्दे राष्ट्रपति मुखर्जीले हिन्दू, बौद्ध, जैन र महावीर धर्मका लागि उर्वर सङ्गमस्थल जनकपुर साझा संस्कृतिको उहाहरण रहेको बताए । ऋग्वेदको महत्वपूर्ण खोज पनि जनकपुरमा भएको भन्दै राष्ट्रपति मुखर्जीले साझा परम्परा, समृद्धि र विरासतलाई उचाइमा पु¥याउनुपर्ने धारणा राखे । उनले भारत सरकारद्वारा जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाको निर्माण, जनकपुरको विकास, वीरगन्ज र विराटनगर प्रवेश मार्गमा आधुनिक जाँचपोस्टको निर्माण तथा पर्यटन विकास कार्ययोजनाबारे जानकारी गराउँदै यसले नेपालको व्यापार र पर्यटन क्षेत्रको विकासमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । राष्ट्रपति मुखर्जीले पूर्वज विरासतको रक्षा, प्रेम, सद्भाव, भगिनी सम्बन्ध तथा जनता र सरकारको सम्बन्धलाई परस्पर बलियो र विस्तारको प्रतिबद्धतामा पनि जोड दिए । उनले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको जीवन दर्शनले आफू प्रभावित रहेको पनि बताए । सो अवसरमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति मुखर्जीलाई स्वागत गर्दै जनकपुरको पर्यटकीय प्रवद्र्धनमा भारत सरकारको सहयोगको आग्रह गरे । उनले जनकपुरमा भारतीय सरकारद्वारा सञ्चालित योजनालगायत बहुआयामिक विकासतर्फ राष्ट्रपति मुखर्जीलाई ध्यानाकर्षण गराए । भारत र जनकपुरवासीको हृदय र मानसपटलमा अगाध स्नेहको सम्बन्ध रहेको चर्चा गर्दे उपप्रधानमन्त्री निधिले जनकपुरलाई पर्यटकीय सूचीमा सूचीकृत गरिएमा शीध्र उपलब्धि हासिल हुनसक्ने बताए । जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले राष्ट्रपति मुखर्जीलाई अभिनन्दन र नगरको साँचो प्रदान गर्दे विज्ञान प्रविधि, उद्योग व्यवसाय, ज्ञान विज्ञान तथा सांस्कृतिक, आध्यात्मिक र पर्यटन केन्द्रका दृष्टिले जनकपुरको विकासमा भारत सरकारको सहयोगको आशा व्यक्त गरे । समारोहमा राष्ट्रपति मुखर्जीको सम्मानमा मिथिला नाट्यकला परिषद्का कलाकारले ‘इएह छी हमर’ जनकपुर नामक गीतको स्वागत नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति मुखर्जीलाई वृहत्तर जनकपुर विकास परिषद् र जनकपुर उद्योग वाणिज्य सङघबाट जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरिएको थियो । यसअघि राष्ट्रपति मुखर्जी तिरहुतिया गाछी आइपुग्दा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, पर्यटनमन्त्री जीवनबहादुर शाही, सांसद , पूर्व सांसद र राजनीतिक दलका प्रतिनिधिले स्वागत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending