Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

घरमै बसेर दाँतको किरा मार्ने अचुक अस्त्र

\"dentle\"अधिकांश बालबालिकाको दाँत किराले खाएर सताउने गरेको छ । बालबालिकाले गुलियो चिज खाने भएकाले दाँतमा किरा लाग्ने गर्छ । पहिलो पटक दाँत नसाट्दै किराले खाएको छ भने दाँत उखेलेर पनि फाल्न सकिन्छ । तर एक पटक फेरिसकेको दाँतमा किरा लागेपछि भने निकै समस्या हुन्छ । दोस्रो पटक दाँत फालेपछि अर्को दाँत आउँदैन । त्यसका लागि वैकल्पिक उपाय भनेको उपचार पद्धति नै हो । दाँत दुखेपछि दाँतमा सिमेन्ट भर्ने काम पनि गर्न सकिन्छ । तर त्यो उपचार पद्धति निकै महंगो पनि हुने गर्दछ । सकभर दाँतमा किरा लाग्न नदिनका लागि बच्चाहरुको आमाबाबुले ख्याल गर्नुपर्छ । कुनै पनि गुलियो चिज अथवा दाँतमा कुनै पनि खानेकुरा अड्किन दिनु हुँदैन । त्यसका लागि कुनै पनि खानेकुरा खाएपछि दाँत राम्ररी सफा गर्नुपर्दछ । तर दाँतमा किरा लागिसकेपछि के गर्ने त ? नआत्तिनुस्, दाँतमा किरा लागेको छ भने सामान्य उपचार पद्धतिबाट पनि दाँतको किरा मार्र्न सकिन्छ । दाँत दुखेर हैरानीमा हुनुहुन्छ भने निम्न उपायहरु अपनाएर दाँतको किरा मार्न सकिन्छ । १) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । २) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । ३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४) किरा लागेको दाँतमा बरको चोप लगाएर पनि दाँतको किरा मार्न सकिन्छ । नियमित बरको चोप किराले खाएको दाँतमा लगाउनले पनि दाँतको किरा मर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: