Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

समानता सम्बन्धी बगालेको शोध अन्तराष्ट्रिय छनौटमा

काठमाडाैं, १९ कात्तिक । प्राविधिक प्रशिक्षण प्रतिष्ठान भक्तपुरको सामुदायिक विकास कार्यक्रमकी प्रशिक्षक शिव बगालेलेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशिता शिर्षकको शोध आलेख INASP को छनौटमा परेको छ । जुन आलेख जर्नल अफ ट्रेनिङ् एण्ड डेभेलप्मेण्ट को पछिल्लो अङ्क ९ भोल्युम २, २०१६०को पृष्ठ २५–३२०मा प्रकाशित गरिएको छ । विश्वभरका विभिन्न शोध आलेखहरुबाट यस वर्ष INASP ले उक्त शोध आलेखलाई आफ्नो छनोटमा पारी प्रेस रिलिज गरेको छ । बगालेका शिक्षासँग सम्बन्धित विभिन्न शोध आलेखहरु यसअघि पनि प्रकाशित भइसकेका छन् । यस्ताे छ प्रेस रिलिजमा उल्लेख गरिएको उक्त शोधको अंश लैङ्गीकता तथा लैङ्गीक भूमिकाको बुझाइ समयसँगै परिवर्तित हुन्छ साथै साँस्कृतिक तथा सामाजिक भिन्नतासँगै फरक हुन्छ । यद्यपि कुनै न कुनै तहको लैङ्गीक असमानता तथा सामाजिक वहिष्करण हरेक समाजमा विद्यमान हुन्छ । लैङ्गीक समानता तथा सामाजिक समावेशिता र यसको कार्यन्वयन निकै चुनौतीपूर्ण हुने गरेको छ । प्रशिक्षक शिव बगालेले गरेको अनुसन्धानात्मक शोध आलेख ‘प्राविधिक तथा व्यवसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता’ले नेपालका व्यवसायिक विद्यालयमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता नीतिको कार्यन्वयन कमजोर भएको उल्लेख गरेको छ । लैङ्गीक समानता तथा सामाजिक समावेशिता (जेसी) नेपालका सबै क्षेत्रमा व्यापक छलफल हुने विषय हो । नेपालको नयाँ संविधानले पनि लैङ्गीक समानता तथा सामाजिक समावेशितालाई समानुपातिक प्रतिनिधित्वको प्रावधान सहित उच्च महत्त्व दिएको छ । हालै सम्पन्न सहश्राब्दी विकास लक्ष्यले पनि लैङ्गीक समानता र वहिष्कृत समूहहरुको सम्बर्धनलाई उच्च महत्त्व दिएको थियो । दिगो विकास लक्ष्यले पनि यसलाई महत्त्व दिएको छ । यद्यपि यससम्बन्धी नियम कानुनको कार्यन्वयन भने चुनौतीपूर्ण हुने गरेको छ । प्रकाशित शोधले नेपालका व्यवसायिक विद्यालयहरुमा सुरक्षित आवास नरहेको र शौचलायको उपयुक्त सुविधा नरहेको उल्लेख गरेको छ । त्यसैगरि विद्यालयहरु अपाङ्गमैत्री पनि नपाइएको उल्लेख छ । अध्ययनमा समाविष्ट विद्यालयहरुमा ह्वील चेयर गुडाउने र्याम्प थिएन । खासगरि, लैङ्गीक समानता तथा सामाजिक समावेशिता सुनिश्चित गर्न छुट्टै भौतिक पूर्वाधार चाहिने अवस्थामा यसको कार्यन्वयन असफल रहेको शोधअध्ययनमा उल्लेख गरिएको छ । त्यसैगरि विपन्न तथा सिमान्तकृत विद्यार्थीसँग तालीमको लागि पर्याप्त पैसा नहुने गरेको पनि लेखमा उल्लेख छ । केही विद्यार्थीलाई त छात्रवृत्ती प्रदान गरिन्छ तर सबै विपन्न विद्यार्थीले पाउन सक्दैनन् । पाठ्यक्रम लैङ्गीक मैत्री नभएको साथै विभेदकारी निर्णय, नीति, योजना, ऐन, नियम तथा नियमावलीले पनि यी व्यवसायिक विद्यालयमा लैङ्गीक समानता तथा सामाजिक समावेशितामा वाधा पुर्याउने गरेको शोधमा उल्लेख छ । यो अध्ययन प्राविधिक शिक्षा तथा व्यवसायिक प्रशिक्षण परिषद अन्तर्गतका प्राविधिक विद्यालयमा शिक्षक तथा जेसी सम्पर्क व्यक्ति समेत रहेका चारजना (तीनजना महिला तथा एक पुरुष) सँगको गहन अन्तर्वार्तामा आधरित थियो । सहभागीहरुलाई लैङ्गीक समानता तथा सामाजिक समावेशितामैत्री वातावरण कायम गर्नुपर्ने लगायतका नीति नियमबारे जानकारी रहे पनि कार्यन्वयनमा चुनौती सामना गर्ने गरेको जर्नल अफ ट्रेनिङ् एण्ड डिभेलप्मेन्टमा प्रकाशित उक्त शोधआलेखमा उल्लेख छ । प्राविधिक विद्यालयमा महिला र पुरुषले रोजगारीको समान अवसर पाउँछन् र तिनीहरुलाई समान कामको लागि समान स्तरको तलब सुविधा दिइन्छ । तर अझैपनि महिला र पुरुषलाई लगाइने कामको प्रकृतिमा विभेद छ । महिलाहरुलाई दिइने काम प्रायः पारम्परिक खालको रहने गरेको छ । उदाहरणको लागि खाना पकाउनेजस्ता काममा अझै पनि प्रायः महिला नै खोजिन्छ भने सुरक्षा गार्डको काममा प्रायः पुरुष नै खोजिन्छ । हालैका वर्षहरुमा लैङ्गीक तथा सामाजिक समावेशिताको मुद्दालाई सम्बोधन गर्न थुप्रै संरचनागत तथा साङ्गठनिक परिवर्तनहरु भएका छन् । थुप्रै सकारात्मक कुराहरु पनि देखिएका छन्, जस्तै जेसी एकाइको स्थापना तथा विद्यालयहरुमा हुने विभेद र दुराचारका घटनाहरु अनुगमन गर्न जेसी अधिकृतको व्यवस्था गरिएको छ, शोध आलेखका लेखक तथा प्राविधिक शिक्षा प्रशिक्षण प्रतिष्ठान भक्तपुरको सामुदायिक विकास कार्यक्रमको प्रशिक्षक शिव बगालेले भनिन् । शोधकर्ताले विद्यालयहरुलाई थप जेसी मैत्री बनाउन शिक्षक र प्रधानाचार्यहरुको भूमिका बढाउनुपर्ने सिफारिस गरेकी छन् । (जेण्डर इक्वालीटी एण्ड सोसल इन्क्लुजन इन टेक्नीकल एण्ड भोकेशनल एजुकेशन एण्ड ट्रेनिङ्) प्राविधिक तथा व्यावसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गीक समानता तथा सामाजिक समावेशिता शिर्षकको शोध आलेख जर्नल अफ ट्रेनिङ् एण्ड डेभेलप्मेण्ट को पछिल्लो अङ्क ९ भोल्युम २, २०१६०को पृष्ठ २५–३२ मा प्रकाशित गरिएको छ । इन्टर्नेटमा यो लेख इनास्पले सहयोग गरेको जेओएल परियोजना अन्तर्गत नेपाल जर्नल्स् अनलाइन नेप्जोल (NepJOL) मा उपलब्ध छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending