Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

जनकपुरबासीको यस्तो कलात्मक अभिनन्दनपत्र मुखर्जीलाई

\"mukhargee_janakpur-750\"जनकपुर, १९ कात्तिक । जनकपुरवासीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भव्य स्वागत मात्रै गरेनन् ज्ञानज्ञुनसहितको असाध्यै कलात्मक अभिनन्दनपत्र प्रदान गरेका छन् । हेर्नुहोस् अभिनन्दनपत्र– हाम्रा विशिष्ट पाहुना महामहिम राष्ट्रपति, यहाँलाई यो पवित्र नगरी जनकपुरबासीमाझ स्वागत गर्न पाउँदा जगदम्बा सीताको यो धराधाम गदगद भएको छ । आज हामी पुनः एकपटक सीता(रामको स्वयम्भरको दृश्यलाई झल्झली सम्झिरहेका छौं । सीता स्वम्भरमा राजा दशरथलाई जनकपुरमा पाएर पाएर जनकपुर जसरी हर्षविभोर भएको थियो, आज फेरि सीताको पतिगृह देशका राष्ट्रध्यक्षलाई देखेर हामी माथिलाबासी रोमाञ्च एवम् आनन्दको भावासागरमा निमग्न भएका छौं । मैथिली परम्पराअनुसार हामी यहाँलाई भावाजलाभिषेक गर्दछौं, र यहाँमाथि भावसुमनको वर्षा गर्दछौं । छिमेकी मित्रराष्ट्रका भारतका राष्ष्ट्रप्रमुख, सम्पूर्ण मानवताको मंगलका लागि यहाँको जीवन समर्पित रहेको छ । सहअस्तित्वको सहभावनाले नै संसार बाँच्छ र बाँच्न योग्य रहन्छ भन्ने साश्वत सत्य यहाँको मन, बचन र कर्मद्वारा उद्घोषित भएको छ, जसको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौं । नेपाली जनताका घनिष्ठ मित्र महामहिम, महाकवि वाण भट्टले लोक विधेययानि हि भवन्ति चचा सि महताम भनेझैँ यहाँले जीवनपर्यन्त आफ्ना मूल्यहरुको रक्षार्थ बिघ्नका बिन्ध्याचल लाहपतिका अर्णवहरु अभिचल, धैर्य, अटल, सहास, अचल र अथक पुरषार्थसहित पार गर्दै आउनुभएको छ, हामी यहाँको स्वागत गर्न पउँदा हामी अत्यन्तै हर्षित छौं । विद्यता र ज्ञानका प्रखर प्रतिनिधि समान्ननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यहाँलाई आफैंमा एउटा विश्व विद्यालय भन्नुभएको छ । गरिबी, अशिक्षा, समाजिक असमानता, अन्धविश्वाशस, कुरीति, समाजिक विभेदजस्ता समाजिक कुरीति हटाउने दिशामा वर्तमान विश्व यहाँको चिन्तन र आलोकतिर आशातीत दृष्टिले नियाल्दछ । वर्तमान नेपाल पनि ती चिन्तन र आलोकमा आफ्नो पथ पहिल्याउँदै समान्यायिक र सम्मुन्नत नेपालका लागि पाइला अघि बढाउँदैछ । हे दूरदर्शी, स्वप्नद्रष्टा एवम् कर्मठ कर्मयोगी, सम्पूर्ण श्रृष्टिको रहस्यवीज आफ्नो छातीभित्र राख्ने जनकपुरको यो गौरवशाली ज्ञानभूमि, आर्यशक्ति सीताको लीलास्थल मात्र होइन, सम्पूर्ण भारतवर्ष आर्यवर्तको चिन्तनको केन्द्रभूमि रहेको कुरा पुराण र इतिहासबाट सिद्ध छ । सांस्कतिक एबम् एतिहासिक वैभवले सम्पन्न यो मिथिला भूमि भौतिक विकासको दृष्टिले पछि रहे पनि आध्यात्मिक सांस्कतिक र परम्पराको दृष्टिले यो जीवन्त र वैभवशाली छ । विज्ञान, प्रविधि, उद्योग, व्यवसाय, ज्ञान, सांसकतिक तथा आध्यात्मिक पर्यटन केन्द्रमा दृष्टिले अत्याधुनिक महानगरीय जीवनका सम्पूर्ण सुविधासम्पन्न नगरका रुपमा सीताको माइतीलाई विकसित गर्ने सपनाहरु युगौंदेखि यहाँका जनसमुदाय र नागरिकले साँच्दै आएका छन् । ती आशायुक्त आँखाका सपनाहरुलाई आकार दिन हामीले पूरा गर्नुपर्ने दायित्वबारे यहाँको विशाल ज्ञान, दीर्घ अनुभव र सुतिष्ण बृद्धिबाट प्रेरणा प्राप्त हुने विश्वास हामीले लिएका छौं । विश्वमंगलका लागि यहाँको अमर, आनन्दमय र कृतिमय जीवनको याचना जगन्माता सीतासँग गर्दै सम्पूर्ण मिथिलाबासीका तर्फबाट पटक(पटक यहाँको स्नेहमय आगमनका लागि हार्दिक आमन्त्रण गर्दै गणतन्त्र भारतका महामहिम राष्ट्रपतिको यस विशिष्ट आगमनका लागि हार्दिक अभिनन्दन गर्दछौं । हामी हौं मिथिलाबासीहरु, जनकपुरधाम नेपाल धन्यवाद । नमस्कार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending