Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

राष्ट्रघाति महाकाली सन्धिका हस्ताक्षरकर्ता र समर्थक थिए मुखर्जी र ओली

\"indian-president-750\"काठमाडौं, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने राजकीय भ्रमणको सन्दर्भमा काठमाडौंमा बाटो बन्द भएको र सार्वजनिक विदाको मात्रै चर्चा भयो । सामाजिक संजालमा मध्यमवर्गले विदा र बाटो अवरुद्धतालाई लिएर हंगामा मात्रै खडा गरेन, अघोषित कफ्र्यु भन्दै कोकोहोलो मच्चायो । प्रतिपक्षी एमालेका नेताहरुले प्रचण्ड सरकारले जनतालाई सास्ती नहोस् भन्दै दिएको एक दिने विदालाई झिनो स्वरमा विरोध गरेपनि उनका ओली पक्षिय कार्यकर्ताको चर्को स्वर यति खपिनसक्नु भयो कि स्वतन्त्र मानिसहरु सामाजिक संजालमा प्रवेश गर्न समेत डराए । आफ्नै दलबाट राष्ट्रपति निर्बाचित विद्यादेवि भण्डारीको आग्रहमा प्रचण्ड सरकारले विदा दिएको कुरा खासै प्राथामिकतामा परेन नै । यसअघिका भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाली प्रधानमन्त्री, चीनका प्रधानमन्त्रीको समयमा भएको बाटो अवरुद्दताभन्दा व्यवस्थित र गर्दा समेत उनीहरु संजालमा चर्को आलोचना गर्न छोडेनन् । कुनै अर्को देशको राष्ट्रप्रमुख आउँदा सार्वजनिक विदा दिने र बाटो खाली गराउने दक्षिण एशियाली सँस्कार र परिपार्टीलाई तिनले नबुझेको भन्दा पनि ओलीप्रभावित संजाल कर्ताको नियोजित कार्य नै थियो भन्न सकिन्छ । \"prsedent-of-indian-750\"याँहा अर्को सन्दर्भ पनि आवश्यक चर्चामा आएन । त्या के थियो भने राष्ट्रवादको चर्को भाषण गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुखर्जीलाई व्याग्यात्मक रुपमा ‘जोगी’को संग्या दिएका थिए । तर इतिहासले मुखर्जी र ओलीको विशेष सम्बन्ध रहेको तथ्य खुलस्त पार्छ । उनै मुखर्जी र ओलीबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकाजमा आयोजना गरेको रात्रिभोजमा विहिबार साँझ भेट भयो । नेपालमा राष्ट्रघाति सम्झौताको रुपमा चर्चित महाकालि सन्धिका पहिलो हस्ताक्षरकर्ता यिनै मुखर्जी हुन् भने नेपालको तर्फबाट सन्धिका पक्षमा सबैभन्दा कट्टर समर्थक र आफ्नै पार्टी टुक्र्याएर भएपनि सन्धि नगरी नछोड्ने पक्षमा रहेको यिनै अहिले कथित राष्ट्रवादको खोल ओडेका एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । भारतीय राष्ट्रपति मुखर्जीले उहि सम्बन्धको हार्दिकतासहितको ओलीसँगको फोटो सार्वजनिक गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तस्वीर सार्वजनिक गरेपछि इतिहासमा यी दुई पात्रको भूमिकाको स्मरण गरे कतिपयले । यो इतिहासको घटना थियो– राष्ट्रघाती महाकाली सन्धी । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको राष्ट्रघाती टनकपुर सम्झौताकै कडीमा रुपमा भएको महाकाली सन्धी पारित गराउन मुखर्जी र ओलीको अहम् भूमिका थियो । २०५१ को मध्यावधि निर्वाचनपछि गठित नेकपा एमालेको अल्पमतको सरकार नौ महिनामै विघटन भयो । एमाले सरकार विघटनसँगै शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको गठबन्धन सरकार बन्यो । प्रधानमन्त्री देउवाको पालामा नेपाल–भारतबीच ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’मा हस्ताक्षर भयो । २०५२ माघ १५ ९१९९६ जनवरी २९० गते परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षरित सन्धिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरे । त्यतिखेर पनि ओली महाकाली सन्धीको पक्षमा खुलेरै वकालत गरिरहेका हुन्थे । वामदेव गौतमहरु भने यसको पुरै विपक्षमा थिए । पछि यही कारण गौतमले पार्टी फुटाएर नेकपा ९माले० समेत गठन गरे । मुखर्जीले परराष्ट्रस्तरमा गरेको हस्ताक्षरको सन्धी पछि गएर २०५२ माघ २९ ९१९९६ फेब्रुअरी १२०का दिन नयाँ दिल्लीमा महाकाली सन्धिमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पी।भी। नरसिंह रावले हस्ताक्षर गरे । नेपालको हितविपरीतको महाकाली सन्धि सत्तारुढ नेपाली काँग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण समर्थनमा २०५३ असोज ४ गते तत्कालीन संसद्को दुईतिहाइ बहुमतबाट पारित भयो । द्वारिका होटलमा भेटिएका यी दुई पात्र अहिले भने बिल्कुल फरक भूमिकामा छन् । मुखर्जी भारतको राष्ट्रपति बनेका छन् । ओली भने अहिले एमालेका अध्यक्ष । अचम्म के छ भने ओली अहिले पक्का राष्ट्रवादी बनेका छन् । यतातिर राष्ट्रवादी संजालकर्ताको खोइ त खबरदारी ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies