Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पर्यटक लोभ्याउँदै चम्पादेवी डाँडा

\"champadevi-750\"काठमाडौँ, १९ कात्तिक । पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् । डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । उपत्यकाको महत्वपूर्ण पदमार्ग चम्पादेवीमा खासगरी बिदाको दिन धेरै आन्तरिक पर्यटक पुग्ने गर्दछन् । दृश्यावलोकनका लागि कात्तिक र मङ्सिर उपयुक्त समय भएकाले स्वदेशी तथा विदेशी पर्यटक बढेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन समितिका अध्यक्ष जनक तामाङले जानकारी दिए । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य भएकाले यो मौसममा बढी चहलपहल बाक्लिएको उनले बताए । यता भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण भएपछि चम्पादेवीको आकर्षण बढेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुरातत्व विभागको रु आठ लाख सहयोगमा पुनःनिर्माण गरिएको हो । मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ । यसैबीच धार्मिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा पर्ने चम्पादेवी ऐतिहासिक पार्कको निर्माणको पहिलो चरणको काम सम्पन्न गरिएको छ । सहरी विकास मन्त्रालय जल तथा वातावरण संरक्षण कोषको करिब ६० लाख रुपैयाँको सहयोगमा उक्त पार्क सिमेन्टको पक्की पर्खालले घेरिएको अध्यक्ष जनक तामाङले बताए । ५० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कको दोस्रो चरणको काम छठलगत्तै सुरु हुने उनले जानकारी दिए । सहरी विकास मन्त्रालय भवन निर्माणको ३० करोड रुपैयाँको लागतमा सात वर्षभित्र निर्माण सकिने र त्यसका लागि अहिले गुरुयोजना बनाइँदै गरेको समितिले जनाएको छ । उक्त पार्कभित्र स्वीमिङ पुल, हनुमानको मूर्ति, शिव पार्वती, बुद्धको मूर्ति, वनभोज स्थल, सानो चिडियाघर र पानीका धारा निर्माण हुनेछन् । पुरातात्विक मन्दिरको पुनःनिर्माण, चम्पादेवी पार्क तथा रमणीय दृश्यावलोकनको आकर्षण आन्तरिक पर्यटक बढेको कीर्तिपुर पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending