Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सुनसरीका पचासभन्दा बढी विद्यालयका प्रअ अयोग्य

\"Teacher\"इनरुवा, १९ कात्तिक । सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीले गुनासो गरेका हुन् । शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रअ नै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । शिक्षाजस्तो संवेदनशील र देश विकासको मेरुदण्ड मानिएको क्षेत्रमा काम गर्ने कर्मचारी नै अयोग्य भएपछि देशको अवस्था कस्तो हुन्छ होला भन्ने कुरा सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो रहेको छ । शिक्षा मन्त्रालयले २०७० को साउनमा नै माध्यमिक तहको प्रअको योग्यता स्नातकोेत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने निर्देशन जारी गरेको भएपनि सुनसरीमा अधिकांश प्रअ कम योग्यता भएका पाइएको छ । क्षेत्रीय शिक्षा निर्देशानालय, धनकुटाले दुई वर्षअगाडि नै एक वर्षभित्र योग्यता पुगेका प्रअलाई जिम्मेवारी दिने र अयोग्यलाई व्यवस्थापन गर्ने भनिएपनि त्यसको कार्यान्वयन नभएको कारण अयोग्य प्रअको जमात बढ्दै गएको स्थानीयवासी बोधनारायण मेहताले गुनासो पोखे । सुनसरीको राष्ट्रिय मावि लौकहीका प्रअ धनिलाल यादव, राष्ट्रिय मावि सोभनपुरका देवनारायण साह लगायतका ५० भन्दा बढी विद्यालयका प्रअ कम योग्यताका रहेका छन् । कतिपय विद्यालयका प्रअ प्रावि र निमावि तहका छन् भने कति अस्थायी, राहत कोटामा कार्यरत र स्नातक तहसमेत उत्तीर्ण नगरेका रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । यस्तो अवस्था प्रायः निमाविबाट मावि भएका विद्यालयमा रहेको कार्यालयले जनाएको छ । शिक्षामा जति नै लगानी गरे पनि समस्या भने जस्ताको तस्तै रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending