Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भेटीले मात्र प्रदेश धान्न सकिँदैन : पूर्वमन्त्री यादव

[caption id=\"attachment_99747\" align=\"aligncenter\" width=\"523\"]\"harinaran-yadhava-750\" हरिनारायण यादव, पूर्व कृषिमन्त्री[/caption] महोत्तरी, १८ कात्तिक । जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन् । पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आएका पूर्व कृषिमन्त्री यादवले सङ्घीयताअनुसार कायम भएको दुई नम्बर प्रदेशमा वन, जङ्गल, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतका आम्दानीका स्रोत नभएकाले यस क्षेत्रका प्रमुख स्थल मानिने जनकपुरस्थित जानकी मन्दिरबाट प्राप्त हुने आम्दानीले मात्र यो प्रदेशलाई धान्न नसकिने बताए । आफुहरुले जनसङ्ख्याका आधारमा प्रदेश गठन गरिनुपर्ने माग गर्दै आएकाले तराईमा दुई प्रदेश आवश्यक रहेको उनले प्रतिक्रिया दिए । एक अर्को प्रसङ्गमा यादवले आफूहरुको आन्दोलन मधेस मुक्तिका लागि मात्र नभई देशका सम्पूर्ण आदिवासी, जनजाति, मुस्लिम, पिछिडिएको हरेक समुदायको संविधानमा समान हकअधिकार स्थापित गराउनका लागि रहेको बताए । सो हकअधिकार संविधानलाई संशोधन गरी उनीहरुको माग पूरा गरिनुपर्ने अतिआवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्रीको चुनावपूर्व भएको सम्झौताअनुरुप छठसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिई नयाँ शिराबाट आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । त्यस्तै, सोही कार्यक्रमबीच पूर्वसभासद् एवम् केन्द्रीय सदस्य कौशलकुमार यादवले सरकारले नै मधेसीमाथि विभेद गर्दा आफूहरु आन्दोलनमा उत्रेको बताए । आफूहरुको यो लडाइँ कुनै व्यक्तिगत, जातिगत, सामाजिक स्वार्थका लागि नभई भावी पुस्ताले गर्वका साथ आफू मधेसी सन्तान भएको पहिचान दिलाउनका लागि भएको धारणा नेता यादवले राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending