Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मुखर्जीको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

\"pranab-mukharjee-750\"पोखरा, १८ कात्तिक । अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ । भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन् । “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उनले भने, “नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो ।” राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपतिको आगमन यहाँको पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण अवसर भएको पर्यटन सम्बद्ध व्यक्तिको धारणा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा पोखरा आगमन हुने विषयले स्वभावतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि स्थान पाउने बताए । “राष्ट्रपतिको आगमनसँगै पोखरा अति विशिष्ट दर्जाका व्यक्तिको भ्रमण स्थलसमेत हो भन्ने कुरालाई चरितार्थ गर्दछ,” थापाले भने, “यस भ्रमणसँगै पोखराले विश्वका विशिष्ट पाहुनालाई समेत आकर्षित गर्नुका साथै पोखरा पर्यटनको सुरक्षित गन्तव्य भएको कुरालाई स्वतःस्फूर्त रुपमा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनेछ ।” सांस्कृतिक, भौगोलिक लगायतका विविध कारणले युगौँदेखि मित्रवत् सम्बन्ध रहेको मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली मुखर्जीको पोखरा भ्रमण सम्पूर्ण पर्यटन व्यवसायीका लागि सुखद् पक्ष भएको धारणा राख्छन् । भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि मुखर्जीको भ्रमणको कार्यक्रम रहनुले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पराजुलीले बताए । अत्यन्त अनुकूल मौसमको समयमा हुन लागेको भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको कार्यक्रमले विश्वका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत आकर्षित गर्ने बताउँदै उनले भ्रमणसँगै अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending