Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

हुल्याहा र छुल्याहाहरुलाई !

२ दिन अघि मात्र हो मैले तिहारको शुभकामना दिएको। दिपावलीले घर आँगन मात्र होइन हाम्रा मन मस्तिस्कबाट पनि अन्ध्यारोको अन्त्य गरोस् भन्ने कामना ब्यक्त गरेको । तर दिपावलीको दियो नसेलाउँदै कथित नव राष्ट्रवादीले देशकै अपमान गरेको देखियो । दिपावलीले आफुभित्रको अन्ध्यारो २० को १९ नगरेको प्रमाणित गरियो । सन्दर्भ हो भारतका राष्ट्रपतीको नेपाल भ्रमण । भारतका राष्ट्रपती नेपाल आउने दिन दिइएको बिदाका बारेमा असाध्यै रोइलो सुनियो । त्यो बिदा कति उपयुक्त थियो या थिएन त्यो आफ्नो ठाउमा छ । पुरै देश भरि बिदा नदिएर काठमाण्डौभित्र मात्रै बिदा दिएको पनि हुने थियो भन्ने अर्को तर्क पनि छ । तर भिभिआइपिको सुरक्षा सतर्कता र ब्यवस्था मिलाउन दीइएको बिदा सर्सर्ती हेर्दा अनुपयुक्त लाग्दैन ।
के निहु पाउँ, कनिका बुक्क्याउ भने झैँ बिरोधका लागि बिरोध गर्ने धुन्धकारीहरुसँग त कसैको केही लाग्दैन
[caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"]\"madan_mainali\" लेखक[/caption] अरु बिकशित देशहरुमापनि आफ्नो देशमा उच्चस्तरिय भ्रमण हुँदा सुरक्षा सम्बेदनशिलताका कारण अनि सम्मानार्थ पनि बिदा दिने चलन रहेको पाईन्छ । नेपालमै यसअघी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउँदा काठमान्डौमा दुई दिन बिदा दीइएकै हो । के निहु पाउँ, कनिका बुक्क्याउ भने झैँ बिरोधका लागि बिरोध गर्ने धुन्धकारीहरुसँग त कसैको केही लाग्दैन । तर यो बिदा दुई कारणले उपयुक्त थियो भन्न सकिन्छ, अन्तराष्ट्रिय जगतमा नेपालको सुरक्षा प्रणाली सम्बन्धी संसय आज पर्यन्त रहिनै रहेको छ । भलै उच्चस्तरिय भ्रमणका बेला अवान्छित घटना दुर्घटना भएका छैनन । तर अस्थिर राजनीतिका कारण ढुक्क भएर उच्चस्तरिय भ्रमणमा आउने शायद कोही छैन । त्यसैले पनि बरु एकदिन बिदा गरेर राम्रो प्रवन्ध मिलाउन सरकारले चालेको कदमलाई अपव्याख्या गर्नेहरु हुल्याहा र छुल्याहाहरु नै हुन । किनभने ति हुल्याहा छुल्याहाहरुको कुनै जिम्मेवारी छैन/ हुँदैन । यिनलाई २ वटा कुरा ओकल्दिय भैगयो । तर जिम्मा लिएको ठाउँमा बसेर हेर्ने हो भने भारतीय राष्ट्रपतीको नेपाल भ्रमण दुइ देश बिच खल्बलिएको सम्बन्ध सुधार्ने एक ठुलो चुनौती र ऐतिहसिक अवसर हो । भारतले गरेको अघोषित नाकाबन्धीबाट रिसाएका नेपालीको बिचमा नाकाबन्धी गरि जनजीवन अस्तब्यस्त बनाइदिने देशका राष्ट्रप्रमुख आउँदा बिरोधहुनु स्वभाविक हो । तर त्यसो भन्दैमा आजीवन अब भारतसँग शत्रुता मोलिराख्ने वा झगडा गरिराख्ने कुरो पनि भएन । सक्ने कुरो पनि होइन । यस्तो अवस्थामा हुल्याहाहरुको हुलले छुल्याहाहरुको छलले साना तिना घटना दुर्घटना गराउन सक्ने सम्भावना पनि थियो । बिदा नदिएको भए आ आफ्ना काममा सबै निस्कनु पर्ने नै हुन्थ्यो । साथै भीडभाड पनि हुने थियो । भीडभाडमा छिरेर हुल्याहाहरुलाई हुलदंगा मच्चाउन सजिलो हुने थियो । यदि यसरी उच्चस्तरिय भ्रमणका बेला केहि अनपेक्षित हुलदंगा भएको भए संसार सामु नेपालको मेटिदै गरेको नराम्रो छाप फेरी जान सक्थ्यो । अरु देशहरुले पनि भ्रमणमा आउने र कुटनितिक सम्बन्धका बारेमा अवश्यपनी फेरी एकपटक सोच्ने अवस्था आउने पक्का थियो । यसर्थ यो भ्रमण सफल पार्नु एउटा चुनौती हो ।
आफ्नो राष्ट्रियता र सार्वभौमिकतामा आँच नआउने गरी भारतीय राष्ट्रपतिको यो भ्रमणलाई अवसरका रुपमा उपयोग गर्न सकियो भने नेपाल र नेपाली जनताकै हित हुने निश्चित छ
दुई देश बीच खल्बलिएको सम्बन्ध सुधार्ने हिसाबले यो भ्रमण फेरी एउटा ऐतिहासिक अवसर पनि हो । किनभने नेपाली पक्ष बाट पटक पटक भरतको उच्चस्तरिय भ्रमण भैसकेको छ । तर नाकाबन्धी पछि भारतीय पक्षबाट भएको यो पहिलो उच्चस्तरिय नेपाल भ्रमण हो । यस अवसरलाई सहि सदुपयोग गर्न सकियो भने दुई देश बिचको तिक्तता क्रमशः कम हुदै जाने छ । साथि फेर्न सकिन्छ । छिमेकी सकिन्न भने जस्तै नेपाल र भारत बिचको आर्थिक सामाजिक साँस्कृतिक निकटताले गर्दा पनि दुई देश धेरै समय तिक्तता वा मनमुटावमा रहन सक्दैनन, रहन हुँदैन । यसबाट धेरै घाटा नेपाललाई नै हुनेहुन्छ । आफ्नो राष्ट्रियता र सार्वभौमिकतामा आँच नआउने गरी भारतीय राष्ट्रपतिको यो भ्रमणलाई अवसरका रुपमा उपयोग गर्न सकियो भने नेपाल र नेपाली जनताकै हित हुने निश्चित छ । कसैले माने पनि नमाने पनि भारत भनेको एउटा उदाउदो शक्ती राष्ट्र हो । यसको अर्थ हामी उसको अगाडि लत्रिनु पर्छ भन्ने कदापी होइन । तर पहाडमा कुहिनो ठोकेर पहाड पल्टाउछु भन्नु चै मुर्खता हो । हामी माथि उसले गरेको अत्याचारका बारे अन्तरास्ट्रिय रुपमा राजनीतिक कुटनीतिक पहल कदमी लिन पहिले हामी आफैले आफुलाई तयार पार्नु पर्दछ । यसरि हुल्हुज्जत छलछाम गरेर हामीले सक्दैनौ  । यस्तो कुरामा भारत हामी भन्दा धेरै अघि छ । अर्को कुरो नेपालीहरुको दोश्रो ठुलो चाड तिहार सकिएको दोश्रो दिन नै भारतीय राष्ट्रपतिको भ्रमण तय थियो । उक्त दिन बिदा हुँदा चाड मान्न टाढा टाढा गएकाहरुलाई पक्कै पनि केहि राहत् अवश्य दिएको छ । तिहारको भोलिपल्टै खुल्ने कार्यालयहरु हुन् वा ब्यापार व्यवसाय वा बिद्यालय ।
हाम्रा सोचाईका सिमाहरु अलि फराकिलो हुन आवश्यक छ
एक दिन थप छुट्टी हुँदा सबैलाई फर्कने पर्याप्त समय पनि प्राप्त भयो । नत्र हतार हतार गरेर टिकाकै दिन फर्कनु पर्ने हुँदा केहि खल्लो पन पनि हुन जाने हुन्थ्यो । हुन त यो भ्रमणले परिआएको बिदा हो तर चाडवाड सकेर भोलिपल्ट एकदिन बिदा दिनु अनुपयुक्त होइन । बरु अरु खुद्रामसिना बिदा कटौती गर्ने तर चाडवाड सकेको भोलिपल्ट एक दिन बिदा दिने कुरामा सायद् कसैको पनि दुई मत नहोला  । भ्रमणका लागि काठामान्डौ उपत्यकामा मात्र बिदा दिदा पनि हुने भए पनि देश भरिनै बिदा दीइएको पनि सायद यहि कारणले हो । त्यसैले हरेक चिजलाई नकारात्मक तरिकाले हेर्ने भन्दा अलिकती कमनसेन्स प्रयोग गरेर हेर्ने बोल्ने बानी बसाल्नु आवश्यक छ । बिरोधका लागि बिरोध, चर्चाका लागि बिरोध हनिकारक छ । हामी ईन्टरनेट अनि सामाजिक संजालमा पहुँच भएकाहरु देश बिदेशका घटनाक्रमहरुसँग छिन छिनमै सुचित भैरहेका हुदैछौँ । यसर्थ हाम्रा सोचाईका सिमाहरु अलि फराकिलो हुन आवश्यक छ । अमेरिका बसेर पनि सोचाइको स्थर अन्धकारयुक्त, युरोप बसेर पनि उदासिन, अस्ट्रेलिया बसेर पनि अस्थिर । खाडी बसेर पनि खाली भएर करोडौ रुपैयाँ पैसा कमाएर रुपमा सुटेड बुटेड अवश्य देखिएला तर सारमा त्यसको कुनै अर्थ रहँदैन । नेपाल पैसा नभएर बिकास नभएको होइन ्र रचनात्मक एवं सकारात्मक गिदिहरु नभएका बरावर भएर हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending