Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हुल्याहा र छुल्याहाहरुलाई !

२ दिन अघि मात्र हो मैले तिहारको शुभकामना दिएको। दिपावलीले घर आँगन मात्र होइन हाम्रा मन मस्तिस्कबाट पनि अन्ध्यारोको अन्त्य गरोस् भन्ने कामना ब्यक्त गरेको । तर दिपावलीको दियो नसेलाउँदै कथित नव राष्ट्रवादीले देशकै अपमान गरेको देखियो । दिपावलीले आफुभित्रको अन्ध्यारो २० को १९ नगरेको प्रमाणित गरियो । सन्दर्भ हो भारतका राष्ट्रपतीको नेपाल भ्रमण । भारतका राष्ट्रपती नेपाल आउने दिन दिइएको बिदाका बारेमा असाध्यै रोइलो सुनियो । त्यो बिदा कति उपयुक्त थियो या थिएन त्यो आफ्नो ठाउमा छ । पुरै देश भरि बिदा नदिएर काठमाण्डौभित्र मात्रै बिदा दिएको पनि हुने थियो भन्ने अर्को तर्क पनि छ । तर भिभिआइपिको सुरक्षा सतर्कता र ब्यवस्था मिलाउन दीइएको बिदा सर्सर्ती हेर्दा अनुपयुक्त लाग्दैन ।
के निहु पाउँ, कनिका बुक्क्याउ भने झैँ बिरोधका लागि बिरोध गर्ने धुन्धकारीहरुसँग त कसैको केही लाग्दैन
[caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"]\"madan_mainali\" लेखक[/caption] अरु बिकशित देशहरुमापनि आफ्नो देशमा उच्चस्तरिय भ्रमण हुँदा सुरक्षा सम्बेदनशिलताका कारण अनि सम्मानार्थ पनि बिदा दिने चलन रहेको पाईन्छ । नेपालमै यसअघी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउँदा काठमान्डौमा दुई दिन बिदा दीइएकै हो । के निहु पाउँ, कनिका बुक्क्याउ भने झैँ बिरोधका लागि बिरोध गर्ने धुन्धकारीहरुसँग त कसैको केही लाग्दैन । तर यो बिदा दुई कारणले उपयुक्त थियो भन्न सकिन्छ, अन्तराष्ट्रिय जगतमा नेपालको सुरक्षा प्रणाली सम्बन्धी संसय आज पर्यन्त रहिनै रहेको छ । भलै उच्चस्तरिय भ्रमणका बेला अवान्छित घटना दुर्घटना भएका छैनन । तर अस्थिर राजनीतिका कारण ढुक्क भएर उच्चस्तरिय भ्रमणमा आउने शायद कोही छैन । त्यसैले पनि बरु एकदिन बिदा गरेर राम्रो प्रवन्ध मिलाउन सरकारले चालेको कदमलाई अपव्याख्या गर्नेहरु हुल्याहा र छुल्याहाहरु नै हुन । किनभने ति हुल्याहा छुल्याहाहरुको कुनै जिम्मेवारी छैन/ हुँदैन । यिनलाई २ वटा कुरा ओकल्दिय भैगयो । तर जिम्मा लिएको ठाउँमा बसेर हेर्ने हो भने भारतीय राष्ट्रपतीको नेपाल भ्रमण दुइ देश बिच खल्बलिएको सम्बन्ध सुधार्ने एक ठुलो चुनौती र ऐतिहसिक अवसर हो । भारतले गरेको अघोषित नाकाबन्धीबाट रिसाएका नेपालीको बिचमा नाकाबन्धी गरि जनजीवन अस्तब्यस्त बनाइदिने देशका राष्ट्रप्रमुख आउँदा बिरोधहुनु स्वभाविक हो । तर त्यसो भन्दैमा आजीवन अब भारतसँग शत्रुता मोलिराख्ने वा झगडा गरिराख्ने कुरो पनि भएन । सक्ने कुरो पनि होइन । यस्तो अवस्थामा हुल्याहाहरुको हुलले छुल्याहाहरुको छलले साना तिना घटना दुर्घटना गराउन सक्ने सम्भावना पनि थियो । बिदा नदिएको भए आ आफ्ना काममा सबै निस्कनु पर्ने नै हुन्थ्यो । साथै भीडभाड पनि हुने थियो । भीडभाडमा छिरेर हुल्याहाहरुलाई हुलदंगा मच्चाउन सजिलो हुने थियो । यदि यसरी उच्चस्तरिय भ्रमणका बेला केहि अनपेक्षित हुलदंगा भएको भए संसार सामु नेपालको मेटिदै गरेको नराम्रो छाप फेरी जान सक्थ्यो । अरु देशहरुले पनि भ्रमणमा आउने र कुटनितिक सम्बन्धका बारेमा अवश्यपनी फेरी एकपटक सोच्ने अवस्था आउने पक्का थियो । यसर्थ यो भ्रमण सफल पार्नु एउटा चुनौती हो ।
आफ्नो राष्ट्रियता र सार्वभौमिकतामा आँच नआउने गरी भारतीय राष्ट्रपतिको यो भ्रमणलाई अवसरका रुपमा उपयोग गर्न सकियो भने नेपाल र नेपाली जनताकै हित हुने निश्चित छ
दुई देश बीच खल्बलिएको सम्बन्ध सुधार्ने हिसाबले यो भ्रमण फेरी एउटा ऐतिहासिक अवसर पनि हो । किनभने नेपाली पक्ष बाट पटक पटक भरतको उच्चस्तरिय भ्रमण भैसकेको छ । तर नाकाबन्धी पछि भारतीय पक्षबाट भएको यो पहिलो उच्चस्तरिय नेपाल भ्रमण हो । यस अवसरलाई सहि सदुपयोग गर्न सकियो भने दुई देश बिचको तिक्तता क्रमशः कम हुदै जाने छ । साथि फेर्न सकिन्छ । छिमेकी सकिन्न भने जस्तै नेपाल र भारत बिचको आर्थिक सामाजिक साँस्कृतिक निकटताले गर्दा पनि दुई देश धेरै समय तिक्तता वा मनमुटावमा रहन सक्दैनन, रहन हुँदैन । यसबाट धेरै घाटा नेपाललाई नै हुनेहुन्छ । आफ्नो राष्ट्रियता र सार्वभौमिकतामा आँच नआउने गरी भारतीय राष्ट्रपतिको यो भ्रमणलाई अवसरका रुपमा उपयोग गर्न सकियो भने नेपाल र नेपाली जनताकै हित हुने निश्चित छ । कसैले माने पनि नमाने पनि भारत भनेको एउटा उदाउदो शक्ती राष्ट्र हो । यसको अर्थ हामी उसको अगाडि लत्रिनु पर्छ भन्ने कदापी होइन । तर पहाडमा कुहिनो ठोकेर पहाड पल्टाउछु भन्नु चै मुर्खता हो । हामी माथि उसले गरेको अत्याचारका बारे अन्तरास्ट्रिय रुपमा राजनीतिक कुटनीतिक पहल कदमी लिन पहिले हामी आफैले आफुलाई तयार पार्नु पर्दछ । यसरि हुल्हुज्जत छलछाम गरेर हामीले सक्दैनौ  । यस्तो कुरामा भारत हामी भन्दा धेरै अघि छ । अर्को कुरो नेपालीहरुको दोश्रो ठुलो चाड तिहार सकिएको दोश्रो दिन नै भारतीय राष्ट्रपतिको भ्रमण तय थियो । उक्त दिन बिदा हुँदा चाड मान्न टाढा टाढा गएकाहरुलाई पक्कै पनि केहि राहत् अवश्य दिएको छ । तिहारको भोलिपल्टै खुल्ने कार्यालयहरु हुन् वा ब्यापार व्यवसाय वा बिद्यालय ।
हाम्रा सोचाईका सिमाहरु अलि फराकिलो हुन आवश्यक छ
एक दिन थप छुट्टी हुँदा सबैलाई फर्कने पर्याप्त समय पनि प्राप्त भयो । नत्र हतार हतार गरेर टिकाकै दिन फर्कनु पर्ने हुँदा केहि खल्लो पन पनि हुन जाने हुन्थ्यो । हुन त यो भ्रमणले परिआएको बिदा हो तर चाडवाड सकेर भोलिपल्ट एकदिन बिदा दिनु अनुपयुक्त होइन । बरु अरु खुद्रामसिना बिदा कटौती गर्ने तर चाडवाड सकेको भोलिपल्ट एक दिन बिदा दिने कुरामा सायद् कसैको पनि दुई मत नहोला  । भ्रमणका लागि काठामान्डौ उपत्यकामा मात्र बिदा दिदा पनि हुने भए पनि देश भरिनै बिदा दीइएको पनि सायद यहि कारणले हो । त्यसैले हरेक चिजलाई नकारात्मक तरिकाले हेर्ने भन्दा अलिकती कमनसेन्स प्रयोग गरेर हेर्ने बोल्ने बानी बसाल्नु आवश्यक छ । बिरोधका लागि बिरोध, चर्चाका लागि बिरोध हनिकारक छ । हामी ईन्टरनेट अनि सामाजिक संजालमा पहुँच भएकाहरु देश बिदेशका घटनाक्रमहरुसँग छिन छिनमै सुचित भैरहेका हुदैछौँ । यसर्थ हाम्रा सोचाईका सिमाहरु अलि फराकिलो हुन आवश्यक छ । अमेरिका बसेर पनि सोचाइको स्थर अन्धकारयुक्त, युरोप बसेर पनि उदासिन, अस्ट्रेलिया बसेर पनि अस्थिर । खाडी बसेर पनि खाली भएर करोडौ रुपैयाँ पैसा कमाएर रुपमा सुटेड बुटेड अवश्य देखिएला तर सारमा त्यसको कुनै अर्थ रहँदैन । नेपाल पैसा नभएर बिकास नभएको होइन ्र रचनात्मक एवं सकारात्मक गिदिहरु नभएका बरावर भएर हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending