Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मुखर्जीलाई सेनाको हवाई गस्ती

\"helicoptor-750\"काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरेर काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष विमानबाट राष्ट्रपति मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै नेपाली सेनाको हेलिकप्टरले उनको सवारी हुने रुटमा हवाइ गस्ती शुरु गरेको हो। नेपाली सेनाले हवाई, स्थल, तैनाथ, सिभिल लगायत विभिन्न क्षेत्रको प्रकृतिजन्य अवस्था हेरी सुरक्षा व्यवस्था मिलाएको छ। राष्ट्रपति मुखर्जीको विशेष विमान अवतरणका क्रममा केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय विमान सेवा पनि बन्द गरियो। त्यसैगरी राष्ट्रपति मुखर्जी सहभागी हुने कार्यक्रमस्थल र होटलमा पनि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतको संयोजकत्वमा गठन भएको राष्ट्रपति प्रवण मुखर्जीको सुरक्षा संयन्त्रले गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा सुरक्षाको प्रबन्ध मिलाएको हो। नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको सहकार्यमा नेपाली सेनाले भारतीय राष्टपति मुखर्जीको सुरक्षा प्रबन्धको नेतृत्व गरेको हो। आवश्यकता अनुसार कारगेट सुरक्षार्थ हवाई, सवारी, स्टाण्डवाई र सादा पोशाकका सुरक्षा अधिकारी परिचालन गरी राष्टपति मुखर्जीको उच्च एवं यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको नेपाली सेनाको सचिवालयले जनाएको छ। १८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा हुने सवारीमा पनि उच्च सुरक्षा सर्तकता अपनाइएको छ। राष्ट्रपति मुखर्जीको कार्गेट सञ्चालनमा सुरक्षा निकायले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको नेपाली सेनाले जनाएको छ। सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङका साथै सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ। त्यसैगरी सवारीको सबै रुटमा आवश्यकता अनुसार हवाई गस्ती पनि गरिएको छ। राष्ट्रपति मुखर्जीको सवारीका क्रममा राजधानीका विभिन्न सडक खाली पारिएको छ भने सडक पेटीमा हिड्ने पैदलयात्रुलाई पनि रोक लगाइएको छ। राष्ट्रपति मुखर्जीको सवारी हुने रुटमा सार्वजनिक यातायात आवागमन बन्द हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ। मुखर्जीको तीन दिने नेपाल बसाइका क्रममा उपत्यकाका मुख्य र अधिकांश सडकहरु प्रभावित हुने छन्। सवारी व्यवस्थापनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भन्दै सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। यसैबीच, राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने भनिएको जनकपुर र पोखराको समेत अन्तिम सुरक्षा अनुगमन तथा निरीक्षण समेत सकिएको सेनाले जनाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending