Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय राष्ट्रपति आज आउँदै, यस्तो छ नेपालको तालिका

\"Pranab-750\"काठमाडौं, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी तिनदिने नेपाल भ्रमणक्रममा आज ११ : ४५ बजे काठमाडौं एयरपोर्टमा ओर्लने छन् । १८ वर्षअघि अर्थात ०५५ जेठ १४ गते केआर नारायणनले नेपालको भ्रमण गरेपछि हुन लागेको यो अर्को राष्ट्रपतिय भ्रमण हो । मुखर्जीलाइ एयरपोर्टमा नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ भने आजै राष्ट्रपति निवास शितलनिवासमा भण्डारी र मुखर्जीको भेट हुने तय छ । साँझ भण्डारीले दिने रात्रिभोजमा सहभागी हुने मुखर्जीले बिहिबार विहान पशुपतिनाथ पुगेर पुजाआजा गर्ने कार्यक्रम रहेको छ । दिउसो काठमाडौं विश्वविद्यालयले मानार्थ दिने ग्रहण गर्नेछन् भने सँगै नागरिक अभिनन्दन समेत गरिने कार्यक्रम छ । नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् भने राजनीतिक दलका नेताहरुसँग विहिबार दिउसभरी भेटवार्ता गर्नेछन् । दिउसो शुक्रबार दिनभर जनकपुर र पोखराको भ्रमण गर्नेछन् । जनकपुरमा रामजानकी मन्दिरमा पुजाआजा गर्ने कार्यक्रमका साथै नागरिक अभिनन्दनसमेत राखिएको छ । पोखराबाट फर्केपछि मुखर्जी शुक्रबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीका अनुसार निम्न समय र रुट प्रभावित हुनेछन् ११–१ बजेसम्म : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारीक्षेत्रमा सवारी प्रभाति हुनेछ । १–३ बजेसम्म : केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन । १.४५–४ बजेसम्म : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक प्रभावित हुने छ । ६.३०– ८ बजेसम्म : गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी आवगमन प्रभावित हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending