Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सामाजिक सञ्जालमा सरकारलाई चेतावनी, दिल्लीलाई झड्का

\"india-nepal-flag-750\" काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बुधबारदेखि नेपालको तीन दिने राजकीय भ्रमण गर्दैछन् । १८ वर्षपछिको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने भएकाले यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास सरकारको छ । भारतीय राष्ट्रपतिको भ्रमणले संविधान जारी भएदेखि असन्तुलन बनेको नेपाल भारत सम्बन्धमा पनि सुधार आउने विश्वास गरिएको छ । भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउनकै लागि सरकारले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई उत्सवकै रुपमा लिएर सार्वजनिक विदा नै दिएको छ । सरकारले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई निकै महत्वपूर्ण ठाने पनि यो आम नागरिकले भने भ्रमणलाई महत्व दिएका छैनन् । बरु सामाजिक सञ्जालहरुमा भारतको विरोध गर्ने प्लेटफर्म बनेको छ । भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा नै दिने सरकारको निर्णयपछि सामाजिक सञ्जालहरुमा भारतको मात्र होइन, सरकारको आलोचना पनि उत्तिकै भइरहेको छ । कुनै पनि विदेशी राष्ट प्रमुखको भ्रमणमा स्वागत सत्कार गर्नु कुटनीतिक मामिलामा पनि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले भारतीय राष्ट्रपतिको भ्रमणकाबेला स्वागत सम्मानमा तलमाथि हुन नदिन सरकारले निकै कसरत पनि गरेको छ । घोषित रुपमा नै एक दिन सार्वजनिक विदा दिइए पनि अन्य तीनै दिन राजधानीका विभिन्न क्षेत्रमा अन्य कुनै पनि सवारी चल्न नदिने भएको छ । भारतीय राष्टपतिको स्वागत तथा राजकीय भ्रमणमा खोट आउन नदिने सरकारले कसरत गरिरहे पनि सामाजिक सञ्जालहरुमा आएको विरोधले सरकारलाई चुनौती थपिएको छ भने छिमेकी राष्ट भारतलाई पनि ठूलै धक्का लागेको छ । भूकम्पपछि संविधान जारी भएपछि मधेस आन्दोलनलाई लिएर भारतले पाँच महिना नाकाबन्दी नै लगाएपछि भारतप्रतिको दृष्टिकोण आन्दोलनमा रहेका मधेसवादी दलबाहेक आमनागरिकहरुमा बदलिएको छ । त्यसैले भारतीय राष्ट्रपतिको स्वागतका लागि सरकारले गरेको कसरतलाई भारतको दलाली गरेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालहरुमा भारतीय राष्टपतिलाई ब्यंग्य गर्ने खालका टिप्पणी पनि भइरहेका छन् । सामाजिक सञ्जालमा भारतप्रति देखिएको आक्रोशकाबारेमा सरकारले गम्भीर ढंगले छलफल गरिरहेको छ । सामाजिक सञ्जाल बन्द गर्ने वा इन्टरनेटमा अवरोध ल्याउने भन्ने विषयमासमेत सरकारले आन्तरिक रुपमा अनौपचारिक छलफल गरेको स्रोतको भनाइ छ । तर यस्ता अवरोधले झनै बढी आक्रोश बढ्नसक्ने भएकाले त्यस्तो निर्णय गर्न पनि सरकारलाई अप्ठेरो पर्यो । सामाजिक सञ्जालमा भारतप्रति अझै पनि कायम रहेको आक्रोश र घृणाबारे दिल्लीमासमेत छलफल भएको स्रोतको भनाइ छ । भारतीय राष्टपतिको भ्रमणका सार्वजनिक रुपमा नै सामाजिक सञ्जालमा विरोध तथा केही समूहले कालोझण्डा देखाउने तयारीमा रहेकाले पनि सरकारलाई चुनौती थपिएको छ । त्यसैले राष्ट्रपति विमानस्थलमा ओर्लिएदेखि नै उनी हिड्ने सडकमा सवारी साधन मात्र होइन, कफ्र्यू नै लगाउने गृहले सुरक्षा निकायलाई निर्देशन दिएको सम्बद्ध स्रोतको भनाइ छ । भारतीय राष्ट्रपतिको राजकीय भ्रमण मात्रै रहेको र दुई देशबीचको सद्भाव प्रवद्र्धन मात्रै भए पनि भ्रमणकै सन्दर्भमा आलोचना गरिनुले दिल्लीमा राम्रैसँग भूकम्प गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending