Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय राष्ट्रपतिको स्वागतमा काठमाडौं सिङगारियो, यस्तो छ भ्रमण तालिका

[caption id=\"attachment_99535\" align=\"alignleft\" width=\"750\"] तस्वीर–भारतीय राष्टपतिकाे सम्मानकालागि तयार गरिएकाे स्वागत गेट[/caption] काठमाडाैं, १६ कात्तिक ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको राजकिय भ्रमण भोली हुने तय भएको छ । उनी आउने दिन नजिकिएसँगै उनको स्वागतकालागि उपत्यकका रोडहरू देखि उच्च सरकारी निकाय र उनी बस्ने, रोकिने स्थानहरूको विशेष सजावट र सरसफाइ थलिएको देखिन्छ । भारतीय राष्ट्रपति मुखर्जी कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दैछन् । भ्रमणको क्रममा उनी पोखरा,जनकपुर समेत जाने बताइएको छ । उनको भ्रमणलाई लक्षित गर्दे काठमाडौंँका विभिन्न स्थानमा सजावट देखि सरसफाइको कामलार्इ व्यापक पारिएको सरकारी निकायहरूले बताएका छन । काठमाडौ महानगरपालीका,सडक विभाग,संस्कृति तथा प्रर्यटन सम्बन्धीका निकायहरू र सुरक्षा निकायले उनको भ्रमणको पूर्वसन्ध्यामा विशेष तयारी थालेका छन । भारतीय राष्ट्रपति विमानस्थलबाट निस्केपछि उनी हिड्ने सडक रूटहरू देखि बस्ने स्थान,भेटघाटका लागि जाने ठाँउहरू, अन्य यातायातको प्रयोग गर्नुपर्ने स्थानहरू सबैतिर विशेष व्यवस्था मिलाइएकाे छ । सडक सरसफाई, फुलका गमला, नयाँ झण्डा, स्वागत द्वार लगायतकाे निर्माण गरिएको छ । कहिलेकाहि मात्र सफा गरिने सडकहरू पनि यतिबेला धुलो माटो पखाल्ने काम भएको छ । सडक छेउछाउमा रोपिएका बोट बिरूवाहरूले पनि पानी पाएका छन । साँच्चीकै काठमाडौ यतिबेला सुन्दर बनेको छ भन्छन नयाँ वानेश्वर निवासी सागर पौडेंल । उनले खबरडबलीसँग भने–‘कहिले कही आउने अन्तराष्टि«य वरिष्ट मानीसहरू आउदै गरेको भए हाम्रा नेताहरूले त्यही बाहनामा काम गर्न पाउथ्य की ? तिहार अगाडि सम्म सडक छेउछाउमा थुप्रेका फोहर पनि हटेछन । साँच्ची यतिबेला काठमाडौं माता लक्ष्मीले नै बास बस्न लायक भएको देखिन्छ ।’ \"images-1-750\"परराष्ट मन्त्री प्रकासशरण महतले खबरडबलीसँग भने–‘भारतीय राष्ट्रपतिको भ्रमणको लागि सम्पूर्ण तयार अन्तीम चरणमा पुगेको छ । सुरक्षा देखि अन्य स्वागतको राम्रो तयारी गरिएको छ ।’ मन्त्री महतले भने–‘भारतीय राष्ट्रपतिको भ्रमणमा तय गरिएको तालीकामा कुनै परिवर्तन गरिएको छैन । उहाँ बस्ने,खाने,भेट्ने र घुम्ने सबै कार्यतालीका अनुसार हुन्छ । उहाँको नेपाल भ्रमण हाम्रालागी उपलब्धीमूलक हुनेमा म विश्वस्त छु ।’ परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी समेत लिएका छन । त्यो विषयम प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतले उनीहरूलाइृ सुरक्षा योजनाको बारेमा बताएका छन । मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन् । उनको स्वागतको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि गौशाला, पुतलीसडक, रत्नपार्क, भद्रकाली, माईतीघर मण्डला, ववरमहल, नयाँ वानेश्वर , तिनकुने लगायतका सडकका दुवै छेउमा दुवै देशका झण्डा राखिएको छ । तिहारसँगै उनको आगमन र उनको स्वागतका लागि सजीएको काठमाडौं देखेर स्थानीयहरू अत्यन्त खुशी देखिएका छन । राजधानीका विभिन्न स्थानमा स्वागतद्धार बनाईएको छ भने पुरानो झण्डाहरू फेर्ने काम पनि गरिएको छ । सिंहदरबारको मुख्य प्रवेशद्वार नजिकै मुख्य स्वागतद्वार समेत निर्माणा गरिएको देखिन्छ । उनको स्वागतको करिब करिब सबै तयारी पुरा भएको काममा लागेकाहरू बताउँछन । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि मुखर्जीले नेपालको राजकिय भ्रमण गर्न लागेका हुन । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए ।  

यस्तो छ उनको भ्रमणको कार्य तालीका

नेपाल आएकाे दिन (कार्तिक १७) उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन । उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम समेत राखेकी छन  । अवस्थालार्इ मध्यनजर गर्दै खाली समयमा अन्य उच्च महानुभवहरूसँग पनि उनको भेटवार्ता हुने छ । त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो दिन (कार्तिक १८) भारतका राष्ट्रपतिले  पशुपतिनाथको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम समेत तय गरेको छ । उनी त्यहाँ पनि उपस्थीत रहने छन । त्यसपछि भारतका राष्ट्रपतिको सम्मानमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । त्यसपछि उनी नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठान काठमाडौंमा आयोजना गर्ने कार्यशालामा गोष्ठीमा भाषण दिनेछन् । राष्ट्रपति मुखर्जीसँग नेपालका राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्नेछन् । यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी काठमाडौंमा भेटघाट सकाएर  जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यहा उनको सम्मानमा आयोजीत नागरिक स्वागत कार्यक्रममा उनी सहभागी हुनेछन । उनी जनकपुरबाट मध्यान्ह १२ बजे पोखराको आउने कार्यक्रम छ । पोखराको पार्दीस्थित रहेको होटल ग्राण्डमा केही समयको आरामपछि मुखर्जी रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जाने र त्यहा उपस्थित भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रमरहेको छ । राष्ट्रपति मुखर्जी अपराह्न ४ बजे काठमाडौं फर्किने र स्कावदेश फिर्ताहुने कार्यक्रम तय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending