Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भारतीय राष्ट्रपतिको स्वागतमा काठमाडौं सिङगारियो, यस्तो छ भ्रमण तालिका

[caption id=\"attachment_99535\" align=\"alignleft\" width=\"750\"] तस्वीर–भारतीय राष्टपतिकाे सम्मानकालागि तयार गरिएकाे स्वागत गेट[/caption] काठमाडाैं, १६ कात्तिक ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको राजकिय भ्रमण भोली हुने तय भएको छ । उनी आउने दिन नजिकिएसँगै उनको स्वागतकालागि उपत्यकका रोडहरू देखि उच्च सरकारी निकाय र उनी बस्ने, रोकिने स्थानहरूको विशेष सजावट र सरसफाइ थलिएको देखिन्छ । भारतीय राष्ट्रपति मुखर्जी कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दैछन् । भ्रमणको क्रममा उनी पोखरा,जनकपुर समेत जाने बताइएको छ । उनको भ्रमणलाई लक्षित गर्दे काठमाडौंँका विभिन्न स्थानमा सजावट देखि सरसफाइको कामलार्इ व्यापक पारिएको सरकारी निकायहरूले बताएका छन । काठमाडौ महानगरपालीका,सडक विभाग,संस्कृति तथा प्रर्यटन सम्बन्धीका निकायहरू र सुरक्षा निकायले उनको भ्रमणको पूर्वसन्ध्यामा विशेष तयारी थालेका छन । भारतीय राष्ट्रपति विमानस्थलबाट निस्केपछि उनी हिड्ने सडक रूटहरू देखि बस्ने स्थान,भेटघाटका लागि जाने ठाँउहरू, अन्य यातायातको प्रयोग गर्नुपर्ने स्थानहरू सबैतिर विशेष व्यवस्था मिलाइएकाे छ । सडक सरसफाई, फुलका गमला, नयाँ झण्डा, स्वागत द्वार लगायतकाे निर्माण गरिएको छ । कहिलेकाहि मात्र सफा गरिने सडकहरू पनि यतिबेला धुलो माटो पखाल्ने काम भएको छ । सडक छेउछाउमा रोपिएका बोट बिरूवाहरूले पनि पानी पाएका छन । साँच्चीकै काठमाडौ यतिबेला सुन्दर बनेको छ भन्छन नयाँ वानेश्वर निवासी सागर पौडेंल । उनले खबरडबलीसँग भने–‘कहिले कही आउने अन्तराष्टि«य वरिष्ट मानीसहरू आउदै गरेको भए हाम्रा नेताहरूले त्यही बाहनामा काम गर्न पाउथ्य की ? तिहार अगाडि सम्म सडक छेउछाउमा थुप्रेका फोहर पनि हटेछन । साँच्ची यतिबेला काठमाडौं माता लक्ष्मीले नै बास बस्न लायक भएको देखिन्छ ।’ \"images-1-750\"परराष्ट मन्त्री प्रकासशरण महतले खबरडबलीसँग भने–‘भारतीय राष्ट्रपतिको भ्रमणको लागि सम्पूर्ण तयार अन्तीम चरणमा पुगेको छ । सुरक्षा देखि अन्य स्वागतको राम्रो तयारी गरिएको छ ।’ मन्त्री महतले भने–‘भारतीय राष्ट्रपतिको भ्रमणमा तय गरिएको तालीकामा कुनै परिवर्तन गरिएको छैन । उहाँ बस्ने,खाने,भेट्ने र घुम्ने सबै कार्यतालीका अनुसार हुन्छ । उहाँको नेपाल भ्रमण हाम्रालागी उपलब्धीमूलक हुनेमा म विश्वस्त छु ।’ परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी समेत लिएका छन । त्यो विषयम प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतले उनीहरूलाइृ सुरक्षा योजनाको बारेमा बताएका छन । मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन् । उनको स्वागतको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि गौशाला, पुतलीसडक, रत्नपार्क, भद्रकाली, माईतीघर मण्डला, ववरमहल, नयाँ वानेश्वर , तिनकुने लगायतका सडकका दुवै छेउमा दुवै देशका झण्डा राखिएको छ । तिहारसँगै उनको आगमन र उनको स्वागतका लागि सजीएको काठमाडौं देखेर स्थानीयहरू अत्यन्त खुशी देखिएका छन । राजधानीका विभिन्न स्थानमा स्वागतद्धार बनाईएको छ भने पुरानो झण्डाहरू फेर्ने काम पनि गरिएको छ । सिंहदरबारको मुख्य प्रवेशद्वार नजिकै मुख्य स्वागतद्वार समेत निर्माणा गरिएको देखिन्छ । उनको स्वागतको करिब करिब सबै तयारी पुरा भएको काममा लागेकाहरू बताउँछन । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि मुखर्जीले नेपालको राजकिय भ्रमण गर्न लागेका हुन । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए ।  

यस्तो छ उनको भ्रमणको कार्य तालीका

नेपाल आएकाे दिन (कार्तिक १७) उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन । उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम समेत राखेकी छन  । अवस्थालार्इ मध्यनजर गर्दै खाली समयमा अन्य उच्च महानुभवहरूसँग पनि उनको भेटवार्ता हुने छ । त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो दिन (कार्तिक १८) भारतका राष्ट्रपतिले  पशुपतिनाथको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम समेत तय गरेको छ । उनी त्यहाँ पनि उपस्थीत रहने छन । त्यसपछि भारतका राष्ट्रपतिको सम्मानमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । त्यसपछि उनी नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठान काठमाडौंमा आयोजना गर्ने कार्यशालामा गोष्ठीमा भाषण दिनेछन् । राष्ट्रपति मुखर्जीसँग नेपालका राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्नेछन् । यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी काठमाडौंमा भेटघाट सकाएर  जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यहा उनको सम्मानमा आयोजीत नागरिक स्वागत कार्यक्रममा उनी सहभागी हुनेछन । उनी जनकपुरबाट मध्यान्ह १२ बजे पोखराको आउने कार्यक्रम छ । पोखराको पार्दीस्थित रहेको होटल ग्राण्डमा केही समयको आरामपछि मुखर्जी रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जाने र त्यहा उपस्थित भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रमरहेको छ । राष्ट्रपति मुखर्जी अपराह्न ४ बजे काठमाडौं फर्किने र स्कावदेश फिर्ताहुने कार्यक्रम तय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending