Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जिनपिङले नेपालसँग के सम्झौता गर्न चाहेका थिए गोवामा ?

\"pm-prachanda-xi-modi\" काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनकाबेला चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट गरेका थिए । जिनपिङसँगको भेटकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आइपुगेको र त्यसपछि त्रिपक्षीय अनौपचारिक भेटवार्ता भएको थियो । भारतले भने त्रिपक्षीय भेटवार्ता नभएको त्यतिबेला नै खण्डन गर्यो । तर चीनले भने भेटवार्तालाई पुष्टी गर्दै आफूहरुले त्रिपक्षीय सम्झौता चाहेको बतायो । प्रचण्डको निजी सचिवालयले हतारहतार सूचना सार्वजनिक गरेपछि उक्त भेटवार्ता विवादित बनेको थियो । प्रधानमन्त्री प्रचण्डले पनि संयोगले त्रिपक्षीय अनौपचारिक कुराकानी भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने चिनियाँ पक्षले गोवामै नेपालसँग सम्झौता चाहेको दाबी गरेका छन् । चिनियाँ पक्षले गोवामा केही सम्झौता गर्न चाहेको तर आफूले दीर्घकालिन अर्थ राख्ने सम्झौता बेइजिङ वा काठमाडौंमै गर्नुपर्ने धारणा राखेको प्रचण्डले बताए । चीनले खासगरी भूकम्पपछिको पुनःनिर्माण, रेल तथा सडक यातायात विस्तार लगायतका महत्वपूर्ण विषयमा सम्झौता गर्न चाहेको प्रचण्डले बताए । दीर्घकालिन महत्वका विषयहरुमा छलफल हुनुका साथै आफूले नै चिनियाँ राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएको प्रचण्ड बताउँछन् । यो वर्ष आउन नसकेपनि अर्को वर्षभित्र भ्रमण गर्ने आफूलाई बताएको उनले बताए । राष्ट्रपति सी, भारतका प्रधानमन्त्री मोदी र आफ्नो भेटले त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण कुराकानी भएको प्रचण्डको भनाइ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending