Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

हुम्लामा ७ गाउँ तथा ४५ वडापालिका प्रस्ताव

\"humla_district\"हुम्ला, १४ कात्तिक । सर्वदलीय बैठकले पुनःसंरचना अन्तर्गत हुम्ला जिल्लामा ७ गाउँपालिका र ४५ वडापालिका स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि प्रस्ताव गरिएको छ । लामो समयपछि जिल्लामा विवाद भइरहेकाबेला हुम्लाले सर्वसम्मत प्रस्तावको प्रतिवेदन आयोगमा बुझाएको हो । स्थानीय तह पुनःसंरचना प्राविधीक सहयोग समितिले ७ वटा गाउँपालिका र ४५ वटा वडापालिकाको खाकासहितको प्रतिवेदन गाउँपालिका, वडापालिका तथा विशेष वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगलाई सिफारिस बुझाएको हो । समितिले महिनासम्मको पटक पटकको सर्वपक्षीय छलफलबाट ६ स्थानीय तहको टुंगो लगाएको थियो । जिल्लाको उत्तरी भेकमा मुचु, लिमी, खगालगाँउ, हेप्का ६ वटा मिलाएर १ नम्बर बुद्ध याल्वाङमा गाउँपालिकाको प्रस्ताव गरिएको छ । त्यस्तै गाउँपालिका सिमकोट, ठेहे, स्याँडा, डाडाँफया बरगाँउ गरी ८ वटा मिलाएर नम्बर २ सिमकोट गाउँपालिका तोकिएको छ । खापुनाथ याक्चुवगर, छिप्रा, राया, लालि लगायत ६ वटा गरी ३ खार्पुनाथ याक्चुवगरमा गाउँपालिका प्रस्ताव गरिएको छ । सर्किदेऊ, साँया, बराई, रोडिकोट, गोठी, जैर मिलाएर सर्केगाड गाउँपालिकामा रहने गरी प्रस्ताव गरिएको छ । गोठी गाविस वडा नम्बर ३ पुमा मेल्छाम, श्रीमष्ठा, दार्मा, मिमि, रिमी मिलाएर गाउँपालिका ५ को प्रस्ताव गरिएको छ । त्यसैगरी श्रीनगर, कालिका–३, कालिका–२, श्रीनगर–१ गरी ६ नम्बर अदानचुली गाउँपालिका रहने भएको छ । यसैगरि मैला– ४ मदना–१ ताजकोट गाउँपालिका रहने भएको छ । जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति संयोजक बलदेवप्रसाद जोशीकाअनुसार गाउँपालिका ७ अन्र्तगत २ वटा गाविस गरी ताजकोट गाउँपालिकामा मैला–४, मदाना–१ गरी ५ वडापालिका कायम गरेको हो । बैठकले हुम्लाका लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानीय तहको नामाङ्कन तथा सिमाङ्कन गरेर स्थानिय तह पुनरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले जानकारी दिएका छन । यसैगरी खगालगाँऊ लिमी, हेक्पामा गरि ६ वटा वडापालिका रहने भएको छ । सिमकोट ३, ठेहे २, स्याँडा १, डाडाँफया १ र बरगाउँ १ गरि ८ वटा वडापालिका तोकिएको छ । खार्पुनाथ २, छिप्रा १, राया २, र लाली १ गरी ६ वटा वडापालिका, प्रस्ताव सारिएको छ । सर्किदेउ २, सायाँ २, बराई १,रोटिकोट २,गोठी १ र जैर १ वडापालिका वडा नम्बर १ देखि ८ सम्म वडाका प्रस्ताव भएको छ । त्यसैगरी श्रीनगर ३, कालिका २, कालिका—श्रीनगर १ गरी ६ वडापालिका कायम समेत रहने भएको छ । मैला ४ मदना १ गरि ५ वडा पालिका कायम गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending