Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अलेप्पो सहर कब्जा गर्दै सिरियाली विद्रोही

\"siriya-750\"बेरुत, १२ कात्तिक । सिरियाली विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा सरकारी बललाई लक्ष्य गरी दर्जनौ रकेट आक्रमण गरेका छन् । सरकारको नियन्त्रणमा रहेको विद्रोहीद्वारा अलेप्पो सहर कब्जाको तयारी भइरहेको एक मानवअधिकार समूहले जनाएको छ । सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो सहर बाहिरी इलाकामा विद्रोही र सरकारी पक्षबीच भीषण झडप भएपछि सो रकेट प्रहार गरिएको बताइएको छ । सिरियाको अल दाहियेट अल असादको छिमेकमा पर्ने इलाकामा रहेको प्रहरी जाँचचौकीमा लक्ष्यगरी दुई वटा आत्मघाती आक्रमण भएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ । विद्रोही लडाकूले अलेप्पो सहर टुक्र्याएर कब्जा गर्ने कार्य सुरु गरेको अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताए । बेलायतसँग आवद्ध यस मानवअधिकार समूहका अनुसार सरकारको नियन्त्रणमा रहेको पूर्वी अलेप्पो सहरको नैराब सैनिक विमानस्थल र अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल दर्जनौँको सङ्ख्यामा रकेट आक्रमण गरिएको थियो । सँगसँगै इदलिब प्रान्त र सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तमा विद्रोहीद्वारा गरिएको रकेट प्रहारमा सात व्यक्ति घाइते भएका छन् । अब्देल रहमानका अनुसार विद्रोहीले जारी राखेको यस कारबाहीमा विद्रोही समूह इस्लामिक अहरार अल साम र अल कायदासँग आवद्ध फातेह अल साम फ्रोन्ट समूहको सभागीता रहेको छ । फातेह अल साम फ्रोन्ट समूहलाई यस अघि अल नुस्रा फ्रोन्टको नामबाट चिनिन्थ्यो । सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ । जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशको सिमानामा हिंसा पनि बढेको पाइन्छ । सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको निधन भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending