Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

महाकाली बेचेर राष्ट्रवादी बन्नेहरुको रोइलो

बिहीबारको मन्त्रिपरिषदको बैठकले नेपालका २ प्रमूख छिमेकी भारत र चीनका राष्ट्रपति नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो । लगत्तै एमालेका कार्यकर्ताहरुको रोइलो सुरु भयो । उनीहरु भन्न थाले, ‘प्रचण्ड सरकार भारतीय दलाल हो, यो निर्णय भारतलाई खुसी पार्न गरिएको हो ।’ उनीहरुको रोइलोले लाखौं जनता भ्रमित पार्ने कोशिस भयो । तर, तिनीहरुले आफ्नो विगत हेरेनन् । आफ्ना राष्ट्रवादी नेताहरुको कालो अनुहार हेर्नेसम्म चेष्टा गरेनन् । विदेशी पाहुना आउँदा सम्मान गर्ने परम्परा नेपाली समाजको पुरानो संस्कार हो । अझ आर्य समाजमा ‘अतिथिदेवो भव’ निकै प्रख्यात छ । अतिथिलाई सत्कार गर्दा हाम्रो गौरव बढ्छ, हामी यही समाजमा हुर्केर हाम्रो संस्कृतिलाई विश्वकै नमूनायोग्य संस्कृति भनिरहेका छौं र हो पनि । त्यसमाथि हाम्रो सत्कार र सम्बन्ध कुनै आवेगद्वारा होइन, विवेकद्वारा निर्देशित हुनुपथ्र्यो । सरकारको निर्णय यसै उद्देश्यद्वारा प्रेरित थियो । मन्त्रिपरिषदले भारतका राष्ट्रपतिका लागि मात्रै नभएर चीनका राष्ट्रपति आउँदा पनि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जी कार्तिक ७ गते नेपाल आउँदैछन्, भने चीनका राष्ट्रपति सन् २०१६ को अन्त्यसम्म नेपाल आउने प्रतिवद्धता गरेका छन् । सरकारले यी दुवै कुरालाई ख्याल गरेर सबैपटक निर्णय गरेको थियो । तर, एमालेका भक्तहरुले विषयलाई योजनावद्ध र कपटपूर्ण रुपमा बङ्गाएर आफ्नो महाकाली बेचेको कालो धब्बा लुकाउने प्रयास गरे । [caption id=\"attachment_98958\" align=\"alignleft\" width=\"250\"]\"narayan-badal\" नारायण बडाल[/caption] भारतीय राष्ट्रपति नेपाल आएर काठमाडौं मात्रै बस्दै छैनन्, देशका पर्यटकीय शहरहरुको पनि अवलोकन भ्रमण गर्दैछन् । त्यसमाथि काठमाडौंको सुरक्षा व्यवस्थाको सवाल पनि उत्तिकै महत्वपूर्ण थियो । सरकारले भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा सुरक्षा निकाय र ट्राफिक प्रहरीका अधिकारीहरुले ३ दिन बिदा दिन प्रधानमन्त्रीलाई सुझाएका थिए । तर, मन्त्रिपरिषदले एक दिन बिदा दिने र यातायात व्यवस्थालाई सहज बनाउने निर्णय ग¥यो । यसमा कसैले गोहीका आँसु झारेर कोकोहोलो मच्चाउनु र रुनु जरुरी थिएन र छैन । काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या निकै गम्भीर छ । अहिले पनि यात्रुले जामको सास्ती खेप्नु परिरहेको छ । त्यसमाथि भारतीय राष्ट्रपति आउँदा सुरक्षाका कारण पनि सडक जाम गर्नुपर्ने हुन्छ । तिहारजस्तो चाडको सन्दर्भमा नागरिकलाई लामो समय सडकमा कुराउनु कत्तिको जायज होला ? सरकारले सोच्यो, ‘नागरिकलाई दुख नदिउँ । तिहारको भोलिपल्ट भएका कारण बिदाले कुनै खास असर पनि पार्दैन ।’ तर, कुमतिका मतियारहरुले विषयलाई बङ्गाए र सरकारको पवित्र निर्णयमाथि विषबमनको प्रयास गरे । विदेशी पहुना आउँदा सार्वजनिक बिदा दिने प्रचलन यो नै नयाँ होइन । गत वर्षको सार्क शिखर सम्मेलनमा २ दिन सार्वजनिक बिदा दिइएको थियो । त्यसबेला कसैले विरोध गरेनन्, किनकि सत्तामा कांग्रेस र एमालेको हालीमुहाली थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । नियोजित रुपमा सडकमा ओर्लिएर उनले सर्वसाधारणसँग हात मिलाए । एमालेका कार्यकर्ता कुर्लन थाले, ‘नेता भनेको मोदी जस्तो हुनुपर्छ । हाम्रा नेता गद्दार हुन्, नरेन्द्र मोदी जिन्दावाद ।’ आज तिनै कार्यकर्ता १८० डिग्रीको फन्को मारेर रोइलो गरिरहेका छन् । कतिपयलाई भ्रम छ, ‘एमालेका नेताहरुलाई देशप्रति माया होला ।’ तर, तर्कभन्दा इतिहास हजारौं गुणा शक्तिशाली हुन्छ । मदन भण्डारीबाहेक एमालेका सबै नेता दिल्लीकै रासनपानी खाएर हुर्किएका हुन् । उनीहरुले गरेका राष्ट्रघातका फेहरिस्त सामान्य नजरले हेर्नेले पनि बुझ्छ कि उनीहरुको नेपालप्रतिको मायाको नाटक नक्कली छ । उनीहरुको सक्कली मुहार महाकाली सन्धिको राष्ट्रघातभित्रै छ, त्यहीँ खोज्दा एमालेको असली चेहरा भेटिन्छ । पहिलो संविधान सभापछि माओवादीले राष्ट्रियताको मुद्दा बलियो गरी उठायो । त्यसको सबैभन्दा चर्को विरोध गर्ने एमाले नेताहरु नै थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा पशुपतिमा नेपाली पुजारी राख्न कोशिस भयो । तर, एमालेका नेताहरु त्यसको विरुद्धमा उत्रिए । एमाले नेता केपी ओलीले तात्कालीन भारतीय राजदूत राकेश सुदसँग मिलेर पशुपतिमै विरोध सभा गरे । उनले सगर्व घोषणा गरे, ‘भारतीय पुजारी हटाए भारतसँग मिलेर प्रचण्डलाई देखाई दिन्छौं ।’ रुक्माङ्गत कटुवाल काण्डमा एमाले दिल्लीको असली नोकर बन्यो । केपी ओली, माधव नेपालहरु दिल्लीकै भाषा बोले । उनीहरु भन्थे, ‘दिल्लीबिना नेपालमा पात पनि हल्लिँदैन ।’ कर्णाली, अरुण तेस्रो, महाकाली लगायत जति पनि समस्या नेपालमा छन्, ती सबै एमालेको राष्ट्रघातले निम्तिएका समस्या हुन् । एमाले अध्यक्ष केपी ओली तिनै नेता हुन्, जसले पाँच करोड आफ्नो खल्तीमा परेपछि एकै रातमा महाकाली भारतलाई बेचेका थिए । यो अपराधबाट ओलीलाई मात्र होइन, एमालेको आगामी दश पुस्तालाई पनि मोक्ष मिल्दैन, यो अपराधको जति निन्दा गरे पनि कमै हुन्छ । केपी ओली र एमाले राष्ट्रवादी हुन विगतका सबै अपराध सच्चाउनुपर्छ । ५ करोडमा देश नै बेच्ने नेता रातारात कसरी राष्ट्रवादी हुन सक्छ ? त्यसमाथि ओलीले कहिल्यै आफ्नो अपराधको माफी मागेका छैनन् । एमालेका यस्ता सयौं अपराध छन्, जसले देशलाई कंगाल बनाउन मूख्य भूमिका खेलेका छन् । आफूलाई प्रधानमन्त्री बन्न भारतले अवरोध गरेको कुष्ठा पोख्दैमा ओली राष्ट्रवादी हुन सक्दैनन् । राष्ट्रवाद त्यो हो, जसले देशको रणनीतिक सोंचसहित आत्मस्वाभिमान, आन्तरिक एकता, सद्भाव र गौरवको सम्मान गरेको हुन्छ । यो कोणबाट हेर्दा एमाले र ओलीको राष्ट्रवाद भारतले प्रधानमन्त्रीको कुर्सीमा चढ्न रोक्न खोजेको तुष्टिको परिणाम मात्रै हो । यसमा कुनै राजनीतिक चिन्तन र दृष्टिकोण छैन । अन्त्यमा, अहिलेको सरकार जटिल र संगीन मोडमा बनेको सरकार हो । प्रचण्ड प्रधानमन्त्री नभएको भए यतिबेला मधेशमा टायर बल्थ्यो, ढुंगा हानाहान हुन्थ्यो । तराई र पहाड कहिल्यै नमिल्ने गरी २ ध्रुवमा बाँडिन्थे, देश संकटको भूमरिमा पथ्र्यो । आ–आफ्नै दम्भ र घमण्डले देश भड्खालोमा पथ्र्यो । द्धन्द्धले देशमा चुनाव हुने वातावरण बन्दैनथ्यो, अनि २०७४ माघपछि देश अध्याँरो सुरुङतिर धकेलिन्थ्यो । धेरै गर्न नसके पनि प्रचण्डले देशमा भीडन्त रोकेका छन्, देश भड्खालोमा पर्ने खतरा टारेका छन्, यसका लागि उनलाई धन्यवाद दिनैपर्छ । तसर्थ, आवेग, पूर्वाग्रह, कुष्ठा र लोभबाट निर्देशित राष्ट्रवादको विरोध गरौं । देशको आत्मस्वाभिमान, आन्तरिक एकता, सद्भाव र असल सम्बन्ध स्थापित गर्ने राष्ट्रवाद बलियो पारौं । यो आजको आवश्यकता हो । (लेखक अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending