Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महाकाली बेचेर राष्ट्रवादी बन्नेहरुको रोइलो

बिहीबारको मन्त्रिपरिषदको बैठकले नेपालका २ प्रमूख छिमेकी भारत र चीनका राष्ट्रपति नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो । लगत्तै एमालेका कार्यकर्ताहरुको रोइलो सुरु भयो । उनीहरु भन्न थाले, ‘प्रचण्ड सरकार भारतीय दलाल हो, यो निर्णय भारतलाई खुसी पार्न गरिएको हो ।’ उनीहरुको रोइलोले लाखौं जनता भ्रमित पार्ने कोशिस भयो । तर, तिनीहरुले आफ्नो विगत हेरेनन् । आफ्ना राष्ट्रवादी नेताहरुको कालो अनुहार हेर्नेसम्म चेष्टा गरेनन् । विदेशी पाहुना आउँदा सम्मान गर्ने परम्परा नेपाली समाजको पुरानो संस्कार हो । अझ आर्य समाजमा ‘अतिथिदेवो भव’ निकै प्रख्यात छ । अतिथिलाई सत्कार गर्दा हाम्रो गौरव बढ्छ, हामी यही समाजमा हुर्केर हाम्रो संस्कृतिलाई विश्वकै नमूनायोग्य संस्कृति भनिरहेका छौं र हो पनि । त्यसमाथि हाम्रो सत्कार र सम्बन्ध कुनै आवेगद्वारा होइन, विवेकद्वारा निर्देशित हुनुपथ्र्यो । सरकारको निर्णय यसै उद्देश्यद्वारा प्रेरित थियो । मन्त्रिपरिषदले भारतका राष्ट्रपतिका लागि मात्रै नभएर चीनका राष्ट्रपति आउँदा पनि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जी कार्तिक ७ गते नेपाल आउँदैछन्, भने चीनका राष्ट्रपति सन् २०१६ को अन्त्यसम्म नेपाल आउने प्रतिवद्धता गरेका छन् । सरकारले यी दुवै कुरालाई ख्याल गरेर सबैपटक निर्णय गरेको थियो । तर, एमालेका भक्तहरुले विषयलाई योजनावद्ध र कपटपूर्ण रुपमा बङ्गाएर आफ्नो महाकाली बेचेको कालो धब्बा लुकाउने प्रयास गरे । [caption id=\"attachment_98958\" align=\"alignleft\" width=\"250\"]\"narayan-badal\" नारायण बडाल[/caption] भारतीय राष्ट्रपति नेपाल आएर काठमाडौं मात्रै बस्दै छैनन्, देशका पर्यटकीय शहरहरुको पनि अवलोकन भ्रमण गर्दैछन् । त्यसमाथि काठमाडौंको सुरक्षा व्यवस्थाको सवाल पनि उत्तिकै महत्वपूर्ण थियो । सरकारले भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा सुरक्षा निकाय र ट्राफिक प्रहरीका अधिकारीहरुले ३ दिन बिदा दिन प्रधानमन्त्रीलाई सुझाएका थिए । तर, मन्त्रिपरिषदले एक दिन बिदा दिने र यातायात व्यवस्थालाई सहज बनाउने निर्णय ग¥यो । यसमा कसैले गोहीका आँसु झारेर कोकोहोलो मच्चाउनु र रुनु जरुरी थिएन र छैन । काठमाडौं उपत्यकामा ट्राफिक जामको समस्या निकै गम्भीर छ । अहिले पनि यात्रुले जामको सास्ती खेप्नु परिरहेको छ । त्यसमाथि भारतीय राष्ट्रपति आउँदा सुरक्षाका कारण पनि सडक जाम गर्नुपर्ने हुन्छ । तिहारजस्तो चाडको सन्दर्भमा नागरिकलाई लामो समय सडकमा कुराउनु कत्तिको जायज होला ? सरकारले सोच्यो, ‘नागरिकलाई दुख नदिउँ । तिहारको भोलिपल्ट भएका कारण बिदाले कुनै खास असर पनि पार्दैन ।’ तर, कुमतिका मतियारहरुले विषयलाई बङ्गाए र सरकारको पवित्र निर्णयमाथि विषबमनको प्रयास गरे । विदेशी पहुना आउँदा सार्वजनिक बिदा दिने प्रचलन यो नै नयाँ होइन । गत वर्षको सार्क शिखर सम्मेलनमा २ दिन सार्वजनिक बिदा दिइएको थियो । त्यसबेला कसैले विरोध गरेनन्, किनकि सत्तामा कांग्रेस र एमालेको हालीमुहाली थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । नियोजित रुपमा सडकमा ओर्लिएर उनले सर्वसाधारणसँग हात मिलाए । एमालेका कार्यकर्ता कुर्लन थाले, ‘नेता भनेको मोदी जस्तो हुनुपर्छ । हाम्रा नेता गद्दार हुन्, नरेन्द्र मोदी जिन्दावाद ।’ आज तिनै कार्यकर्ता १८० डिग्रीको फन्को मारेर रोइलो गरिरहेका छन् । कतिपयलाई भ्रम छ, ‘एमालेका नेताहरुलाई देशप्रति माया होला ।’ तर, तर्कभन्दा इतिहास हजारौं गुणा शक्तिशाली हुन्छ । मदन भण्डारीबाहेक एमालेका सबै नेता दिल्लीकै रासनपानी खाएर हुर्किएका हुन् । उनीहरुले गरेका राष्ट्रघातका फेहरिस्त सामान्य नजरले हेर्नेले पनि बुझ्छ कि उनीहरुको नेपालप्रतिको मायाको नाटक नक्कली छ । उनीहरुको सक्कली मुहार महाकाली सन्धिको राष्ट्रघातभित्रै छ, त्यहीँ खोज्दा एमालेको असली चेहरा भेटिन्छ । पहिलो संविधान सभापछि माओवादीले राष्ट्रियताको मुद्दा बलियो गरी उठायो । त्यसको सबैभन्दा चर्को विरोध गर्ने एमाले नेताहरु नै थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा पशुपतिमा नेपाली पुजारी राख्न कोशिस भयो । तर, एमालेका नेताहरु त्यसको विरुद्धमा उत्रिए । एमाले नेता केपी ओलीले तात्कालीन भारतीय राजदूत राकेश सुदसँग मिलेर पशुपतिमै विरोध सभा गरे । उनले सगर्व घोषणा गरे, ‘भारतीय पुजारी हटाए भारतसँग मिलेर प्रचण्डलाई देखाई दिन्छौं ।’ रुक्माङ्गत कटुवाल काण्डमा एमाले दिल्लीको असली नोकर बन्यो । केपी ओली, माधव नेपालहरु दिल्लीकै भाषा बोले । उनीहरु भन्थे, ‘दिल्लीबिना नेपालमा पात पनि हल्लिँदैन ।’ कर्णाली, अरुण तेस्रो, महाकाली लगायत जति पनि समस्या नेपालमा छन्, ती सबै एमालेको राष्ट्रघातले निम्तिएका समस्या हुन् । एमाले अध्यक्ष केपी ओली तिनै नेता हुन्, जसले पाँच करोड आफ्नो खल्तीमा परेपछि एकै रातमा महाकाली भारतलाई बेचेका थिए । यो अपराधबाट ओलीलाई मात्र होइन, एमालेको आगामी दश पुस्तालाई पनि मोक्ष मिल्दैन, यो अपराधको जति निन्दा गरे पनि कमै हुन्छ । केपी ओली र एमाले राष्ट्रवादी हुन विगतका सबै अपराध सच्चाउनुपर्छ । ५ करोडमा देश नै बेच्ने नेता रातारात कसरी राष्ट्रवादी हुन सक्छ ? त्यसमाथि ओलीले कहिल्यै आफ्नो अपराधको माफी मागेका छैनन् । एमालेका यस्ता सयौं अपराध छन्, जसले देशलाई कंगाल बनाउन मूख्य भूमिका खेलेका छन् । आफूलाई प्रधानमन्त्री बन्न भारतले अवरोध गरेको कुष्ठा पोख्दैमा ओली राष्ट्रवादी हुन सक्दैनन् । राष्ट्रवाद त्यो हो, जसले देशको रणनीतिक सोंचसहित आत्मस्वाभिमान, आन्तरिक एकता, सद्भाव र गौरवको सम्मान गरेको हुन्छ । यो कोणबाट हेर्दा एमाले र ओलीको राष्ट्रवाद भारतले प्रधानमन्त्रीको कुर्सीमा चढ्न रोक्न खोजेको तुष्टिको परिणाम मात्रै हो । यसमा कुनै राजनीतिक चिन्तन र दृष्टिकोण छैन । अन्त्यमा, अहिलेको सरकार जटिल र संगीन मोडमा बनेको सरकार हो । प्रचण्ड प्रधानमन्त्री नभएको भए यतिबेला मधेशमा टायर बल्थ्यो, ढुंगा हानाहान हुन्थ्यो । तराई र पहाड कहिल्यै नमिल्ने गरी २ ध्रुवमा बाँडिन्थे, देश संकटको भूमरिमा पथ्र्यो । आ–आफ्नै दम्भ र घमण्डले देश भड्खालोमा पथ्र्यो । द्धन्द्धले देशमा चुनाव हुने वातावरण बन्दैनथ्यो, अनि २०७४ माघपछि देश अध्याँरो सुरुङतिर धकेलिन्थ्यो । धेरै गर्न नसके पनि प्रचण्डले देशमा भीडन्त रोकेका छन्, देश भड्खालोमा पर्ने खतरा टारेका छन्, यसका लागि उनलाई धन्यवाद दिनैपर्छ । तसर्थ, आवेग, पूर्वाग्रह, कुष्ठा र लोभबाट निर्देशित राष्ट्रवादको विरोध गरौं । देशको आत्मस्वाभिमान, आन्तरिक एकता, सद्भाव र असल सम्बन्ध स्थापित गर्ने राष्ट्रवाद बलियो पारौं । यो आजको आवश्यकता हो । (लेखक अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending