Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

खुल्ला शौचका लागि बाहिर जान विद्यार्थी बाध्य

\"school-750\"नवलपरासी, १२ कात्तिक । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा ८ बलिनगर का बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य छन् । विद्यालयमा रहेको शौचालयको सरसफाइ, पानीको ब्यवस्था, ढोका बन्द नहुँदा बालबालिकाहरु बाहिर खुल्ला शौच गर्न जानेगरेको कक्षा १० मा अध्ययनरत छात्रा रन्जना कुर्मीले बताइन् । कुर्मी खुल्ला शौचका लागि बाहिर जादा असुरक्षित महसुस हुने गरेको बताउछिन् । विद्यालय वरिपरि झारपात रहेकोले कहि कतै सर्प टोक्ला भन्ने डर लाग्ने गरेको हुदा पनि बाध्यताले बाहिर शौचका लागि जानू परेको बाहिर उनको भनाइ छ । बाहिर जाँदा खेतबारीमा काम गर्ने मान्छेहरु हुँदा लाज हुने गरेको भन्दै फर्केर समस्या हुने गरेको उनले बताइन् । विद्यालयमा हाल एउटा मात्र शौचालय बाल विकास कोठा भित्र छ जुन शिक्षक र शिक्षिका प्रयोग गर्दै आएका छन् । यसैगरी विद्यालयमा उचित कक्षा कोठा नहुँदा बालबालिकाहरु खुल्ला चौरमा पढने गरेका छन् । चर्को घाममा पनि आफूहरुलाई खुल्ला चौरमा पढाइने गरेको विद्यार्थीहरु बताउछन् । नवनिर्वाचित विद्यालय व्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारी भने आफु अगाडिको समितिलाई दोष दिँदै आफु पन्छिन खोजे । विसं २०५० सालमा स्थापनाभएको विद्यालयमा हाल चार सय भन्दा बढि छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये अधिकांस बालबालिका दलित समुदायका रहेका छन् । विद्यालयका प्रअ भागवत प्रसाद केवटले जिल्ला शिक्षा कार्यालय नवलपरासीको आर्थिक सहयोगमा छ कोठा भवन निर्माण भइरहेको बताए । सो विद्यालयमा बालबालिकाहरुलाई बस्ने डेक्सबेन्चको समेत अभाव भएर भुई मा बसेर बालबालिका अध्ययन गरेका देख्न सकिन्छ कतिपय बालबालिका आफ्नो घरबाट बस्नका लागि बोरा ल्याउने गरेको देख्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending