Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रचण्डले आफ्ना नेताहरुसँग खोले यस्तो गोप्य रहस्य

\"prachanda\"काठमाडौं, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संसद स्थगित गरेर महाअभियोग प्रस्तावलाई पछाडी धकेल्नुको रहस्य खोलेका छन् । केही मिठिया तथा सामाजिक संजालमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई जोगाउन प्रधानममन्त्रीले संसद स्थगित भएको भन्ने समाचार पत्याएर ‘यसबारे के हो ?’ भन्दै पुग्ने पार्टीका उपल्लोतहका नेताहरुसँग प्रचण्डले संसद स्थगित गर्नुको रहस्य खोलेका हुन् । प्रचण्डप्रति शंका गर्दै भेट्न पुगेका एक उपल्लो तहका नेताका अनुसार प्रचण्डले महाअभियोग, संविधान संशोधन तथा स्थानिय निकायको निर्बाचनमा एकमुष्ठ सहमति खोज्नका लागी समय लिनुपर्ने भन्दै संसद स्थगित गराएका हुन् । संविधान संशोधनको प्रस्तावमा एमाले र महाअभियोगमा कांग्रेसलाई ल्याउनका लागी आफुले संसद पछाडी धकेलेको रहस्य प्रचण्डले बताएपछि ती नेता नतमस्तक भएर फर्किएका थिए । उनका अनुसार प्रचण्डले महाअभियोगलाई चुनौति सँगसँगै अवसरको रुपमा लिनुपर्ने बताएको उनले खबरडबलीसँगको कुराकानीमा बताए । प्रचण्डका राजनीतिक सल्लाहाकार चन्द्रदेव खनाल वलदेव पनि सबै समस्याको सामाधान प्याकेजमा हुनुपर्छ भनेर प्रधानमन्त्री लागिरहेको कुरा बताए । प्रचण्डले आफुलाई लोकमान जोगाउन लाग्यो कि भन्ने आशंका नगर्न समेत भन्ने गरेका छन् । प्रचण्डको भनाई उदृत गर्दै उनले भने, –‘यस्तो अवस्थालाई एउटा सुवर्ण अवसरका रुपमा लिनुपर्छ । एमाले संविधान संशोधन र स्थानिय निकायको चुनावप्रति राजि थिएन, कांग्रेस महाअभियोगप्रति । दुवैलाई अहिले वाध्य हुने अवस्थामा छन् । बरु पार्टी एकढिक्का भएर लाग्न जरुरी छ ।’ उनले थपे,–‘केही ढिला भएपनि प्रचण्ड महाअभियोग, संविधान संशोधन र स्थानिय निकायको चुनावको प्याकेजमा सहमति बनाउने योजनामा छन् । म केही चिन्तासहित गएको थिएँ–अहिले ढुक्क छु’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending