Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

ओलीको सत्ता एम्बुसलाई प्रचण्डको काउण्टर

\"prachanda_oli\" काठमाडौं, १२ कात्तिक । चलाखिपूर्ण तरिकाले अख्तियार अनुसन्धान आयोगका प्रमुअ लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरेर सत्ता गठबन्धन भत्काउन चाहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डको काउण्टर राजनीतिमा परेका छन् ।
प्रचण्डले ओलीको यस्तो एम्बुसलाई काउण्टर गर्ने चलाखीपूर्ण पहलकदमी गरे । महाअभियोग प्रस्ताव आफ्नो सल्लाहामा नल्याइएको बताउँदै कांग्रेसलाई आस्वस्त तुल्याए भने मधेसको संविधान संशोधनको माग पुरा गर्दै संविधान कार्यान्वयनको अवसरका रुपमा बदल्न देउवालाई राजी गराए
तीन शिर्षस्थ नेताहरुबिच महाअभियोग लगाउनेबारे सैदान्तीक सहमतिलाई ओलीले चलाखिपूर्णरुपमा महाअभियोग दर्तासम्म लगेका थिए । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ‘महाअभियोगमा आफु तयार रहेको तर पार्टीका शिर्ष नेताहरुसँग छलफल गर्न १ दिन’ समय मागेका थिए भने प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसको सहमतिका लागी १ दिन पर्खने बताएका थिए । तर ओलीले सोही दिन प्रचण्ड र देउवालाई माओवादीका केही संसद सहितको हस्ताक्षरमा महाअभियोग दर्ता गरिदिएर माओवादी–कांग्रेसको सत्ता गठबन्धनमै अविश्वासको स्थिति बनाईदिए । एमाले अध्यक्ष ओलीले महाअभियोगबाट २ वटा राजनीतिक एम्बुस् थापेका थिए । लोकमान हटाउने र सत्ता गठबन्धन भत्काईदिने । हुनपनि नेपाली कांग्रेस महाअभियोगमा दूई दलको हस्ताक्षरबाट झस्कियो र महाअभियोगमा बामपन्थी गठबन्धनबारे प्रश्न गर्यो । शूरुका दिनमा निकै तनावमा देखिएका प्रचण्डले ओलीको यस्तो एम्बुसलाई काउण्टर गर्ने चलाखीपूर्ण पहलकदमी गरे । महाअभियोग प्रस्ताव आफ्नो सल्लाहामा नल्याइएको बताउँदै कांग्रेसलाई आस्वस्त तुल्याए भने मधेसको संविधान संशोधनको माग पुरा गर्दै संविधान कार्यान्वयनको अवसरका रुपमा बदल्न देउवालाई राजी गराए ।
ओली प्रचण्डको काउण्टर राजनीति बुझेर पनि पछाडी फर्कन सक्दैनन् । किनभने उनैको अगुवाईमा भएको महाअभियोग प्रस्तावबाट उनी फिर्ता हुन सक्दैनन् । एक राजनीतिक विश्लेषक भन्छन्, –‘उनले कि सत्ता गठबन्धनमा दरार ल्याउनसक्नुपथ्र्यो, होइन भने आफ्नो महाअभियोग प्रस्ताव पारित गराउन सक्नुपर्छ । नत्र उनको सफलता ठहरिदैँन ।’
सोही अनुसार तीन शिर्ष नेताहरुको बैठक बुधबार बालुवाटारमा बोलाए र महाअभियोग र संविधान संशोधन लगायत स्थानिय चुनावलाई प्याकेजमा सहमति खोज्ने र तीन ठुला दलहरु एकाठाउँमा उभिने निर्णय गराए । संविधान संशोधनबारे कुरा समेत सुन्न नचाहने एमाले अध्यक्ष ओली प्रचण्डको काउण्टरमा परेको अनुभुति अहिले एमाले वृतमा छ । ‘कि लोकमान हटाइयो, कि माओवादी÷कांग्रेस गठबन्धन भत्काइयो’ भन्दै फुरुक्क परेका ओली प्रचण्डको प्रस्तावसँगै अप्ठ्यारोमा परेका छन् र प्याकेजमा सहमतिका लागी राजी भएका छन् । महाअभियोग प्रस्तावपछि नेपाली कांग्रेसले आफुसँग सल्लाहा नभएको भन्दै माओवादीसँगको सत्ता गठबन्धन तोड्ने या महाअभियोगमा मतदान हुँदा विपक्षमा मतदान गर्ने अवस्था ओलीले देखेका थिए । कांग्रेसले विपक्षमा मतदान गर्नु भनेको प्रचण्ड सरकार बहुमतमा नरहेको पुष्टी हुनु थियो । कांग्रेस महाअभियोगको पक्षमा उभिने सम्भावना ओलीले देखेकै थिएनन् । नउभिनेबित्तिकै सरकार नयाँ समिकरणमा बनाउने उनको योजना थियो । माओवादी केन्द्रका एक नेताले भने, –‘जहाँसम्म लोकमानको कुरा उनी त उसैपनि अदालतबाट हट्छन् नै’ । हुनपनि महाअभियोग पारित हुनुअगावै अदालतको फैसलाबाट लोकमान हट्ने सम्भावना छ । यहि सम्भावना देखेर ओलीले सरकार ढाल्ने खेल खेलेका थिए । तर उनलाई राजनीतिका चतुर खेलाडी प्रचण्डले काउण्टर गरेका छन् । कांग्रेससँगको सत्ता गठबन्धनलाई अविश्वासमा परिणत हुन दिएका छैनन् भने संविधान संशोधन गर्दै स्थानिय निकायको चुनावकोएकमुष्ठ निकास खोजिनु पर्नेमा ओलीलाई समेत सहमत बनाएका छन् । ओली प्रचण्डको काउण्टर राजनीति बुझेर पनि पछाडी फर्कन सक्दैनन् । किनभने उनैको अगुवाईमा भएको महाअभियोग प्रस्तावबाट उनी फिर्ता हुन सक्दैनन् । एक राजनीतिक विश्लेषक भन्छन्, –‘उनले कि सत्ता गठबन्धनमा दरार ल्याउनसक्नुपथ्र्यो, होइन भने आफ्नो महाअभियोग प्रस्ताव पारित गराउन सक्नुपर्छ । नत्र उनको सफलता ठहरिदैँन ।’ एमालेको दुबै हात (महाअभियोग र सत्ता गठबन्धन) खाली जस्तो अवस्था बन्न पुगेको छ । ओलीको यस्तो राजनीतिक एम्बुसले बरु प्रचण्डलाई फाइदा पुगेको छ । उनको नेतृत्वमा संविधान संशोधन हुँदै संविधान कार्यान्वयनको ढोका खुलेको छ । उनकै नेतृत्वमा लोकमानको अलोकतान्त्रिक नेतृत्वबाट अख्तियार मुक्त हुने अवस्था बनेको छ । उनै विश्लेषकले थपे–‘प्रचण्डको खुवी नै के हो भने छिटो घटनाक्रमलाई बुझ्छन् र पहल लिन्छन् । ओली यतिबेला प्रचण्डको प्रतिएम्बुसमा परेका छन् । उनी संविधान संशोधन र मधेस मागबारे सकारात्मक रहे भन्दा दुनियाँले नपत्याउन सक्छ । तर प्रचण्डले ओलीलाई वाध्य पारेका छन्’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending