Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको कार्यक्रम

\"pranab-mukherjee-the-president-of-india-will-not-cast-vote\"काठमाडौं, १२ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन । राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नेछन् । मुखर्जी र उनीसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् । आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नेछन् । मुखर्जीको व्यस्त तालिका १७ कात्तिकः भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने्छिन् । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ । १८ कात्तिकः राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । १९ कात्तिक स् तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उनको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उनी पोखरा लाग्नेछन् । त्यहाँमा उनले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्नेछन् । पोखराबाट काठमाडौं फर्केर उनी साँझ ५ बजे दिल्ली फर्किने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending