Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

कृष्ण अविरललाई १० आरोप

कृष्ण अविरलको नयाँ उपन्यास ‘रक्तबीच’ केही समयअघि बजारमा आएको छ । ‘रक्तकुण्ड’ उपन्यासबाट निकै चर्चा पाएका अविरलको ‘जल्लादको मन’, ‘लालचुडी’ र ‘बिषपुरुष’ उपन्यास प्रकाशित छन् । एक समय पत्रकारितामा समेत सक्रिय उनी समालोचना लेखनमा क्रियाशील छन् । त्यसो त उनीसँग अझै केही उपन्यासको पाण्डुलिपी तयार छन् । पछिल्लो समय मञ्जरी प्रकाशन गृहमार्फत प्रकाशन व्यवसायमा समेत हात हालेका अविरलबारे साहित्यिक बजारमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । त्यसमध्ये १० आरोप र उनको स्पष्टिकरण : 
आरोपः एक
कृष्ण अविरल आफ्नै व्यवहारको कारण मिडियामा प्रतिबन्धित छ । हो, कतिपय मिडियामा म प्रतिबन्धितजस्तै भएको छु । तर प्रतिबन्धित हुनुपर्ने मेरो व्यवहार छ भन्नेचाहिं मलाई लाग्दैन । कारण मलाई पनि थाहा छैन । सबैजसो मिडियामा समकालीन साथीहरु छन् । कतिपयमा त मैले पत्रकारितामा ल्याएका मानिसहरु पनि छन् । भेट्दाखेरि हार्दिकतापूर्वक कुराकानी हुन्छ । बसिन्छ, चिया खाइन्छ । तर मिडियामा मेरो समाचार आउने कुरामा चाहिं प्रतिबन्धित नै छु ।
आरोप : दूई
कृष्ण अविरल साहित्यकारलाई तथानाम गाली गर्छ । व्यक्तिगत तवरमै गालीगलौजमा उत्रिन्छ । मलाई कसैले इटाले हिर्कायो भने त्यसको जवाफ ढुंगाले दिनेमात्रै हो । कसैले केही नबिगारीकन म चलाउन जान्न । कतिपय मलाई मन नपराउने मान्छेकै पनि सकारात्मक पाटो प्रशंसा गर्दै हिड्ने कुरा हो । यस्तो सन्दर्भमा हरि अधिकारीको प्रसंग निकाल्छन् धेरैले । मैले उहाँको नकारात्मक कुराको चर्चा हाकाहाकी गरेको हुँ । तर उहाँको सकारात्मक कुराको चर्चा पनि गर्दै हिड्ने मान्छे हुँ । एउटै कुरा के हो भने मलाई कसैले इटाले हान्छ भने चुप लागेर बस्नचाहिं सक्दिनँ । मानिसहरुचाहिं मैले ढुंगाले हिर्काएको चर्चा गर्छन्, तर मैले ईटा खाएकोचाहिं देख्दैनन् । समस्या यहीँ छ । पछिल्लो समय त म सकारात्मक सोचमा मात्रै छु । नकारात्मक सोच्ने मान्छेको त संगत पनि गर्दिनँ ।
आरोप : तीन
अविरल धोकेबाज हो । रक्तकुण्ड प्रकाशन गर्ने बेलामा जसलाई प्रकाशन गर्न दिने भनिएको थियो, उसैलाई धोका दिएर पुस्तक प्रकाशन गर्यो । \"krisna_abiral\"म धोकेवाज होइन । मलाई त्यतिबेला प्रकाशकहरुले नपत्याएकाचाहिं हुन् । यसको हकमा त म आफैंले धोका खाएको हुँ । म यति पिडित छु कि रक्तकुण्डको प्रसंग निस्किएबित्तिकै खाटा लाग्न लागेको घाउ कोट्याएर नुनखुर्सानी दलिदिएजस्तो हुन्छ । अरु व्यवहारिक हकमा त हुनसक्छ, कही कसैलाई धोका दिइएको पनि । तर जानीजानी दिएको थाहा छैन ।
आरोप : चार
रक्तकुण्ड दरबारको सुसारेको भनाइ रेकर्ड गरेर खरखरी उतारेको हो । त्यो उपन्यास नै होइन । होइन, त्यो पूर्ण रुपमा अनुसन्धानमा आधारित उपन्यास हो । तर त्यसलाई अभिव्यक्त गर्न धाइसुसारे पात्र निर्माण गरियो । पात्र यसरी बनाइयो कि मानिसलाई विस्वस्त बनाइयो । त्यो कलामा म सफल भएको ठान्छु । त्यसको लागि मैले डेढ दुइसय किताब नै पढेको छु । २०/२५ वटा किताबको त सन्दर्भ सूची नै छ । दर्जन बढी मानिस भेटेको छु । त्यसैले यो आरोप मिथ्या हो ।
आरोप : पाँच
अविरल माओवादीप्रति निकै पूर्वाग्रही छ । उसको पछिल्लो उपन्यास ‘रक्तबीज’ त्यसैको उदाहरण हो । त्यस्तो देखिन सक्छ । तर मैले उपन्यासमा तथ्य लेखेको छु । माओवादीबारे जति सूचना मसम्म आएका छन्, त्यसको १० प्रतिशतमात्रै मैले ‘रक्तबीज’मा हालेको छु । म त अब प्रचण्डमाथि नै अर्को उपन्यास लेख्न खोज्दैछु । उनीहरुले गरेको राम्रो पक्ष छ, उनीहरुले जुन चेतनाको लहर ल्याए, त्यो राम्रो हो । तर नकारात्मक पक्ष धेरै भए । जो जनयुद्ध लडेका, भोगेका र घाइतेहरुको बिचल्ली भइरहेको बेला जसरी नेताहरुमा नवसामन्तवाद मौलाएको छ नि, त्यसको भण्डाफोर गर्ने काम त भएकै छैन । मलाई नपचेको कुराचाहिं त्यो हो । ‘कमाओवादी पार्टीको पोस्टमार्टम’ भन्ने अर्को किताब लेख्ने क्रममा तयार गरेको सामग्रीको दशांस यसमा प्रयोग गरेको हुँ । बाँकी तथ्य त्यसमा आउँछ । म आफ्नो तथ्यमा ढुक्क छु । आफ्नो आत्मालाई नढाटी इमान्दार भएर लेख्दा पनि कसैले पूर्वाग्रही भन्छ भने मेरो भन्नु केही छैन । कसैले पूर्वाग्रही देख्नु उसको दृष्टि हो । कसैलाई देख्नै हु“दैन भनेर लाद्नु त फेरि माओवादी प्रवृत्ति हुन्छ । त्यो म चाहन्न ।
आरोप : छ
दरबार नभएको भए कृष्ण अविरल लेखक नै हुने थिएन । दरबारको कुरा लेखेरमात्रै चर्चामा आएको हो । मैले दरबारको कुरामात्रै लेखेको छैन । लालचुडी, विषपुरुष र जल्लादको मनलाई पनि पाठकले मन पराएका छन् । मसँगबाट पाठकले मायाप्रेम, शोषण, अत्याचारका कुराभन्दा पनि अनुसन्धानको कुरा खोज्दा रहेछन् । मैले त्यही बाटो अपनाएको हुँ । त्यसै क्रममा दरबारको बिषयमा पनि लेखेको हुँ ।
आरोप : सात
‘खतरा’ नाम राखेर अविरलले हावादारी लेख्छ । यो किताब बिकाउने मेसोमात्रै हो । लालचुडी, जयमाया, डोबका काँडाहरुजस्ता नाम कसरी नाम हुन्छ र ? अरु किताबको नाम पनि मैले बिषयलाई सम्बोधन गर्नेगरी नै राखेको छु । मैले हावादारी लेखेको छ कि छैन भन्ने कुरा त अध्ययन गरेरमात्रै थाहा हुन्छ । मैले कहीं पनि आफ्नो इमान्दारिता गुमाएको छैन । शिर्षकसग नमिल्दो पुस्तक लेखेको छु भन्ने लाग्दैन । किनभने पहिल्यै मैले मेरो सर्कलमा पढ्न दिएको हुन्छु र सान्दर्भिकता जाँचेको हुन्छु । छ महिना त सम्पादनमै समय खर्च गर्छु । तर पनि कसैले त्यस्तो देख्छ भने देख्न पाउँछ ।
आरोप : आठ
पत्रकारितामा खासै सफल नभएको कारण त्यसले निर्माण गरेको छिद्र खोजेर अविरल लेखक भएको हो । असफल भनूँ भने मैले ल्याएको मान्छेहरु यो देशका सबभन्दा ठूलो सम्पादक छन् । मैले लेखेका समाचारको अहिले पनि चर्चा हुन्छ । त्यसैले सफल या असफल कसरी छ्ट्याउने ? तर फेरि म सक्रिय पत्रकारितामा आउँछु । अहिले प्रकाशनमा लागेको छु, यसलाई स्थापित गरेपछि फेरि आउँछु । पत्रकारिता चटक्कै छोडेको चाहिं होइन ।
आरोप : नौ
कृष्ण अविरल आफ्नो कृतिबारे बढी नै हल्ला गर्छ । कसरी हल्ला भयो र ? पछिल्लो उपन्यास ‘रक्तबीज’बारे मिडियामा एउटा समीक्षाबाहेक केही अाएकै छैन । बिज्ञापन अलि–अलि गरेको छु । ‘प्रयोगशाला’को विज्ञापनमा २० लाख खर्च गरिएको थियो । ‘खुशी’ मा १६ लाखको हाराहारी खर्च गरिएको थियो । मेरो त बल्ल डेढ लाख पुगेको छ । यसलाई के हल्ला भन्नु ?
आरोप : दश
अविरलले कसैलाई लेखक नै गन्दैन । त्यसैले उसले समीक्षामा आलोचनामात्रै लेख्छ । त्यसो होइन । म सकारात्मक सोच राख्ने मान्छे हुँ । त्यसैले लेखकको राम्रो पक्ष खोजी हिड्छु । पछिल्लो उदाहरण घोस्ट राइटिङ नेपालले आयोजना गरेको सिर्जनशील लेखनको कक्षामा गएर बुझ्दा हुन्छ, त्यहाँ मैले फलाना–फलाना लेखक अब्बल छन् भनेर खुलेर भनेको छु । तर एउटा कुराचाहिं हो कि म राम्रोलाई राम्रो भन्छु, नराम्रोलाई नराम्रै भन्छु । पछाडि भन्दिनँ । अगाडि नै भन्छु । फरक यतिमात्रै हो । हरि अधिकारीको दुई बर्षमा ५ सयप्रति पनि नबिकेको ‘साठी बर्षपछि’ किताबको पनि मैले राम्रा पक्षको पनि चर्चा गरेको छु मैले । त्यसैले कसैले कृष्ण अविरलले कसैलाई लेखक गन्दैन भन्छ भने उसले मलाई चिनेकै छैन । प्रस्तुति : कला अनुरागी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending