Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भेडी गोठालोबाट मालिक

\"rolpa_sheep-750\"लिबाङ, ११ कात्तिक । विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बनेका छन् । कुनै समयमा आयआर्जनको बाटो नहुँदा मुस्किलले एक छाक मात्रै खाएर जीवन गुजार्दै आएका कामीको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आएको छ । साँझ बिहानको छाक टार्नकै लागि केहीवर्ष अगाडिसम्म अरुको बाख्रा चराउँदै वन वनमा विरहका गीत गाउँदै हिँड्ने उनको सम्पत्तिको नाउँमा एक त भिरालो जमिन त्यसमा पनि जङ्गलको बीचमा सानो घर थियो । आयस्रोतका बाटाहरु नहुँदा आफूलाई दैनिक जीवनयापन गर्न हम्मे हम्मे पर्ने गरेको कामीले बताए । साँझ खायो बिहान के खाने, बिहान खायो साँझ के खाने भन्ने कुरा नै उनको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको थियो त्यतिबेला । चाडपर्वका बेला होस् वा अन्य समयमा घरमा पाहुना आउँदा एकातिर आफूलाई खुसी लाग्ने भए पनि अर्कोतिर दुःखी हुने गरेको उनले बताए । चोर्न मिल्दैन, पाहुनालाई भोकै राख्न पनि भएन भन्ने सोच राख्नुहुने उनको मन पाहुना आउँदा साह्रै पिरोलिन्थ्यो । सानो परिवार भएका कामीकी श्रीमतीको केही वर्ष पहिले मृत्यु भइसकेको छ । हाल उनको परिवारमा दुई छोरा, एक छोरी, वृद्ध भाउजू र उनीमात्र छन् । वृद्ध भाउजूले कुनै पनि काममा सघाउन नसक्ने उनले बताए । तर पनि सानै परिवार चलाउन गाह्रो भएका कामीलाई पाहुना आउँदा शिरमाथि पहाड खसेजस्तो हुन्थ्यो । यसरी दुःख सुखका बीच जीवन गुजार्दै आउनुभएका कामीले केही वर्ष पहिले गाउँकै दिलै पुन मगरको तीन भेडा र चार बाख्रा गरी जम्मा सातवटा बस्तुभाउ अधियाँमा लिएर पाल्न सुरु गरेको स्मरण सुनाए । त्यसै समयमा उनकोे गाविसमा गरिबी निवारण कोषको कार्यक्रम लागू भयो । उनले आफूलाई पनि कोषको बाजा सामुदायिक संस्थामा कोषाध्यक्षका रुपमा आबद्ध गराए । त्यसपछि उनको जीवनमा विस्तारै सफलता र खुसीका रेखाहरु कोरिन थाले । कोषले उक्त समूहलाई आयआर्जनका लागि अनुदान दिएपछि उनले बाख्रापालनका लागि १८ हजार रूपैयाँ ऋण लिएर केही समयपछि अधियाँमा पालेका सातवटै भेडाबाख्रा आफ्नो बनाए । त्यसपछिका दिनमा बिस्तारै बिस्तारै उनको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको गरिबी निवारण कार्यक्रमका सामाजिक परिचालक मूलमान मगरले जानकारी दिए । कामीले हालसम्म दैनिक खर्च, छोराछोरीको विद्यालय खर्च, औषधि उपचार खर्चलगायत अन्य सम्पूर्ण खर्च कटाएर करिब ५० वटा जति भेडाबाख्राबाट चार लाख रूपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् भने अझै उनीसँग केही भेडाबाख्रा बाँकी नै छन् । यसरी उनले सामुदायिक संस्थाबाट लिएको ऋण पनि सबै फिर्ता गरिसकेको जानकारी दिँदै भने, “गरिबकै लागि सञ्चालन भएको यो कार्यक्रमले मलाई मात्र नभई मजस्ता गरिबलाई साँच्चै ठूलो गुन लगाएको छ । यो कार्यक्रम हाम्रो जीवनमा मात्र होइन हाम्रा छोरानातिको पालासम्म पनि पुस्तौँ पुस्ता चलिरहोस् ।” यसरी जिल्लामा २०६३ वैशाखदेखि सहयोगी संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रम हाल जिल्लामा पाँचवटा सहयोगी संस्था मार्फत ४२ गाविसमा विस्तार भइसकेको गरिबी निवारण कोषका कार्य प्रबन्धक दीपक केसीले जानकारी दिए । उनका अनुसार यसै आवभित्र यो कार्यक्रम जिल्लाका सबै गाविसमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । यसले गरिबीको रेखामुनि रहेका गरिब घरधुरी पहिचान गरी उनीहरुको मागमा आधारित रहेर आयआर्जन र भौतिक पूर्वाधारका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत जिल्लामा आयआर्जनतर्फ पशुपालन, तरकारी खेती र किराना पसल सञ्चालन हुँदै आएको छ भने भौतिक पूर्वाधारतर्फ सिँचाइ, खानेपानी, साना लघुजलविद्युत्, विद्यालय भवन, बाटोघाटो, पुलपुलेसोको निर्माण कार्य भइआएको छ । यस कार्यक्रमबाट जिल्लामा हालसम्म ५४५ सामुदायिक संस्थामा आबद्ध १६ हजार २५७ घरधुरी लाभान्वित भइसकेको केसीले जानकारी दिए । भनिन्छ, मेहनतको फल जति मीठो हुन्छ मेहनत गर्न त्यति नै कठिन हुन्छ । तर लगनशील भएर आफ्नो काममा इमान्दारिताका साथ लागे अवश्य सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् कामी । बर्सेनि घरपरिवार छोडेर खाडी मुलुकमा जाने युवा वर्गका लागि उनी गतिलो उदाहरण बनेका छन् । यसरी नै हरेक रोल्पालीले देशमै श्रम खर्चिन सकेमात्र नयाँ नेपालको परिकल्पना साकार हुनेमा दुई मत छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies