Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सशस्त्र प्रहरीबलको स्थापना दिवसमा किन गएनन् पूर्व महानिरीक्षकहरु ?

काठमाडौँ, ११ कात्तिक । सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन । कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित थिए । तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ र यस सम्बन्धी अदालती प्रक्रिया जारी छ । सोही कारण पूर्व महानिरीक्षकहरु कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ । बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिवाकर केसीले सबै पूर्व महानिरीक्षकहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए । उनले भने, “हामीले सबै पूर्व महानिरीक्षकहरुलाई आमन्त्रण गरेका थियौँ । उहाँहरु किन आउनुभएन, त्यसको जानकारी भएन ।” बलका हालसम्मका सात पूर्व महानिरीक्षकमध्ये संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणमा मृत्यु भएको थियो । त्यसपछिका महानिरीक्षक सहवीर थापाको छ वर्षअघि निधन भएको थियो । माओवादी जनयद्ध फैलिरहेको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो । बलका अधिकाँश नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि यो सङ्गठनको प्रतिष्ठामा धक्का लागेको छ । भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ । नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतकङ्कारी गतिविधि र दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ । त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ । पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई सङ्गठनबीच विवाद देखिएको थियो । बलका तत्कालीन महानिरीक्षक वन्त भ्रष्टचार मुद्दामा निलम्बित भएपछि महानिरीक्षक बन्नुभएका दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको आपसी सम्बन्धमा अहिले सो विषय थामथुम पारिएको छ । तर भोलिका दिनमा फेरि सो विषय बल्झने प्रशस्त सङ्केत देखिएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा सुरक्षाविज्ञले जोड दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending