Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

राजनीतिको नयाँ कोर्षः यसरी कसिँदैछ तीन दलको गाँठो

\"prachanda_oli_deuwa\" काठमाडौं, ११ कात्तिक । डेढ वर्षअघि गएको विनाशकारी भूकम्पपछि उत्तर र दक्षिण ध्रुवमा देखिएका प्रमुख दलका नेताहरु एक ठाउँमा उभिए । प्राकृतिक विपत्ति परेका बेला एक हुनुपर्ने भन्दै पहल थालेका प्रमुख तीन दलका नेताहरु एक भएर संविधान जारी गर्ने तहसम्म आइपुगे । विनाशकारी भूकम्प विग्रिएको नेपाली राजनीतिका लागि अचुक अस्त्र बन्न पुग्यो । उनीहरुले संविधान जारी गर्दै आलोपालो सरकारको नेतृत्व लिने र भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणमा एक हुने बाचा गरे । तर कांग्रेस, एमाले र एमाओवादी एक भएर संविधान जारी गरिएपछि शुरु भएको सत्ता राजनीतिमा फेरि बैमनस्यता चुलिन थाल्यो । एक भएर संविधान जारी गरिए पनि सरकार गठनमा एमाले र माओवादी एक ठाउँमा भए पनि कांग्रेस अलग भयो । ब्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल कांग्रेस नै प्रमुख प्रतिपक्ष बन्न पुग्यो भने मधेसवादी दलहरुले आन्दोलन चर्काइरहे । मधेसवादी दलहरुको आन्दोलनसँगै भारतीय नाकाबन्दीले अर्को संकट निम्त्यायो । लामो समयको मधेस आन्दोलन विस्तारै शिथिल हुँदै गयो । सरकारले मधेसको आन्दोलन टुंगिने गरी सहमति गर्न सकेन भने पुनःनिर्माणको कामले पनि गति लिन सकेन । एमाले–माओवादी गठबन्धन तोडियो, कांग्रेस–माओवादीको नयाँ गठबन्धन भयो । कांग्रेस–माओवादी गठबन्धन बनेर आफ्नो सरकार ढालेपछि रुष्ट भएका एमाले अध्यक्ष ओली फेरि नयाँ गठबन्धनसँग आक्रोशित हुन थाले । जसका कारण प्रमुख तीन दलका शीर्ष नेताहरु एक ठाउँमा बसेर छलफल गर्ने वातावरणसमेत बनेन । अहिले पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले–माओवादी सांसदले महाभियोग प्रस्ताव दर्ता गराएपछि फेरि राजनीतिले नयाँ कोर्ष लिने संकेत गरेको छ । सत्ता साझेदार दलले एमालेसँग मिलेर महाभियोग लगेको भन्दै रुष्ट बनेको कांग्रेसलाई महाभियोगका विपक्षमा जान जनमतले दिएन । शंका, उपशंका र राजनीतिक प्रतिशोधका कारण सत्ता गठबन्धनमै दरार पैदा गर्दा कांग्रेसले गम्भीर क्षति ब्यहोर्ने मात्र होइन, नेपाली राजनीति फेरि संकटमा फस्ने भएपछि प्रमुख तीन दल एकतावद्ध हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठनपछि संवादसमेत नगरेका प्रमुख तीन दलका नेताहरु बुधबार बालुवाटारमा छलफल गरे । महाभियोग प्रस्तावमा मात्र होइन, निर्वाचनसम्म नै संवाद जारी राख्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने निश्कर्ष तीनै शीर्ष नेता पुगेका छन् । तीन दलका शीर्ष नेताहरुबीच झण्डै डेढ घण्टा भएको छलफल सकारात्मक बनेपछि नेताहरुमा राजनीतिक सुधारको आशा पलाएको छ । वैठकपछि बुधबार नै प्रधानमन्त्री प्रचण्डले केही सम्पादकहरुसँग कुरा गर्दै सकारात्मक सन्देश प्रवाह गरे । महाभियोग प्रस्तावदेखि निर्वाचनसम्म नै एकताबद्ध हुने सहमति भएको प्रचण्डले बताए । त्यसका लागि संविधान संशोधन गर्ने निश्कर्षमा तीन नेता पुगेका छन् । प्रदेशको सीमांकन, भाषा विवाद, नागरिकता र माथिल्लो सभाका सन्दर्भमा संविधान संशोधन गर्ने गरी दलहरुबीच छलफल चलेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले प्रदेश सीमाकंनमा झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई चलाउन नहुने तहमै छलफल केन्द्रित भएकोसमेत स्पष्ट गरे । यसले प्रमुख तीन दल फेरि एक भइ गाँठो कसेर अघि बढ्ने बाटोमा देखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending