Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेपाल–भारत सीमा विवादबारे दिल्लीमा छलफल

\"susma-prakashman-750\"काठमाडौं, ११ कात्तिक । नेपाल–भारत सीमा विवादबारे दिल्लीमा छलफल शुरु भएको छ । बुधबार भएको नेपाल–भारत सचीवस्तरीय बैठकमा दुई देशको सीमा विवाद तथा ब्यवस्थापनबारेमा छलफल भएको थियो । विहीबारको दुई देशका विदेशमन्त्रीस्तरीय बैठकमा पनि यस विषयमा छलफल हुनेछन् । दुई देशको सचिव स्तरीय बुधबारको बैठकमा व्यापार र वाणिज्य, उर्जा र जलस्रोत, संस्कृति र सञ्चारका विषयमा पनि छलफल आरम्भ भएको छ । परराष्ट्र स्रोतकाअनुसार दुई देशको मन्त्रीस्तरीय बैठकमा पनि यीनै विषयमा मुर्त रुप दिइनेछ । विगतमा भएका सम्झौताकाआधारमा नै मुख्यत यी चार विषयमा छलफल हुने परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए । दुई देशका मन्त्रीस्तरीय छलफलमा भाग लिन परराष्ट्रमन्त्री महत बुधबार दिल्ली पुगेका थिए । खासगरी दुई देशको सीमा विवाद तथा ब्यवस्थापनको विषयमा बैठकले निर्णय गर्नेछ । सुस्ता र कालापानीमा लामो समयदेखि सीमा विवाद कायमै रहेकाले यसको समाधान गर्नका लागि प्राविधिक विषयमा छलफल हुने जनाइएको छ । विगतमा सहमति भइसकेका विषयलाई कार्यान्वनयको प्रक्रियामा लैजाने तथा दुई देशको मन्त्रीस्तरीय बैठकले सम्बन्ध सुदृढ हुने विश्वास पनि मन्त्री महतका छ । यस्तै, सिमापार आतंकवाद नियन्त्रण गर्ने विषयमा पनि गम्भीर ढंगले छलफल हुने भएको छ । यसअघि नै सहमति भएको एकीकृत चेकपोष्ट निर्माण कार्यलाई अगाडि बढाउने विषयमा पनि छलफल हुने जनाएको छ । मन्त्री महतकाअनुसार मन्त्रीस्तरीय वैठकमा वाणिज्य र ब्यापारका विषयमा पनि छलफल हुनेछ । ब्यापार घाटा तथा नेपाली उत्पादन निर्यात नेपालका प्राथमिकतामा छ । त्यसैगरी विसखापटन बन्दरगाहमा नेपालको फिल्ड कार्यालय स्थापनामा देखिएका स्थानीय समस्याहरु तथा कलकत्ता बन्दरगाहमा नेपाली व्यवसायीले भोगेका समस्याहरुको विषयमा पनि छलफल हुनेछ । मन्त्री महतले मन्त्रीस्तरीय वैठकमा भाग लिएर शुक्रबा स्वदेश फर्किने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending