Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

तीन दल मिले मात्र संविधान कार्यान्वयन : कोइराला

\"Shekhar-Koirala\"रुपन्देही, १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं– ४ ले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने – मुलुकका लागि अहिले संविधान कार्यान्वयन गर्नु मुख्य कार्यभार हो, यसका लागि प्रमुख तीन दल साना–साना मुद्दा विभाजित नभएर एकजुट हुनुपर्छ । नेता कोइरालाले बिशेषगरी काँग्रेस, माओवादी (केन्द्र) र एमालेले मधेसी मोर्चासँग मिलेर संविधान कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्दै एमालेलाई उपेक्षा गरेर संविधान संशोधन गर्न नसकिने बताए । संविधानको निर्माणका लागि निक्कै महत्वपूर्ण योगदान दिएको नेपाली सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले लोकमान प्रकरणमा संसद् तथा नेताको बिशेष ध्यान छ तर संविधान कार्यान्वयनमा कसैले नबोलेको भन्दै गुनासो व्यक्त गरे । नेता कोइरालाले सत्ताको नतृत्व गरेका पार्टी (माओवादी केन्द्र)ले सरकारका सहयात्री काँग्रेससँग कुनै सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष दल (एमाले) सँगको साँठगाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग प्रस्ताव ल्याइनु बेठिक भएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्की पहिलेदेखि गलत व्यक्ति भएको समेत बताए । काँग्रेसका अर्का नेता आन्नदप्रसाद ढुङ्गनाले काँग्रेसले जारी गरेको सविधान कार्यान्वयनका लागि पनि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउँदै कार्यकर्ताको भावनालाई बुझेर आगाडि जाने भन्दा पनि नेताले नै गुट उप गुटमा लाग्दा तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको बिचार व्यक्त गरे । नेविसङ्घका पूर्व सभापति तथा सभासद् रञ्जित कर्णले अहिले लोकमानसिंह कार्कीको विषय उठाएर एमाले र माओवादी केन्द्रले संविधानलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाए । संवैधानिक निकायमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending