Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतीय माओवादीसँग शान्ति वार्ताको पहल गर्न सुप्रिम कोर्टको निर्देशन

\"indian-maoist\"छत्तिसगढ, ६ कात्तिक । भारतीय माओवादीसँग शान्ति वार्ताको पहल गर्न भारतको सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । छत्तिसगढमा विशेष प्रहरी अधिकारीद्वारा आदिवासीमाथि गरेको हमलाका मुद्दामा सुनुवाइ गर्दै न्यायाधीस मदन भीमराव लोकुर तथा आदर्शकुमार गोयलको संयुक्त इजसासले यस मुद्दामा कोलम्बिया, मिजोरम तथा नागाल्याण्डको पनि उल्लेख गरेको छ । गएको सन् २०११ मर्चमा भारतको सुकमा जिलको ताडमेटला, मोरपल्ली तथा तिम्मापुरमा आसिबासीको २५२ घर जलाईएको थियो भने तीन आदिवासीको हत्या समेत गरिएको थियो । उक्त गाउँमा केही महिलाहरुलाई बलात्कार गरिएको घटना पनि आएको थियो । सन् २०११ मार्च २६ मा भएको उक्त घटना अनुगमनका लागि गएका स्वामी अग्निवेशमाथि पनि प्रहरी संरक्षणबाट चलाइएको सलवा जुडुमका ब्यक्तिले हमला गरेका थिए । तर उक्त घटनामा तत्कालिन प्रहरी अधिकारीले उक्त घटनाका लागि माओवादी जिम्मेवार रहेको ठहर गरेका थिए । दिल्ली विश्वविद्यालयका प्राध्यापक नन्दिनी सुन्दर तथा सामाजिक कार्यकर्ता स्वामी अग्निवेश दुवैजनाले घटनामा प्रहरी नै जिम्मेवार रहेको ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उसको निर्देशनपछि सीबीआइले जाँच शुरु गरेको थियो । शुक्रबार यस मुद्दाको सुनुवाइपछि उजुरीकर्ता सामाजिक कार्यकर्ता स्वामी अग्निवेश तथा नन्दिनी सुन्दरले हत्या तथा बलात्कारको घटना छत्तिसगढ प्रहरीले दबाएको दाबी गरे । अहिले भएको सर्वोच्च अदालतमा सीबीआईको अनुसन्धान रिपोर्टलाई लिएर अदालतले दिएको जुनसुकै निर्देशन पनि पालना गर्ने भारतीय जनता पार्टीले जनाएको छ । माओवादीका विरुद्ध छत्तिगढ सरकारको अभियानबाट माओवादी कमजोर भएकै कारण सुरक्षा बललाई लिएर दुश्प्रचार गरिएको भारतीय जनता पार्टीका छत्तिसगढका प्रवक्ता तथा विधायक श्रीचन्द सुन्दरानीको दाबी छ । छत्तिसगढ कांग्रेस प्रवक्ता ज्ञानेश शर्माले भने आफूहरुले गरेको आरोपको सीबीआई रिपोर्टले पुष्टी गरेको बताए । माओवादी उन्मुलन गर्ने नाममा निर्देशन आदिवासीको हत्या तथा प्रहरी आतंकको स्वीकार गरिएको छैन । रायपुरमा सीबीआईको विशेष अदालतमा पेश गरिएको आफ्नो रिपोर्टमा सिबीआईले भनेको छ– सन् २०११ म सुकमा जिल्लाको ताडमेटला, मोरपल्ली तथा तिम्मापुरमा ३२३ विशेष प्रहरी अधिकारी, प्रहरीकर्मी, कोबरा बटालियन ११४ तथा सीआरपीएफका ३० जवानले अपरेशन चलाएका थिए । (बीबीसी हिन्दीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending