Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रचण्डको खुट्टामा ओलीको छिर्के : ओली हिरो हुन खोज्दा कांग्रेस बिच्कियो

\"prachanda_oli\"काठमाडौं, ५ कात्तिक । बुधबार सदनमा सम्बोधन गरेका प्रधानमन्त्री पुस्पकमल दाहालले सम्बोधन लगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने समय मिलाएका थिए । सम्बोधनमा भारतको गोवा भ्रमण लगायतका विषयमा स्पष्ट भनाई राखेका प्रचण्डको स्पष्टिकरणपछि सबै दलका संसदहरुसमेत भ्रमण उपलब्धिमुलक रहेको निष्कर्षमा पुगे । ओलीको आग्रहमा भएको ओली–प्रचण्ड भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग लगाउनेबारेमा छलफल भयो । महाअभियोगको प्रस्ताव लिएर पुगेका ओलीलाई प्रचण्डले उल्टो भने, –हिजो तपाई प्रधानमन्त्री हुँदा मैले प्रस्ताव राख्दा मान्नुभएन, आज तपाई नै लिएर आउनुभयो । तपाईमाथि कसरी विश्वास गर्ने ? भनेर सोधे । सभाषदहरुको हस्ताक्षर समेत बोकेर पुगेका ओलीलाई प्रचण्डले फेरि भने, –महाअभियोग कांग्रेसविना पास हुँदैन । कांग्रेससँग छलफल गरौं, म त हिजै तपाईको पालामा तयार थिए । लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि छलफलमा बोलाइयो । देउवाले आफू महाअभियोग लगाउन तयार भएको तर पार्टीमा छलफल नगरी निर्णय नदिने बताएर हिँडे । देउवा हिँडेपछि प्रचण्ड र ओलीबीच दुई पार्टीबीचको सम्बन्धलाई लिएर समेत कुरा भयो । तित्तता र दुरी घटाउँदै जाने प्रचण्डको प्रस्तावमा ओलीले समर्थन जनाए र संवादमा रहने बताए । प्रचण्ड पनि उठेर हिँडे । बाटोमा माओवादीका नेता उर्जामन्त्री जनार्दन शर्मासँग प्रचण्डको भेट भयो । हिँड्दाहिड्दै शर्माले अभियोगको प्रस्तावबारे के भयो भनेर सोधे । हतारिएका प्रचण्डले लामो कुरा गरेनन्– अँ गर्ने भन्ने भएको छ, कांग्रेसमा कुरा हुँदैछ भने । महाअभियोगका लागी हस्ताक्षर बोकेर बसेका एमालेका सचेतक भानुभक्त ढकाल र शर्माबिच कुरा भएपछि महाअभियोग प्रस्तावका लागी एमालेका संसदको मात्रै हस्ताक्षरले नपुग्ने भयो । जनार्दनले अर्कै प्रयोजनमा रहेको माओवादी संसदको हस्ताक्षर आफुसँग रहेको र त्यो प्रयोग गर्न सकिने बताए । शर्मासँग माओवादी संसदको हस्ताक्षर रहेको रिपोर्ट ओलीसँग ढकालले गरे । यो सुनेका ओलीले महाअभियोग प्रस्ताव दर्ता गर्न ढकाललाई अह्राए । महाअभियोग दर्ता भएको लगत्तै थाहा पाएका प्रचण्डले आफ्नै संसदहरुको पनि संलग्नता रहेको कुरा बेलुकी ७ बजेपछि मात्रै थाहा पाए । प्रचण्डलाई ओलीको छिर्के बुझ्न समय लागेन । उनले लगत्तै सत्ता साझेदार देउवासँग सम्पर्क गरे र यर्थाथ कुरा राखे । देउवा र प्रचण्डबीचको कुराकानीमा देउवाले एमाले माओवादीको सम्बन्धप्रति महाअभियोगकै विषयलाई लिएर आशंका व्यक्त गरेका थिए । माथि उल्लेखित घटनाक्रमले के देखाउँछ भने –ओलीले तीन दलीय सहमतिमा गर्नुपर्ने महाअभियोगको प्रस्तावमाथि खेलेर आफ्नो हिरो बन्न खोजेको प्रष्टै देखिन्छ । महाअभियोग लगाउने सहमतिमा उठेका देउवा र प्रचण्ड एक दिन समय लम्ब्याएर आआफ्ना दलको संस्थागत निर्णयमार्फत प्रक्रिया अघि बढाउन चाहन्थे । तर यो बुझेका ओलीले प्रचण्ड र देउवा दुबैलाई झुक्याउँदै आफ्नो अग्रसरतामा महाअभियोग दर्ता गरेको बाहिर दोखाउन सफल भए । ओलीको यहि बठ्याई र छिर्केले ओलीप्रति प्रचण्ड र देउवाको विश्वास त गुम्यो नै नेकपा माओवादी केन्द्रमा हस्ताक्षर दुरुपयोग गरेको भन्दै असन्तुष्टी चुलियो भने कांग्रेसमा माओवादी–एमालेको सम्बन्धलाई लिएर आशंकाको स्थिति बन्यो । जसले गर्दा सहजै दुई तिहाई पुग्ने महाअभियोग प्रस्ताव अहिले गुमराहमा परेको छ भने दुई तिहाई पुग्छ कि पुग्दैन भन्नेमा शंका बढेको छ । उसो त लोकमानलाई जोगाउन पर्छ भन्नेहरुको मत बलियो भएको कांग्रेसका केही नेताहरुलाई लोकमान जोगाउने निहुँ ओलीले बनाईदिएका छन् भने दलहरुबिच हुनपर्ने एकप्रकारको विश्वासलाई अविश्वासमा बदलिदिएका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसलाई महाअभियोगको प्रस्तावमा सहमति जुटाउन लागिपरेका छन् भने देउवा स्वंयमले भने महाअभियोगको लफडामा परिरहनुभन्दा लोकमानको राजिनामा दिलाउन लागि परिरहेको स्रोतहरु बताउँछ । यता ओली भने महाभियोगको प्रस्ताव पारित भएमा पनि जस आफूलाई आउने र पारित नभएमा पनि अपजस अरुलाई जाने भन्दै आफ्ना नजिककाहरुसँग बताउन थालेका छन् । एमाले किन तम्सियो ? ओली प्रधानमन्त्री हुँदा प्रचण्डले लोकमानमाथि महाअभियोगको प्रस्ताव लगेका थिए । तर ओलीले त्यसलाई ठाडै इन्कार गरेका थिए । पछिल्लो समय लोकमानको मुद्धा सर्वोच्चले हेर्न थालेपछि लोकमान कहिले माओवादी त कहिले एमालेका नेताहरुलाई जिस्क्याइरहेका थिए । माओवादीको शिविर प्रकरणबारे खनिएका लोकमान पछि बुझे कि उक्त प्रकरण अख्तियारले हेर्नै मिल्दैन । किनकी शिविर प्रकरणको निर्णय मन्त्रिपरिषदको निर्णय थियो । यो देखेपछि लोकमान एमालेतिर सोझिएका थिए । उनले स्वंय ओली लगायत मनामोहन मेडिकल कलेजलाई लिएर अनुसन्धान अघि बढाउने तयारी थिए । अख्तियार स्रोतका अनुसार बुधबार स्वादेश फर्किएका लोकमान विहिबार नै एमालेका नेताहरुमाथि अनुसन्धान गर्ने तयारीमा आएका थिए । सोही दिन उनीमाथि महाअभियोग दर्ता भएपछि एमाले नेताहरु जोगिएका छन् । अख्तियार आफूतिर फर्किन थालेको सूइँको पाएका ओलीले माओवादी नेताहरुलाई अख्तियारले तान्दै गरेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies