Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रचण्डको खुट्टामा ओलीको छिर्के : ओली हिरो हुन खोज्दा कांग्रेस बिच्कियो

\"prachanda_oli\"काठमाडौं, ५ कात्तिक । बुधबार सदनमा सम्बोधन गरेका प्रधानमन्त्री पुस्पकमल दाहालले सम्बोधन लगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने समय मिलाएका थिए । सम्बोधनमा भारतको गोवा भ्रमण लगायतका विषयमा स्पष्ट भनाई राखेका प्रचण्डको स्पष्टिकरणपछि सबै दलका संसदहरुसमेत भ्रमण उपलब्धिमुलक रहेको निष्कर्षमा पुगे । ओलीको आग्रहमा भएको ओली–प्रचण्ड भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग लगाउनेबारेमा छलफल भयो । महाअभियोगको प्रस्ताव लिएर पुगेका ओलीलाई प्रचण्डले उल्टो भने, –हिजो तपाई प्रधानमन्त्री हुँदा मैले प्रस्ताव राख्दा मान्नुभएन, आज तपाई नै लिएर आउनुभयो । तपाईमाथि कसरी विश्वास गर्ने ? भनेर सोधे । सभाषदहरुको हस्ताक्षर समेत बोकेर पुगेका ओलीलाई प्रचण्डले फेरि भने, –महाअभियोग कांग्रेसविना पास हुँदैन । कांग्रेससँग छलफल गरौं, म त हिजै तपाईको पालामा तयार थिए । लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि छलफलमा बोलाइयो । देउवाले आफू महाअभियोग लगाउन तयार भएको तर पार्टीमा छलफल नगरी निर्णय नदिने बताएर हिँडे । देउवा हिँडेपछि प्रचण्ड र ओलीबीच दुई पार्टीबीचको सम्बन्धलाई लिएर समेत कुरा भयो । तित्तता र दुरी घटाउँदै जाने प्रचण्डको प्रस्तावमा ओलीले समर्थन जनाए र संवादमा रहने बताए । प्रचण्ड पनि उठेर हिँडे । बाटोमा माओवादीका नेता उर्जामन्त्री जनार्दन शर्मासँग प्रचण्डको भेट भयो । हिँड्दाहिड्दै शर्माले अभियोगको प्रस्तावबारे के भयो भनेर सोधे । हतारिएका प्रचण्डले लामो कुरा गरेनन्– अँ गर्ने भन्ने भएको छ, कांग्रेसमा कुरा हुँदैछ भने । महाअभियोगका लागी हस्ताक्षर बोकेर बसेका एमालेका सचेतक भानुभक्त ढकाल र शर्माबिच कुरा भएपछि महाअभियोग प्रस्तावका लागी एमालेका संसदको मात्रै हस्ताक्षरले नपुग्ने भयो । जनार्दनले अर्कै प्रयोजनमा रहेको माओवादी संसदको हस्ताक्षर आफुसँग रहेको र त्यो प्रयोग गर्न सकिने बताए । शर्मासँग माओवादी संसदको हस्ताक्षर रहेको रिपोर्ट ओलीसँग ढकालले गरे । यो सुनेका ओलीले महाअभियोग प्रस्ताव दर्ता गर्न ढकाललाई अह्राए । महाअभियोग दर्ता भएको लगत्तै थाहा पाएका प्रचण्डले आफ्नै संसदहरुको पनि संलग्नता रहेको कुरा बेलुकी ७ बजेपछि मात्रै थाहा पाए । प्रचण्डलाई ओलीको छिर्के बुझ्न समय लागेन । उनले लगत्तै सत्ता साझेदार देउवासँग सम्पर्क गरे र यर्थाथ कुरा राखे । देउवा र प्रचण्डबीचको कुराकानीमा देउवाले एमाले माओवादीको सम्बन्धप्रति महाअभियोगकै विषयलाई लिएर आशंका व्यक्त गरेका थिए । माथि उल्लेखित घटनाक्रमले के देखाउँछ भने –ओलीले तीन दलीय सहमतिमा गर्नुपर्ने महाअभियोगको प्रस्तावमाथि खेलेर आफ्नो हिरो बन्न खोजेको प्रष्टै देखिन्छ । महाअभियोग लगाउने सहमतिमा उठेका देउवा र प्रचण्ड एक दिन समय लम्ब्याएर आआफ्ना दलको संस्थागत निर्णयमार्फत प्रक्रिया अघि बढाउन चाहन्थे । तर यो बुझेका ओलीले प्रचण्ड र देउवा दुबैलाई झुक्याउँदै आफ्नो अग्रसरतामा महाअभियोग दर्ता गरेको बाहिर दोखाउन सफल भए । ओलीको यहि बठ्याई र छिर्केले ओलीप्रति प्रचण्ड र देउवाको विश्वास त गुम्यो नै नेकपा माओवादी केन्द्रमा हस्ताक्षर दुरुपयोग गरेको भन्दै असन्तुष्टी चुलियो भने कांग्रेसमा माओवादी–एमालेको सम्बन्धलाई लिएर आशंकाको स्थिति बन्यो । जसले गर्दा सहजै दुई तिहाई पुग्ने महाअभियोग प्रस्ताव अहिले गुमराहमा परेको छ भने दुई तिहाई पुग्छ कि पुग्दैन भन्नेमा शंका बढेको छ । उसो त लोकमानलाई जोगाउन पर्छ भन्नेहरुको मत बलियो भएको कांग्रेसका केही नेताहरुलाई लोकमान जोगाउने निहुँ ओलीले बनाईदिएका छन् भने दलहरुबिच हुनपर्ने एकप्रकारको विश्वासलाई अविश्वासमा बदलिदिएका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसलाई महाअभियोगको प्रस्तावमा सहमति जुटाउन लागिपरेका छन् भने देउवा स्वंयमले भने महाअभियोगको लफडामा परिरहनुभन्दा लोकमानको राजिनामा दिलाउन लागि परिरहेको स्रोतहरु बताउँछ । यता ओली भने महाभियोगको प्रस्ताव पारित भएमा पनि जस आफूलाई आउने र पारित नभएमा पनि अपजस अरुलाई जाने भन्दै आफ्ना नजिककाहरुसँग बताउन थालेका छन् । एमाले किन तम्सियो ? ओली प्रधानमन्त्री हुँदा प्रचण्डले लोकमानमाथि महाअभियोगको प्रस्ताव लगेका थिए । तर ओलीले त्यसलाई ठाडै इन्कार गरेका थिए । पछिल्लो समय लोकमानको मुद्धा सर्वोच्चले हेर्न थालेपछि लोकमान कहिले माओवादी त कहिले एमालेका नेताहरुलाई जिस्क्याइरहेका थिए । माओवादीको शिविर प्रकरणबारे खनिएका लोकमान पछि बुझे कि उक्त प्रकरण अख्तियारले हेर्नै मिल्दैन । किनकी शिविर प्रकरणको निर्णय मन्त्रिपरिषदको निर्णय थियो । यो देखेपछि लोकमान एमालेतिर सोझिएका थिए । उनले स्वंय ओली लगायत मनामोहन मेडिकल कलेजलाई लिएर अनुसन्धान अघि बढाउने तयारी थिए । अख्तियार स्रोतका अनुसार बुधबार स्वादेश फर्किएका लोकमान विहिबार नै एमालेका नेताहरुमाथि अनुसन्धान गर्ने तयारीमा आएका थिए । सोही दिन उनीमाथि महाअभियोग दर्ता भएपछि एमाले नेताहरु जोगिएका छन् । अख्तियार आफूतिर फर्किन थालेको सूइँको पाएका ओलीले माओवादी नेताहरुलाई अख्तियारले तान्दै गरेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending