Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अचानक कसरी दर्ता भयो महाअभियोग प्रस्ताव ?

\"lokman-singh-karki-750\"काठमाडौं, ५ कात्तिक । संसद्ले बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आउँछ भन्ने कसैलाई पत्तो थिएन । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खबर थाहा भयो । आखिर कसरी दर्ता भयो अचानक प्रस्ताव ? आजको कान्तिपुर दैनिकमा खबर छ– एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताले भने केही दिनअगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भएपनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् । सर्वोच्चको म्याद छल्न झन्डै तीन साताको विदेश बसाइबाट बुधबार मात्रै स्वदेश फर्किएका कार्कीले आफ्नो पक्षमा माहोल बनाउन केही नेतालाई भ्रष्टाचारको आरोपमा पुर्जी काट्ने आकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ । ‘निराधारै भए पनि उनले केही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो,’ गृहकार्यमा सहभागी एक नेताले भने, ‘कार्कीले अख्तियारको पुर्जी थमाउने र प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताको सूची नै तयार गरेको सूचना आएको थियो ।’ अख्तियार प्रमुखका रुपमा कार्कीले टंगालबाट सञ्चालन गरिरहेको समानान्तर सत्ताका कारण ओली, प्रचण्ड र देउवासहित प्रमुख दलका वरिष्ठ नेताहरु चिढिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending