Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यसरी सँगै भेटें मोदी–सीलाई : प्रचण्ड

\"pm-prachanda1\"काठमाडौं, २ कात्तिक । भारतको गोवामा सम्पन्न ब्रिक्स तथा बिमस्टेकका सदस्य देशहरुको शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न स्वदेश फर्किएका छन् । औपचारिक भेटवार्ता, सम्मेलन र बैठकभन्दा पनि प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एक्लै र त्यसपछि सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको सामूहिक अप्रत्यासित भेटवार्ताले राष्ट्रिय चर्चा बटुलेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रचण्डले यो भेटवार्ता पूर्वनिर्धारित नरहेको बताएका छन् । कसरी सम्भव भयो त चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग प्रचण्डको रोचक भेटवार्ता ? स्वदेश फर्केलगत्तै त्रिभूवन विमानस्थलमा पत्रकारहरुलाई प्रचण्डले यसरी बताए : शनिबार साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक वार्ता सकिएपछि हामी आफू बस्ने होटेलमा फर्किन लागेका थियौं । प्राविधिक कारणले केहीबेर वार्ता भएकै स्थान नजिक विशेष प्रतीक्षा कक्षमा हामीले कु्र्नुपर्याे । प्राविधिक कारण भन्नलो ब्रिक्स सदस्य देशका सरकार/राष्ट्रप्रमुखहरु त्यही बाटोबाट आउनुपर्ने भयो । परराष्ट्रमन्त्रीजी लगायत अरु नेपाली टोली बाहिरियो । विशेष प्रतीक्षा हलमा बसिरहेको थिएँ, चीनका राष्ट्रपति म भएकै स्थानमा आइपुग्नुभयो । समय मिलाएर चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग अलगअलग वान टु वान कुराकानी गर्न मलाई मन लागिरहेको थियो । त्यहाँ त ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । म बसिरखेकै ठाउँमा चिनियाँ राष्ट्रपति आएपछि उहाँसँग हार्ट–टु–हार्ट कुरा भयो । मैले उहाँलाई नेपाल भ्रमणमा आउनुपर्छ भनें । हिजो चीनसँग भएका सहमति, सम्झौता कार्यान्वयन, नेपालको विकासको आवश्यकता, शान्तिप्रक्रिया टुंग्याउने र संयविधानका विषयमा २० मिनेटजति उहाँसँग खुलाखुला कुराकानी भयो । त्यो बिल्कुलै अनौपचारिक कुराकानी थियो । कुनै योजनाबद्ध थिएन । सी जिनपिङसँग यस्तो राम्रो सीधासीधा कुरा गर्ने अवसर बन्यो त्यो क्षण मेरा लागि । \"pm-prachanda-xi-modi\" मेरो र चिनियाँ राष्ट्रपतिबीच कुराकानी भइरहेका बखत भारतीय प्रधानमन्त्री पनि त्यहाँ आइपुग्नुभयो । किनभने ब्रिक्स सदस्य देशका सरकार÷राष्ट्रप्रमुखहरु त्यो स्थानमा जुट्ने कार्यक्रम पहिल्यै तय भइसकेको थियो । तर ब्रिक्स देशका सरकार तथा राष्ट्रप्रमुख त्यहाँ आउन एकैपटक जुरेन, कोहीको जहाज ढिला भयो, कोहीको बाटोमा अप्ठ्यारो भएका कारण ढिला हुन गएको अवस्था थियो । भारतीय प्रधानमन्त्री मोदीजी आइसकेपछि हामी तीनजना भयौं त्यो प्रतिक्षा हलमा । यो वास्तवमा मेरा लागि नभएर नेपाल राष्ट्र र जनताका लागि ठूलो अवसर र सुखद संयोग हुन पुग्यो । त्यसबेला प्रतीक्षालयमा भारतीय प्रधानमन्त्री दक्षिणतिर, चिनियाँ राष्ट्रपति उत्तरतिर र म बीचमा भएँ । मैले उहाँहरुसँग दुईवटा विशाल छिमेकीको बीचमा म भनेर कुरा सुरु गरेको थिएँ । मैले त्यही बेला भनें, सुरुदेखिनै त्रिदेशीय साझेदारीको महत्वको कुरा राख्दै आएको छु । मैले भनें,‘ आज यस्तो राम्रो अवसर मिल्यो । मैले आफ्नो कुरा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग एकैचोटी राख्न पाएँ । नेपाल सानो मुलुक छ अनि आर्थिक दृष्टिकोणले पछाडि परेको पनि छ । तर पनि भारत, चीन र नेपालको बीचमा त्रिदेशीय साझेदारी भयो भने तपाईहरुले गर्दै गरेको आर्थिक विकासबाट हामी फाइदा उठाउन चाहन्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy