Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कार्कीको म्याद तामेली अझै भएन

\"lokman-singh-karki\"काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेश दिएको एक महिना बित्दा पनि ‘ठेगाना पत्ता लगाउन नसकेको’ भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ– म्याद बुझ्न ढिलाइ गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीले विदेश भ्रमणकै दौरानमा थप बिदा स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘तामेलदार, महानगरपालिकाको वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढिलाइ गर्ने योजना चलिरहेको छ ।’ घटस्थापनापछि सर्वोच्च अदालतले घरमै म्याद बुझाउन दुई पटक तामेलदार खटाएको थियो । गत १९ गते काठमाडौं महानगरपालिकाको १० नम्बर वडा सचिवको अनुपस्थितिका कारण म्याद तामेल हुन सकेन भने भोलिपल्ट तामेलदार नै सम्पर्कविहीन भए । त्यसपछि भने दसैं बिदा सुरु भएकाले म्याद तामेल हुन सकेन । नियमित रूपमा अदालत खुले पनि आइतबारसम्म म्याद तामेल भएको छैन । सर्वोच्च अदालत स्रोतका अनुसार म्याद तामेल नगरेको भन्दै तामेल्दार शम्भु खत्रीमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ । सर्वोच्च प्रशासनले सोमबारै फेरि कार्कीको घरमा म्याद तामेलीका लागि टोली खटाउने भएको छ । ‘सम्भव भए विपक्षीका हातमा म्याद थमाइनेछ, नभए परिवारका सदस्यले म्याद बुझ्नुपर्ने छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘सम्भव नभए घरमै म्याद टाँस्न लगाउने तयारी छ ।’ चार दिने कार्यक्रमका लागि दुई साता लामो भ्रमणमा निस्किएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले विदेशबाट थप १० दिनको बिदा राष्ट्रपतिबाट स्वीकृत गराएका छन् । तिहारअघिसम्म म्याद नबुझ्ने र मुद्दाको पुनरावलोकनका लागि ढिलाइ गर्ने रणनीतिसहित उनी लामो बिदामा रहेको अख्तियारस्रोतले बतायो ।यो दाबीलाई अख्तियारका सल्लाहकार रहिसकेका कार्कीका निकट कानुनी व्यवसायी कोमल घिमिरेले पनि पुष्टि गरेका छन् । ‘दसैं बिदामा अदालत बन्द भएका बेला देशमै नभएको व्यक्तिलाई म्याद टाँस्न अदालत खोल्नुको मनसाय के रहेछ ?’ घिमिरेले टिवटमार्फत भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका यही रहेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending