Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पूर्व सांसदको परिवारै ‘तस्करी’मा

काठमाडौं, १ कात्तिक । लागूऔषध नियन्त्रण ब्युरोको एक टोली अहिले पूर्वसांसद मधुसूदन अग्रवालको परिवारको खोजीमा खटिएको छ । औषधि बनाउने आवरणमा भित्र्याइएको सहायक रसायन स्युडोफिड्रिन तस्करी गरेको आरोपमा प्रहरीले अग्रवाल, उनका भाइ अमित अग्रवाल, श्रीमती, बुहारी र छोराको खोजी गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ– अग्रवाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्वसांसद हुन् । मधुुसूदन र उनका भाइ अमितको नाममा रहेको एसआर ड्रग्स र टौरस ल्याब फर्माले स्विटजरल्यान्डबाट ल्याएको स्युडोफिड्रिन औषधि नबनाई अन्यत्र पठाएको खुलेपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । ‘औषधि बनाउन भित्र्याएको रसायन दुरुपयोग भएको देखिएपछि हामी अनुसन्धानमा छौं,’ ब्युरोका डीआईजी जयबहादुर चन्दले भने, ‘दुवै उद्योगमा छापा मार्दा दुरुपयोग भएको देखिन्छ, तर अग्रवाल परिवारसहित फरार छन् ।’ औषधि व्यवस्था विभागबाट लिएको आयात अनुमति विवरणअनुसार सतुंगलमा रहेको एसआर र धादिङको धार्केमा रहेको टौरसले औषधि बनाउन ३ हजार ५ सय किलोभन्दा बढी स्युडोफिड्रिन नेपाल मगाएको देखिएको छ । तर, उनीहरूले स्युडोफिड्रिन औषधि उत्पादन गर्न प्रयोग नगरी अवैध रूपमा भारत हुंँदै चीन लगायतका देशमा पठाएको अनुसन्धानमा देखिएको छ । स्रोतका अनुसार यी दुवै कम्पनीले स्युडोफिड्रिन प्रयोग हुने कोल्ड ट्याब्लेट, कफ सिरप लगायतका औषधिको नक्कली विवरण बनाएर औषधि व्यवस्था विभागबाट स्युडोफिड्रिन मगाउने अनुमति माग्ने गरेका थिए । उनीहरूले पेस गरेको नक्कली खपतको विवरणकै आधारमा लामो समयदेखि विभागले उनीहरूलाई स्विटजरल्यान्डबाट स्युडोफिड्रिन ल्याउने अनुमति दिँदै आएको थियो । प्रहरी अनुसन्धानमा उनीहरूले औषधि बनाउने आवरणमा सहायक रसायन तस्करी गर्ने गरेको खुलेपछि बल्ल विभागले दुवै कम्पनीले पाएको औषधि उत्पादनको अनुमति पत्र निलम्बन गरेको थियो । औषधि बनाउने सहायक रसायन स्युडोफिड्रिन पार्टी ड्रग्सका रूपमा प्रयोग हुने आइस्ड ड्रग्स बनाउन प्रयोग हुन्छ । नेपालमा कोल्ड ट्याब्लेटहरूमा स्युडोफिड्रिनको प्रयोग हुने गरेको छ । कोल्ड ट्याब्लेटमा हुने स्युडो रसायन प्रक्रियाबाट निकाल्न चिनियाँहरूले नेपालबाट ती ट्याब्लेट तस्करी गर्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending