Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

भक्तपुरमा साहित्य सम्मेलन सम्पन्न

\"2015-10-25-1445772873-750\" भक्तपुर, २९ असोज । छत्तिसौँ नेपालभाषा साहित्य तःमुंज्या ९सम्मेलन एवम् सांस्कृतिक कार्यक्रम गए राति सम्पन्न भएको छ । शुक्रबार अपराह्न १ बजे सुरु भएको कार्यक्रमको समापन कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले देशमाथि बढ्दो विदेशी हस्तक्षेपविरुद्ध युवा पुस्ताले साहित्य मार्फत कलम चलाएर साहित्यिक आन्दोलन सञ्चालन गर्नुपर्ने औँल्याए । पहिलो दिनको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तेजेश्वरबाबु ग्वंग, प्रा सर्वज्ञभक्त मल्ल, मोहन दुवाल, इन्दिरा प्रसाईं, बेबी झा, कृष्णकुमार वैद्य, लक्ष्मीनारायण राजलवट, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, सांसद भीमसेनदास प्रधान, नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जन, डा शम्भु पहाडी, डा उर्मिला कार्की, भक्तपुर विकास सहयोग सङ्गठनका अध्यक्ष राजाराम जोशी लगायतले नेपाली भाषा जोगाउन साहित्यिक आन्दोलन सुरु गर्नुपर्नेमा जोड दिँदै आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा समालोचक प्रा माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । दोस्रो दिनको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद प्रेम सुवाल, वरिष्ठ पत्रकार भैरव रिसाल, कथाकार एवम् सांसद लक्ष्मण राजवंशी, नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइराला, प्रा पृथुचरण वैद्य, समाजसेवी कृष्णलाल प्रधान, इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, सम्पदाविद् रवीन्द्र पुरी, मिर्गौला रोग विशेषज्ञ कल्पना श्रेष्ठ, अम्बिका न्याइच्यार्इं, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ लगायतले तःमुंज्याले टनकुपर र महाकाली सन्धिको विरोधमा सशक्त आवाज उठाएको, माओवादी सशस्त्र द्वन्द्वको नाममा भएको अराजकतावादी आन्दोलनको आलोचना गरेको, जाति, भाषा, क्षेत्रका आधारमा प्रदेश विभाजन गरिए देशको एकता खल्बलिनेबारे आवाज उठाएको बताए । त्यस अवसरमा पूर्ण वैद्य, अभय श्रेष्ठ, दामोदर सुवाल, लक्ष्मीनारायण दुवाल, एलके सुन्दर, नीरज लवजू, रुपकेशरी उलक र कल्पना श्रेष्ठले रचना वाचन गरेका थिए । तःमुज्यामा वाचित रचनामध्ये कवितातर्फ विकल प्रजापति प्रथम, प्रेम प्रजापति द्वितीय, अर्चना छुकां तृतीय र राज्यलक्ष्मी खर्बुजाले सान्त्वना पुरस्कार पाए भने कथातर्फ तुल्सीलाल वासुकला प्रथम, एलके सुन्दर द्वितीय र श्रीया पहिजू तृतीय भइन । विजेता साहित्यकार एवम् स्थानीय तीन सांस्कृतिक गुरुहरूलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending